रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारितामा स्नातक पढ्दै गरेकी सिम्ला बाराकी सरुलाई पढाइ र पेशा अलग-अलग भएकोमा कुनै पछुतो छैन । पत्रकारिताको पढाईसँगसँगै आकाशमा उड्ने सपना साचेर बानेश्वरको स्काईवर्ड टेनिङ्ग सेन्टरमा एयरहोस्टेजको टेनिङ्ग लिइरहेकी छिन उनी । सिमराको आकाशमा हवाई जहाज उड्दा उनलाई त्यही जहाजमा उड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो रे ? इच्छाहरु हवाईजहाजको आवाजसँगै कल्पनामा उड्थे । अब उनी कल्पनाको आकाशमा होइन यथार्थ आकाशमा उड्नेछिन र भन्नेछिन -बाबा, मामु म साच्चै आकाशमा उडे । अनि सिमरामा दुखजिलो गरेर उनलाई आकाशमा उडाउने इच्छा पालेर बसेका उनका अभिभावकहरु भन्ने छन् स्याबास नानु ।
फरक-फरक रुचीको यो संसारमा सामान्य जीवनभन्दा फरक जीवनशैली खोज्ने परम्पराको विकास हुदैछ । जागरिलो जीवनशैलीलाई माया गर्नेहरु पनि नभएका होइनन् । तर, यो मुलुकमा जागर पोख्ने ठाउँ नै कहाँ छ र ? समुन्द्र पारीका देशहरुमा भएको भए उनीहरुको चाहना समयमै पूरा हुन्थ्यो होला ? क्षेत्रपाटीकी बर्षा महर्जन हँसिलो मुहारमा मेरा यस्तै प्रश्नहरुको भीडमा थिइन । सायद, नेपाल उभो गतिमा लाग्यो भने उनको पौरख यो नेपालको लागि हुनेछ । सभ्य, शालीन र लोभलाग्दो नयाँ नेपालको परिचय बोक्ने आधुनिक युवती बन्नेछिन उनी, एयरहोस्टेज ।
बल्खुको बर्नहार्ट कलेजमा बिबिएस पढिरहेकी बर्षा स्काईवर्ड टेनिङ्ग सेन्टरमा आधुनिक सभ्यताको पाठ सिक्दैछिन । भन्छिन्-"मलाई एकछिन पनि फुर्सदमा रहन मन पर्दैन । एयरहोस्टेज ब्यस्त पेशा भएर नै मैले यो पेशा रोज्ने निर्णय गरेकी हुँ ।" फुर्सदिलाहरुको भीड भएको काठमाडौंमा बर्षा जस्तै सबै युवतीहरु भइदिएको भए । उनको यो ब्यस्त हुने सपना पूरा भएन भने के उनी पनि फुर्सदिला युवतीहरुको भीडमा भेटिएलीन त ? होइन, सायद उनी इन्जिनियर बन्नेछिन । भन्छिन्-"म एयरहोस्टेज हुन सकिन भने आइटीतिर लाग्छु ।

प्रतिष्ठित पेशा, ग्ल्यामर जीवनशैली देखेर आएका युवती पनि प्रशस्तै छन् । प्रसादी एकेडेमीबाट प्लस टु सकेर नेशनल मल्टिपल कलेजमा स्नातक अध्ययन गरिरहेकी पूल्चोककी सचिना महर्जन ब्यक्तित्व विकासका लागि आफूले यो पेशा अंगाल्ने सोच बनाएको बताउँछिन । उनकै सहपाठी अनिता रजक भने लोभलाग्दो र रमाइलो पेशा भएकोले आफूले एयरहोस्टेजको तालिम लिइरहेको सुनाउछिन । सेता दाँतहरुलाई रंगीन ओठहरुले ढाक्दै उनीहरु खुशीसाथ भन्दै थिए -'टेक्नीकल र आकर्षक पेशा भएकोले हामी एयरहोस्टेज बन्न चाहेका हौ ।' पंक्तिकारले मनमनै भन्यो गुड लक सचिना, गुड लक अनिता । तिमीहरुको आकाशमा फन्को मार्ने सपना ईश्वरले पूरा गरिदिउन् ।
भक्तपुरमा बसेर निक्लसन कलेजमा म्यानेमेन्ट पढिरहेकी विराटनगरकी स्रष्टीका अधिकारी अभिभावकको रुचीको रंगमा आफ्नो रुची मिसाउँदै बानेश्वरको टेनिङ्ग सेन्टर धाइरहेकी छिन । मलाई मेरा अभिभावकले नै एयरहोस्टेज बनाउन चाहनु भएको हो । तर यतिमात्र होइन मेरो रुची पनि त हो ।'-उनी आफ्नो कारण खोल्छिन । भक्तपुरदेखि नयाँ बानेश्वरसम्मको दैनिकयात्रा अझ बिहान कलेज पनि धाउनैपर्ने ओभरलोड हुदैन? ।'हुदैन त्यस्तो लाग्दैन सायद आफ्नो रोजाइको भएर पनि होला ।' स्रष्टीका भन्छिन् । दिल खोलेर मुस्कुराउँदै मेरो क्यामराको लेन्समा हेरिरहेकी सष्टीकालाई क्यामराको क्लिक-क्लिकसँगै पंक्तिकार काँचको सिसाबाट नियाल्दै भन्यो-क्याबात स्रष्टी भविष्यमा पनि यस्तै मुस्कुराइरहनु तिमीले ।
सिन्धुपाल्चोककी निर्मला आचार्यलाई त यो क्षेत्र अरु सबै क्षेत्रभन्दा एक्स्ट्रा लागेछ अनि चाबेलको बि्रलियन्ट कलेजको पढाइलाई थाती राख्दै एयरहोस्टेज टेनिङ्ग लिन थालिछन् । यसैगरी काठमान्डौको अर्को टेनिङ्ग सेन्टरमा यो पक्तिकारले भेटेका दीपा र बबिता भर्खरै टिनएज टेकेका युवतीहरु हुन् । डिल्लीबजारको पद्यमकन्या कलेजमा प्लस टु पढ्दै गरेकी दीपा र जनमैत्री कलेज कुलेश्वरबाट प्लस टु सिध्याएर स्नातकमा पढ्दै गरेकी बबिता दुवै दिदी बहिनीलाई एयरहोस्टेजको ग्ल्यामरले लोभ्यायो । अनि त्यही लोभले उनलाई टंगालदेखि बानेश्वरको विङ्स टेनिङ्ग सेन्टरसम्मको यात्रा तय गरायो । विशाल दुनियाँलाई आकाशबाट नियाल्न खुबै मज्जा लाग्छ उनीहरुलाई । प्राकृतिक सुन्दरता अझै त्यसलाई आकाशबाट नियाल्दा कस्तो अनु
आखिर टन्नै दाम, छुट्टै परिचय, फरक ब्यक्तित्व, बेग्लै रंग, प्रतिष्ठा र ग्ल्यामर जस्ता विशेषताले नेपाली युवतीहरुको रोजाइ बन्न थालेको छ आकाश । हावामा कावा खान चाहने युवतीहरुका लाम फेसनदार पहिरनमा सजिएर राजधानीका एयरहोस्टेज टेनिङ्ग सेन्टर धाइरहेका देखिन्छ । केही समय अघिसम्म एयरहोस्टेजलाई नराम्रो पेशा मान्ने समाज पनि आज त्यसैमा आफ्नो इज्जत र परिचय खोज्न थालेको छ । फरिया, चोली र निधारमा रातो टीका लगाउने नेपाली युवतीहरुको शरीरमा टनक्क परेका आधा शरीर ढाक्ने लुगाहरु, खुट्टामा हिलटेक बुट, ओठमा लालीको रातो चमक, अनि आँखामा गाजलको टल्काई । निकै रौनक भेटिन्छ । चोलीको संस्कृतिक जालोमा अडेको यो समाजले आफ्नो काचुली फेर्दैछ ।
प्लस टु पछि नै अगाल्न सकिने पेशा भएकोले टिनएजर युवतीहरु यसमा आकषिर्त हुदैछन् । थोरै समय, धेरै पारिश्रमिक, आकर्षक पहिरन अनि फरक स्ट्यान्डर जस्ता आकर्षणले उनीहरुलाई एयर होस्टेज बन्ने सपनामा बुनिरहेको छ । ब्यूटी त बुढो भएपछि सकिन्छ, अनी के हुन्छ त ? पंक्तिकारले सोधेको प्रश्नको सबैले एउटै जवाफ फर्काए- त्यो बेलासम्म त लाइफ नै बनिसक्छ । यदि त्यसो भएन भने बिजनेश गर्नुपर्ला ।
प्रायजसो युवतीहरुले ग्ल्यामरलाई नै यो पेशा रोजाईको प्रमुख कारण ठान्छन् । वीङ्स एयर होस्टेज टेनिङ्ग सेन्टरकी निर्देशक इशा मर्धीकर्मी भन्छिन्-'ग्लाल्यामरस फिल्ड भएकै कारण यस क्षेत्रमा युव
आजभोली टिनएजर युवतीहरुको जमातमा भेटिने इशा । १८ बर्षको उमेरमै प्लस टु सिध्याएर एयरहोस्टेज पेशामा तानिएकी हुन उनी । उनी करिब ५ बर्ष आकाशको यात्रामा रहिन नेपालको आकाशमा मात्र होइन मलेसिया, दुवै अबुदाबी, कतारका आकाशमा समेत फन्को मारिन । रोजी भण्डारीको किस्सा पनि यस्तै छ उनी त १७ बर्षमै एयरहोस्टेज बनिन रे ? नेपालका आकाशका कुना-कुना उनको गन्तब्य बने रे । उनी रमाउँदै आफ्नो उडानलाई स्मरण गर्न थालिन ।
थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने हुँदा अभिभावकहरु पनि आफ्ना नानीहरुलाई यस पेशामा लाग्न प्रेरणा भरि
अर्कोतिर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले समेत नेपाली एयरहोस्टेज माग्न थालेपछि यसको बजार थप विस्तार भएको छ । लामो समयको द्वन्द्वबाट आजित भएको नेपालमा शान्तिको स्थापनासँगै नयाँ-नयाँ एयरलाइन्सहरु थपिदै छन् । विभिन्न एयरलाइन्सहरुमा ब्यापक सुविधाहरु बृद्धि गर्दै आफुतिर यात्रुहरु तान्ने होड नै चलेको छ । जसका कारण पनि एयरहोस्टेज बन्न चाहने युवतीहरुको भीड बढेको देखिन्छ ।
जनक तिमिल्सिना
timilsinajanak@gmail.com
No comments:
Post a Comment