गत फागुन बीस गते यसै दैनिकको अग्र पृष्ठमा प्रमुखता साथ एउटा समाचार छापियो : 'तीन डिएसपी जमिम हत्याका अभियुक्तसँग निरन्तर सम्पर्कमा' शीर्षकमा । समाचारमा उच्चस्रोतलाई उद्धृत गर्दै बहालवाला तीनजना डिएसपी संचार उद्यमी 'जमिम शाह हत्यामा प्रत्यक्ष संलग्न रहेको दाबी गरिएका भारतीय नागरिक बब्बु भनिने दीपक शाहीसँग सम्पर्कमा रहेको तथ्य खुलेको' बताइएको छ । ती तीन डिएसपीलाई अनुसन्धानको दायरामा नल्याइएको उल्लेख गर्दै पत्रिकामा तीनैजनाको नाममात्र होइन टेलिफोन नम्बर पनि दिइएको छ । तर देशको एउटा प्रमुख पत्रिकाको अग्रपृष्ठमा त्यति जघन्य अपराधमा जोडेर तीन तीनजना प्रहरी अधिकृतको नाम र टेलिफोन नम्बर नै छाप्दा पनि पत्रिकाका संवाददाता स्वयंले भने भएको नम्बर प्रयोग गरेर ती तीन जनासँग प्रतिक्रियासम्म लिने प्रयास गरेको देखिँदैन! परिणामस्वरूप भोलिपल्टै ती तीनजना मध्यका एक डिएसपी सुरेन्द्रबहादुर सिंहले यसै दैनिकमै 'समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नुपर्ने पत्रकारिताको मान्यता संवाददाताले अवलम्बन नगरेको' गुनासो गर्दै आफ्नो भनाइ पाठक पत्रमार्फत् राखे।
नेपालमा अग्रपृष्टमा प्रमुखताका साथ व्यक्तिको मानहानि गरिन्छ तर खण्डन छापिइहाल्यो भने पनि भित्रीपृष्ठको पाठकपत्र खण्डमा सानो ठाउँ दिइन्छ, जसमा धेरैको आँखै नपर्न सक्छ। त्यस पवृित्तलाई तोडेर यस दैनिकले डिएसपी सिंहको खण्डनले अग्रपृष्ठमै प्रमुखतासाथ छाप्यो। यो सराहानीय छ। ती प्रहरी अधिकृतहरू दोषी छन् या छैनन् त्यो भिन्दै हो, तर यस लेखमा उठाउन खोजिएको विषय के हो भने व्यक्तिको पेसा र जीवनै बर्बाद हुने मानहानिपूर्ण प्रकृतिका अत्यन्त आपित्तजनक समाचार नेपाली मिडीयामा बारम्बार आउने गर्छन्, जसलाई न त नेपाली प्रेस न त कानुनले गम्भीरतापूर्वक लिने गरेको छ। त्यस्तै नेपाली प्रेसमा आपत्तिजनक समाचारमात्र होइन पूर्णतः झुटो र अत्यन्त आपत्तिजनक विज्ञापन पनि दिनदिनै छापिने गर्छन्। त्यसलाई पनि न त नेपाली प्रेसले न त कानुनले गम्भीरतापूर्वक लिने गरेको पाइन्छ।
प्रसंग मानहानिको विषयबाट सुरु गरौँ। पत्रकारले सक्दो इमानदारीसाथ गलत कुरालाई उजागर गर्नुपर्छ, त्यसमा कुनै शंकै भएन। तर पक्का नभईकन अधिकांश विषय उठाउनै हुँदैन। गलत समाचार छापेर पहिलो बन्नुभन्दा दोस्रो बनेर सही हुनु राम्रो। पत्रकारिताको आचारसंहिता र मानहानिका कानुन आफ्नो ठाउँमा छँदैछ तर सबभन्दा पहिले पत्रकारले आफूलाई आफूले आरोप लगाउन लागेको व्यक्तिका ठाउँमा राखेर हेर्नुपर्छ र आफूले नगरेको कसुरमा आफ्नो नाउँ पत्रिकामा छापिए आफूलाई कस्तो महसुस होला भनेर सोच्नुपर्छ। यत्ति सोच्ने बित्तिकै धेरै समस्या आफैं हल हुन्छन्। तर यहाँ यस्ता ऊर्जाशील पत्रकार छन् जसको कलम चलेपछि थामिँदैथामिँदैन। तिनले रोकिएर दुईपल्ट सोच्दैसोच्दैनन्।
सार्वजनिक ओहोदामा बसेका व्यक्तिको आचरणसम्बन्धमा सामान्य टिप्पणी गर्दा मानहानि मानिँदैन। उदाहरणका लागि, कुनै टिप्पणीकारले 'उपप्रधानमन्त्री सुजाता कोइरालालाई त लाजै छैन, सबैले आलोचना गर्दागर्दै जे पनि गर्दिन्छिन्। आफैंविरुद्ध छानबिन गरिरहेको लेखा समितिको सभापतिलाई सुटुक्क विदेश लिएर हिँड्दा उनलाई अप्टेरोसम्म लागेन" भनेर टिप्पणी गर्यो भने त्यसलाई मानहानि भन्न नमिल्ला। तर एकदमै भरपर्दो समाचारस्रोतले भनेको भएपनि, आफूसँग ठोस प्रमाण छैनभने, 'सुटुक्क विदेश भ्रमणमा लगेको लेखा समितिका सभापतिलाई उपप्रधानमन्त्री कोइरालाले आर्थिक प्रलोभन देखाएको बुझिएको छ' भन्नु चाहिँ स्पष्टरूपमा मानहानि हुनजान्छ। 'छानबिनका क्रममा प्रहरीले फलानोलाई पक्राउ गरेको छ' सम्म भन्दा त्यसलाई परिस्थिति हेरी मानहानि भन्न नमिल्ला तर प्रहरीले आरोपका भरमा पत्र्र्केको व्यक्तिको छातीमा नम्बर टाँसेर खिचेको फोटो छाप्नु चाहिँ मानहानि नै हुनजान्छ। प्रमाण नपुगीकन भ्रष्टाचार, हत्या, अख्तियार दुरुपयोगजस्ता विषयमा आरोप लगाउँदा अत्यन्त विचार पुर्याउँनुपर्ने हुन्छ। 'फलानोमाथि पत्रपत्रिकामा भ्रष्टाचारका प्रशस्त आरोप लागाइएका छन्' भन्दा मानहानि हुँदैन तर प्रमाणबिना स्रोतको हवालामात्र दिँदै 'फलानाले यसरी भ्रष्टाचार गरेका रहेछन्' भन्नु चाहिँ मानहानि नै ठहरिन्छ।
व्यक्तिगत जीवनसँग सम्बन्धित पक्ष पनि त्यत्तिकै गम्भीर मानिन्छ। उदाहरणका लागि आचार संहिताको राम्ररी पालना गर्ने र गम्भीर प्रकृतिको पत्रकारिता गर्ने हो भने अभिनेत्री नम्रता श्रेष्ठको यौन प्रकरण भिडियो बारेको समाचार कुनैपनि हालतमा छाप्न मिल्दैनथ्यो। हो, उनी सार्वजनिक छविकी व्यक्तित्व हुन् तर त्यो एकजना वयस्क युवतीले उमेर पुगेको पुरूषसँगको मामिलामा लिएको नितान्त व्यक्तिगत निर्णय थियो। त्यो न त सार्वजनिक स्थानमा गरिएको क्रियाकलाप थियो, न त त्यसबाट सर्वसाधारणलाई असर पर्ने कुनै काम नै भएको थियो। न नम्रता श्रेष्ठले आफू यौन गतिविधिबाट टाडा बसेकी एकजना साधु या शन्तकै रूपमा कहिले आफूलाई प्रस्तुत गरेकी थिइन्। व्यक्तिगत जीवनसँगै सम्बन्धित समाचारका कारण अर्की अभिनेत्री श्रीषा कार्कीले आत्महत्यै गरेको उदाहरण पनि छँदै छ। तर विडम्बना, पत्रकार आचारसंहीता उल्लंघन गरेकोमा दोषी प्रमाणित भएका कतिपय पत्रकार नै पत्रकारिताको निगरानी गर्ने निकाय प्रेस काउन्सिलका पदाधिकारी बनेका छन्। कतिपय पत्रकार आफैं त्यो खाल्डोमा जाकिउँला भन्ने डरले मानहानिका लागि कडा सजायँ दिने कानुन निर्माण गर्न चाहँदैनन्। विद्यमान गाली बेइज्जती ऐन, २०१६ न त वर्तमान परिप्रेक्षका लागि सुहाउँदो छ, न प्रभावकारीरूपमा कार्यान्वयन नै गरिएको छ।
अब गरौं नेपाली पत्रपत्रिकामा छापिने केही विज्ञापनको चर्चा। विकसित देशमा विज्ञापनको अनुगमन गरिने हुनाले सामान्यतया सरासर झुठो विज्ञापन छापिँदैन या सुनिदैन। 'पेप्सोडेन्ट मञ्जनले दाँत माझेपछि म झुठो बोल्दिन' भन्नेजस्ता विज्ञापनले कुनै पनि विकसित मुलुकमा प्रकाशन या प्रसारणका लागि स्वीकृति नै पाउँदैन। तर हामीकहाँ त्यो हरेक दिन रेडियो र टेलिभिजनमा बज्ने गर्छ। त्यति त भयो, भयो, वर्गीकृत विज्ञापन खण्डमा छापिएको यसै दैनिकको एउटा विज्ञापन यस्तो छः 'सेक्स पावर, मेल एण्ड फिमेलः ह्यान्डसम अप, लिंगको लम्बाइ र मोटाइ बढाउने अमेरिकन प्रोडक्ट...।" यस्तो विज्ञापन देशका अन्य प्रमुख अखवारमा पनि दिनदिनै देख्न सकिन्छ। हामीकहाँ विज्ञापन अनुगमन गर्ने निकाय छैन तर अलिकति पैसा आउँछ भन्दैमा जिम्मेवार प्रमुख पत्रिकाले पूर्ण त झुटो र अश्लील विज्ञापन छाप्नुको कुनै पनि हालतमा औचित्य साबित गर्न सकिँदैन।
हालैका साताहरूमा कान्तिपुर प्रकाशनले 'उज्यालोतिर कान्तिपुरसँगै' योजनामार्फत् आफ्ना नयाँ ग्राहकलाई निःशुल्क सीएफएल चिम दुईवटा र हरेक साता गोलाप्रथाद्वारा चारजनालाई इन्भर्टर दिने विज्ञापन जोडतोडका साथ गरिरहेको छ। सो योजनाबाट पैसा, बिजुली र वातावरण 'सेभ' हुने उसको दाबी छ। हो, सीएफएल चिमबाट पैसा, बिजुली र वातावरण तिनै कुरा सेभ हुन्छ। तर इन्भर्टर बाँडेर बिजुली र वातावरण सेभ हुन्छ भनेर कसरी भन्न सकेको हो, यो स्तंभकारले बुझेको छैन। पत्रकारिता तथ्यमा आधारित हुन्छ भने विज्ञापन पनि सके तथ्यमा आधारित हुनुपर्यो नसके झुटै चाहिँ हुनुभएन। इन्भर्टरकै पैसामा आउने सौर्य बिजुली उपकरण दिने निर्णय गरेको भए बल्ल पैसासँगै बिजुली र वातावरण पनि सेभ हुन्छ भन्न मिल्नेथियो। तर अहिले जे भनिँदै छ, त्यो त शतप्रतिशत झुटो हो।
'विज्ञापनको सम्पादकीय जिम्मेवारी हामी लिँदैनौं' भनेर सम्पादकले भन्न मिल्दैमिल्दैन। विज्ञापन पत्रकारिताकै अंश हो। सामान्यतया सफल समाचारपत्रमा सम्पादकीय सामग्री र विज्ञापन झन्डै बराबरजस्तै हुने गर्छ। विज्ञापन पनि कतिपय अर्थमा समाचार नै हो। आफूलाई आम्दानी हुन्छ भनेर जानाजान झुटो जानकारी छाप्ने हो भने पत्रपत्रिकाले कुन आधारमा अरूले अनैतिक ढंगबाट कमाएको पैसाका बारे समाचार लेख्ने? यस्ता प्रश्नमा हाम्रा सम्पादक र प्रकाशकहरू गम्भीर भएको देखिँदैन। गलत समाचारको मात्र होइन गलत विज्ञापनको प्रकाशन पनि आपत्तिजनक पत्रकारिता नै हो। प्रकाशन गृहहरूले पत्रकारितासँग सम्बन्धित कानुनलगायत सम्पूर्ण पक्षहरूबारे बेलाबखत आन्तरिक तालिमको व्यवस्था गरे यस्ता समस्यामा संभवतः धेरै कमी आउनेछ।
('नितान्त व्यक्तिगत' स्तम्भ अबदेखि नागरिकन्युजमा प्रकाशित हुनेछ।)

स्रोत: नागरिकन्यूज डटकम
No comments:
Post a Comment