Sunday, November 9, 2008

महङ्गो बन्यो दशै

-जनक तिमिल्सिना
रोल्पा जान हिडेका थवाङका मनोज र्घर्ति १२ सय रुपैयाको टिकट देखाइरहेका थिए । सामान्य कृषि कार्य र पशुपालन गरेर जीवीकोपार्जन गर्ने उनका लागि यो टिकट निकै महङ्गो बन्यो । फेरि उनी १२ सयले मात्रै घरसम्म पुग्ने छैनन । उनको घर पुग्न थप डेढ दर्ुइ दिनको बाटोको पैदल यात्रा हिडनर्ुपर्छ । मनोज घर गए पनि उनका कोठाका सहयोगी दर्ुइ जना साथीहरु भने महङ्गो भाडाका कारण आफ्नो रहर पालेरै काठमाडौं मै दशै मनाउन बाध्य भए । रुकुम लुकुमका हरि पुन र रमेश पुन मनोजको टिकट किन्न नया" बसपार्क पुगेका थिए । तर, यी दुवै तन्नेरीका लागि मनोजको जस्तो रंगीन दशै नआउने भयो ।
रोल्पा र रुकुमको दुखद स्थितीबारे यी तीनै जनाको समान मत थियो । पहिलेका दशैमा युद्धको भयले मनाउन पाइएन यो दशैं मनाउन गाउ" जाउला र साथीभाई र परिवारस"ग रमाइलो गरेर मनाउला भनेको महङ्गीले जान नै नसकिने भयो उनीहरुले थपे ।
वाग्लुङ्गका किशोर पौडेलले पनि यस्तै पीडा सुनाए । काठमाडौंको अनामनगर डेरा गरेर रातोपुलको एक सामुदायिक कलेजमा आमसंचार र पत्रकारिता अध्ययनरत किशोर काठमाडौका केही संचारमाध्यममा सानोतिनो जागिर समेत गर्छन । किशोर भन्छन-"के घर जानु जान आउनलाई भाडाकै समस्या पर्छ । यतैतिर दशै मनाउनु पर्ला ।" दशै मनाउन घर जाने इच्छा किशोरलाई नभएको भने होइन । उनी पनि परिवार र आमाबुवास"ग रमाइलो गरेर दशै मनाउन चाहन्छन । तर परिस्थितीको शिकार हुनु परेको उनको भनाई छ । दार्चुलाका रवि धामी भने घर जान साथीहरुस"ग सापटी गरिरहेका थिए । रवि भन्छन-"वर्षा एकपटक आउने यत्रो ठुलो चाड घरपरिवारभन्दा बाहिर रहेर मनाउनै मन लागेन । त्यसैले साथीहरुस"ग सापटी गर्दैछु ।" रविलाई घरसम्मको यात्रा पूरा गर्न मात्र करिब ३ हजारभन्दा बढीको आवश्यकता पर्नेछ । दार्चुला गोकुलेश्वरका रवि राजधानीमा सानोतिनो काम गरेर तीन वर्षेखि आफ्नो पढाइ अगाडि बढाइरहेका छन ।
नया" गणतान्त्रिक सरकारको निर्माण र नया" बजेटमा र्सवसाधारणका पीर मर्काहरु समेटिनेमा सबै विश्वस्त थिए तर मङ्गगी नियन्त्रण हुनुको साटो झन बढेर गयो । काठमाडौं बानेश्वरका विजय उप्रेती दशैमा राम्रो बाइक किन्ने र पोखरा घुम्न जाने योजनामा थिए तर सरकारले सवारी साधनमा कर लगाएपछि उनको प्लानिङ्ग गरेको बजेटले नभ्याउने भयो । अब अर्को दशैमा जानुपर्ला पोखरा विजय भन्दै थिए । विजयका साथीहरु दिनेश, निकेश र राजेश पनि वाइक किन्ने शुरमा थिए । तर, बढेर गएको महङ्गीका कारण यिनीहरुको दशैमा बाइक चढने र चोकहरुमा रमाउदै छिचोल्ने कल्पना पनि सपना बन्यो । विजय, दिनेश, निकेश र राजेश दशैको छुट्टी अवधिभर आफ्ना-आफ्ना वाइक लगेर रमाइला ठाउ"हरुमा चहार्ने सुरमा थिए । अब घर वरपर साथीहरुस"गै रमाइलो गरि दशै मनाउनुपर्ला उनीहरु निराश मुद्रामा भनिरहेका थिए ।
बानेश्वरकी रमिला कार्की भने आफ्नो स्कुटर किन्ने योजना पूरा भएकोमा निकै मख्ख थिइन । उनी आफ्नो साथीलाई बाइकमा राखेर शंखमुलका भित्रि सड्कहरु सयर गर्दै रमाइरहेकी थिइन । मलाई बाइक त राम्रो चलाउन आउ"छ तर लाइसेन्स -चालक प्रमाणपत्र) छैन भोलि नै एकान्तकुना गएर लाइसेन्स बनाउछु रमिला भनिरहेकी थिइन । अनि त विन्दासस"ग चहारिन्छ काठमाडौं उनी मेरा प्रश्नमा आफ्नो रंगीनको संसारको उत्साहित जवाफ फर्काइरहेकी थिइन ।
रुची आफ्ना-आफ्नै र सोचाइ फरक-फरक भएका तन्नेरीहरुको ठुलो भिड राजधानीका सपिङ्ग कम्प्लेक्समा देखिन्छ । गत शुक्रबार वर्ल्ड टे्रड सेन्टरको एक स्टलमा राम्रो मोबाइल छानिरहेका थिए धनुषाका लालु यादव । उनी दशैमा घरमा गएर साथीहरुलाई आफ्नो सुविधासम्पन्न मोबाइल देखाउन चाहन्छन । काठमाडौबाट आएर के नया" चीज लिएर आइस भनेर साथीहरुले सोध्छन त्यसैले भर्खरै आएको यो मोबाइल लैजान्छु लालु भन्दै थिए । लालु मोबाइल मोल तोलाइ मिलेपछि सिधै बसपार्क हानिने छन । उनलाई छिटो घरपुग्नु र साथीहरुलाई इमेल, इन्टरनेट र अन्य थुप्रै सुविधा सहितको मोबाइल देखाउनु छ । उनले मोबाइलमा एक जीविको मेमोरी पनि फिट गरे र १२/१३ वटा पप र आधुनिक गीत समेत लोड गर्न अर्डर गरे । यस्तै न्यूरोडको एक कम्प्युटर पसलमा भेटिएकी काठमाडौंकी स्नेहा बोगटी ल्यापटपको मोल तोलाइ गरिरहेकी थिइन । आइटीकी विद्यार्थी स्नेहा राम्रो र सुविधासम्पन्न ल्यापटपको खोजीमा थिइन । उनले ज्ए को बेब क्याम, २०० जिबी हार्डडिस्क १ जीवि र्‍याम र नेट सुविधा सहितको ल्यापटपमा लिने निधो गरिन । स्नेहा यो ल्यापटपलाई अब सारङ्गकोट र नगरकोटका डाडाहरुबाट आफ्नो साथीलाई इमेल गर्नेछिन । ख्ष्मभय भ्मष्तष्लन प्रति त्यति नै सौख राख्ने स्नेहालाई ल्यापटपले भिडियो इडिटिङ्गमा समेत सहयोग गर्नेछ । स्नेहाले फरक-फरक ठाउ"को तस्वीर र अनुभव आफ्ना अनलाइनर साथीलाई सेकेण्डमै बा"डने छिन । अनलाइन क्रेज भएको बताउने यी तन्नेरीका करिब २०० जति देशी विदेशी अनलाइनर साथीहरु छन । करिब १ लाख २५ हजार पर्ने यो ल्यापटपले उनको रमाइलो दशैको सौख पूरा गरिदिएको छ ।
शहरका केही धनाढ्य परिवारका लागि महङ्गो दशै पनि उत्साहपर्ूण्ा र रोमाञ्चक नै छ तर टिकटसम्मका लागि पैसा नपाएर आमाबुवास"ग दशै मनाउन नपाउनेहरुका लागि भने दशै निराश र महङ्गो बनेको छ । विलासिताका वस्तुहरुमा मात्र होइन यो पटकको दशैमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यबृद्धिले समेत आकाश चुमेको छ । दैनिक उपभोग्य वस्तुहरुको बढेको मूल्यबृद्धिस"गै र्सवसाधारणका लागि यसपटकको दशै अति महङ्गो बन्ने पक्का छ ।
आकाशिदै गएको मूल्यबृद्धिका मारमा परेका र्सवसाधारणले दशैमा गणतान्त्रिक सरकारले आफ्ना लागि केही सहुलियतको प्याकेज ल्याउने आशा गरेका थिए । तर, गणतान्त्रिक सरकारले सहुलियतको त कुरै छोडौ चुलिदै गएको मूल्यबृद्धिलाई समेत नियन्त्रण गरेन । अझ यसमाथि प्राकृतिक विपत्तिको मार खेपिरहेका पर्ूर्वी नेपाल र पश्चिम नेपालका जनताका लागि दशैं कति महङ्गो होला सरकार आफै सोचोस ।
जनक तिमिल्सिना
timilsinajanak@gmail.com

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers