Sunday, November 9, 2008

कायम रहला प्रचण्ड लोकप्रियता

-जीवन तिमिल्सिना
नेपाली राजनीतिको रंगमञ्चमा प्रचण्डको उदीयमान रोमाञ्चक तरिकाले भएको भएपनि प्रचण्डयात्रा चुनौती रहित भने पक्कै छैन । नया" गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिको रुपमा अघि सारेर चुनावी मैदानमा होमिएको व्रि्रोही शक्ति माओवादीले आफ्ना सुप्रिम कमाण्डर तथा पार्टर्ीीध्यक्ष प्रचण्डलाई गणतान्त्रिक नेपालको राष्ट्रपति बनाउन त असफल भयो तर उनी अन्तरविरोधको कुशल संचालनमा माहिर भएकै कारण गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनबाट भने कसैले रोक्न सकेन ।
प्रखर र जुझारु कम्युनिष्ट नेताको रुपमा उनको लोकप्रियता पार्टर्ीीभत्र मात्र होइन बाहिर पनि त्यति नै उलेख्य छ । उनी नेपाली जनताको नया" भविष्यको रेखाङ्कन गर्ने संस्थाको लिडरको रुपमा नेपाली राजनैतिक दुनियामा छाएका छन । २०५२ सालमा ४० सुत्रीय माग राखी जनयुद्ध शुरु गरेका प्रचण्ड करिब १३ बर्षो युद्धअवधिभर उनको पार्टर्ीीे नेतृत्वमा बनेको जनमुक्ति सेनाको सुप्रिम कमाण्डर तथा पार्टर्ीीध्यक्षका रुपमा निर्विवाद रही रहनुले पार्टर्ीीत्रको उनको लोकप्रियताको उचाईलाई पुष्टि गर्दछ । २०४२ सालदेखि पार्टर्ीीे केन्द्रीय नेतृत्वमा रहेर उनले कम्युनिष्ट पार्टर्ीीको एकता, रुपान्तरण र समीकरणमा महत्वपर्ूण्ा भूमिका खेले । 'सेक्टर काण्ड' असफल भएपछि तत्कालीन महामन्त्री मोहन बैध 'किरण' ले पार्टर्ीीे महामन्त्री पदत्याग गरे । महामन्त्रीको पद सम्हाल्ने चुनौती प्रचण्ड अगाडि खडा भयो । प्रचण्ड त्यतिबेला प्रखर र जुझारु युवा थिए । जसका कारण उनी पार्टर्ीीे निर्विकल्प महामन्त्री बने । प्रचण्डलाई नजिकबाट चिन्नेहरु भन्छन-"प्रचण्ड करिब २३ बर्षम्म पार्टर्ीीे सर्वोच्च पदमा निर्विवाद टिकिरहनुका पछाडि उनका बिशेष खुबी र गुणहरु छन । जो उनको पार्टर्ीी अरु नेताहरुमा छैनन । प्रचण्ड पार्टर्ीीभत्र अन्तरविरोधको ब्यवस्थापन र समाधान कुशल र सुब्यवस्थित ढंगबाट गर्छन ।" प्रचण्डले अगाडि सारेका वैचारिक तथा राजनैतिक कार्यनीति र रणनीतिहरु पनि आजसम्म र्सवसम्मत रुपमा पारित हुदै आएका छन । प्रचण्डका फौजी रणनीतिहरु पनि सफलताको शिखर चुमेको र कहिल्यै असफल नभएको उनका फौजी कमाण्डरहरुको राय छ । युद्धका करिब १३ बर्षम्म विश्वकै राजनैतिक चर्चाको शिखरमा रहयो नेपालको माओवादी आन्दोलन । जसमा सर्वोच्च नेताका हिसाबले प्रचण्ड पनि त्यही शिखरको चुचुरो बने । उनको नाम इन्टोरपोलमा आतंककारी नेताको रुपमा राखी उनी विरुद्ध रेर्डकर्नर नोटिस पनि जारी गरियो । विश्वका आतंकवादी विरुद्ध लर्डाई लडिरहेको भन्ने महाशक्ति राष्ट्र अमेरिकाले समेत उनको पार्टर्ीीई आतंककारी संगठनको सूचीमा राख्यो । यो बिचमा प्रचण्ड लोकप्रियता उचाई शिखर नाप्दै गयो । उनको पार्टर्ीीे २०५७ सालमा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनले 'प्रचण्डपथ'को रुपमा उनका विचारहरुलाई अगाडि बढायो । प्रचण्डपथलाई माओवादीहरुले प्रचण्डका विचारको श्रृखलाको रुपमा विश्लेषण गर्दै आएका छन । २०५७ साल अगाडि मार्क्सवाद, लेनिनवाद र माओवादको वैचारिक बाटो पछयाउदै आएका माओवादीहरुले २०५७ सालपछि नेपाली मौलिकतामा प्रचण्डका विचारहरुको नया" प्रयोगको रुपमा प्रचण्डपथलाई आफ्नो मागदर्शक वैचारिक हतियार बनाए । प्रचण्डपथको वैचारिक श्रृखलाभित्र माओवादीहरुले भन्ने गरेका नया" फौजी रणनीति र कार्यनीतिहरु छन । मुख्यगरी प्रचण्डपथमा माओको दर्ीघकालीन जनयुद्धमा लेनिनको सशस्त्र व्रि्रोहको रणनीतिको समायोजन, ग्रामीण र सहरिया वर्गसंर्घष्ाको फ्युजन, अन्तरविरोधको पहिचान र परिचलान, प्रमुख दुश्मन विरुद्ध सहायक दुश्मनको उपयोग, रणनीतिक दृढता र कार्यनीतिक लचकताजस्ता प्रमुख विचारहरु समेटिएका छन । जसलाई माओवादी २१ शताब्दीको नया" जनवाद र मार्क्सवादको नवीन प्रयोग ठान्छन । माओवादी जनयुद्धमा प्रचण्डको ब्यक्तित्व जसरी हावी भयो । त्यसरी नै बहुदलीय प्रतिस्पर्धामा पनि प्रचण्ड लोकप्रियता शिखर चुम्यो ।
माओवादी सशस्त्र युद्धको समाप्तिदेखि शान्ति प्रक्रियासम्म आउ"दा प्रचण्ड थुप्रै शहरिया बुद्धिजीवि र जनताका नेता बने । वर्गसंर्घष्ाको ऐतिहासिक पृष्ठभूमीमा रोल्पा, रुकुम, अछाम, कैलाली, ताप्लेजुङ्ग, पा"चथर र इलामका ग्रामीण वस्तीमा खुम्चिएको उनको ब्यक्तित्व राजधानी र ठुला शहरमा विस्तार भयो । शहरिया जनतामा पनि उनी र उनको पार्टर्ीीतिको लोकप्रियता महगो गरी बढ्यो । शान्ति प्रक्रियाको समय वित्दै जा"दा प्रचण्ड लोकप्रियतामा ह्रास आएको भन्ने विश्लेषणहरु पनि चले । प्रचण्डको पार्टर्ीीे र्सवनाक पराजय हुने उद्घोषहरु पनि नसुनिएका होइनन् । तर, प्रचण्ड लोकप्रियता र उनको छवि जनतामा कति उच्च रहेछ भन्ने कुरा संविधानसभाले पुष्टि गरिदियो । उनको पार्टर्ीीई जनताले देश निर्माण र नया" संविधान निर्माणको सबैभन्दा ठुलो जिम्मेवारी सुम्पिए । उनको पार्टर्ीीे विजय देखेर ज्रि्रो टोक्नेहरुको पनि नेपाली राजनैतिक रंगमञ्चमा कमी रहेन । प्रचण्ड रोल्पाबाट मात्र होइन राजधानीबाट पनि फराकिलो मतको अन्तरले विजयी बने । अरु दलका नेताहरुलाई संविधानसभा निर्वाचन परिणाम झट्का बनिरहेका बेला उनका कुनैपनि केन्द्रीय नेताले पराजयको सामना गर्नु परेन ।
यसरी प्रचण्ड विजय यात्रा नेपाली राजनैतिक दुनियामा स्पष्ट हुदै जानु प्रचण्ड लोकप्रियताको गतिलो उदाहरण हो । सयौ जनमुक्ति सेना, हजारौ कार्यकर्ता, र लाखौ जनता प्रचण्डप्रति विश्वास गर्छन । उनीहरुले आफ्नो विश्वासको मत प्रचण्डलाई दिए र उनको पार्टर्ीीई विजय बनाए । प्रचण्डलाई गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री जस्तो गरिमामय पदमा समेत निर्वाचित गरे ।
तर, प्रचण्डका अगाडि थुप्रै राष्ट्रिय र अन्तर्रर्ााट्रय चुनौतीहरु विद्यमान छन् । सबैभन्दा मुख्य चुनौती भनेको उनले नेपाली राजनैतिक दुनियामा आफ्नो उदाएको र शिखरमा पुगेको छविलाई कायम राख्नु हो । जसका लागि उनले आफ्नो कार्यकालमा नेपाली जनताले चाहेको जनजीवनको ग्यारेण्टी गर्न सक्नु र जनताको आकांक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी विद्यमान छ । २ वर्षा जनताको खोजेको जस्तै संविधान निर्माण गर्नु, जनतालाई जनमुखी प्रशासनको आभास दिनु, शान्ति सुरक्षा र अमनचयन कायम गर्नु, जनताको आर्थिक स्थितीको सुधार गर्नु, दशकौसम्मको युद्धबाट आजित जनताको घाउहरु मलम लगाउनु पनि प्रचण्ड सरकारको चुनौती बन्नेछ । बर्षौदेखि अस्थिर राजनीतिबाट निराश जनतालाई स्थायी राजनीतिको आभास दिलाउनु र आफ्नो पार्टर्ीी चुनावताका जनतामा लगेका महत्वकांक्षी योजनाहरुलाई कार्यान्वयनमा लैजान सक्नु नसक्नुमा प्रचण्डको माथिको लोकप्रियता निर्भर रहनेछ । आर्थिक क्रान्तिलाई आफ्नो सरकारको मुख्य लक्ष्यको रुपमा अगाडि सार्दै आएका प्रचण्ड अगाडि आर्थिक क्रान्तिलाई सफलताको विन्दुसम्म पुर्‍याउनु पनि चुनौती बन्नेछ । साथै अर्को मुख्य राष्ट्रिय चुनौती सेना समायोजन बन्नेछ । हालैका दिनमा प्रचण्ड सरकारको निर्माणस"गै सजिलै समाधान हुने आशा गरिएको सेना समायोजन कांग्रेस सभापतिका पछिल्ला अभिब्यक्तिहरुले केही असहज बनाउने निश्चित छ । हिजो जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर भएर संर्घष्ामा होमिएका प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनेका बेला सेनाको उचित ब्यवस्थापन गर्न सकेनन भने उनी पार्टर्ीीत्र समेत अलोकप्रिय बन्नेछन । साथै माओवादी व्रि्रोहको समयमा अंगभंङ्ग भएका, बेपता पारिएका र मारिएकाहरुका उचित ब्यवस्थापन पनि उनको मुख्य चुनौती बन्नेछ । यी सबै कुराहरुलाई कुशल ब्यवस्थापन गर्न नसके प्रचण्डको लोकप्रियता धराप पर्ने खतरा विद्यमान छ ।
यसैगरी प्रचण्ड अगाडि थुप्रै अन्तर्रर्ााट्रय चुनौतीहरु पनि खडा छन । एकातिर क्रान्तिकारी बाटो विराएको आरोप अन्तर्रर्ााट्रय कम्युनिष्ट संगठनहरुले लगाइरहेका छन भने अर्कोतिर महाशक्ति राष्ट्र अमेरिकाले अहिलेसम्म आतंककारीको सूचीबाट हटाउने कुनै संकेत देखाएको छैन । प्रचण्ड स्वयं समेत अमेरिकाको लामो भ्रमणबाट उत्साहित बनेनन् । जसरी चीन र भारत भ्रमणबाट उनी उत्साहित बनेर फर्केका थिए । विमानस्थलमा समेत उनले बुशस"गको भेटघाट सम्बन्धि पत्रकारहरुको जिज्ञाशामा भेट औपचारिकतामा मात्र सिमित भएको बताए । बुशस"गको करिब १० मिनेट समयबारे नेपाली संचार माध्यममा जसरी विश्लेषण भएको थियो वास्तविकतामा उनको बुशस"गको भेटमा कुनै प्रगति नभएको रहस्य खुल्यो । धेरैले आशा गरेजस्तै प्रचण्डको बुशस"ग भेटले माओवादी र अमेरिका सम्बन्धमा कुनै नया" आयाम थप्न सकेन । पछिल्लो विकसित परिस्थितीमा प्रचण्ड अगाडि विद्यमान यी दुवै अन्तर्रर्ााट्रय चुनौती सामना गर्नुपर्ने चुनौती छ । अन्तर्रर्ााट्रय कम्युनिष्टहरुको संस्था -अन्तर्रर्ााट्रयतावादी क्रान्तिकारी आन्दोलन) च्क्ष्ः र दक्षिण एसियाको क्रान्तिकारीहरुको संगठन कम्पोसा -जो हिजो नेपालको जनयुद्धलाई पाठशाला मान्नुपर्ने बताउदै आएका थिए) उनीहरुले समेत माओवादी संसदीय दलदलमा फस्दै गएको आरोप लगाइरहेका छन । यतिमात्र होइन ती संगठनहरुले माओवादीलाई संगठनबाटै हटाउने तयारी गरिरहेका समाचार पनि मिडियामा आउन थालेका छन ।
यी सबै राष्ट्रिय र अन्तर्रर्ााट्रय चुनौतीहरुको कुशल समाधानमा प्रचण्ड लोकप्रियता निर्भर रहनेछ । प्रचण्डले जसरी राष्ट्रिय राजनीतिक अन्तरविरोधको कुशल परिचालन गरेर राज्यसत्ताको सर्वोच्च पदमा पुग्न सफल भए त्यसरी नै त्यही सर्वोच्च पदमा टिकिरहन राष्ट्रिय र अन्तर्रर्ााट्रय अन्तरविरोधको सही पहिचान र पचिलानको आवश्यकता पर्नेछ ।
जीवन तिमिल्सिना
इमेल mero.smallsansar@gmail.com

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers