Monday, December 12, 2011

झुम्का डटकम सञ्चालनमा

नेपाल जस्तो विकासोन्मुख मुलुकमा इन्टरनेटका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका छन् । तिनै इन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ समाचार वेवसाइट झुम्का डट्कम् सुरु भएको छ । अरु सामाजिक सन्जालमा भन्दा थप नयाँ सुविधाहरु पाइने झुम्का डट्कम्मा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, ब्लग, तस्विर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुबिधा छ ।

झुम्का डट्कम् को साइटमा छिरेर आफ्नो एकाउन्ट खोलेपछि जो सुकैलाई यो सुबिधा उपलब्ध हुनेछ । कसैलाइ मोडलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट्कमले निशुल्क रुपमा पूरा गरिदिनेछ । साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश विदेशका नेपालीहरुलाई जोड्न पनि मद्धत पुर्‍याउन सक्नेछ । अमेरिकामा सन्चालित धेरैजसो वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफुले नया वेव साइट सुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए । 'संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौ" उनले भने ।

Tuesday, July 12, 2011

यो झरी !

-जनक तिमिल्सिना

ए झरी नझरी देऊ यसरी

एकान्त यो रातमा मलाई पा
गल गरी

अनि ? सायद यसपछिको वाक्य गुन्जाउन थालिसक्नुभएको हुनुपर्छ ।

हो,

झरी देऊ तिमी सुस्तरी सुस्तरी

जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि



लौ यत्ति मात्रै । किनभने आज हामी यो गितको हैन, गीतसँग ठ्याक्कै मिल्ने प्रसंगबारे यसैका गायकसहित केही सेलिबि्रटीसँग गफिँदै छौं । सो
च्नुस्, झमझम पानी प
रिरहेको सप्तान्तको मध्याह्न तपाईं आफूले मन परेकै कोहीसँग यही झरीको गफ गर्दै हुनुहुन्छ ।
तपाईंसँग छिन चल्तीकी हिरोइन केकी अधिकारी । 'यो गीत त,' कफीको चुस्कीसँगै केकीको कुरा सुनौं, 'झरी पर्नेबित्तिकै गाइहाल्न मन लाग्छ ।' केकीको झरी अनुभव क्या गज्जबको छ भने, सुनिरहौं लाग्ने ! बालापनकै कुरा गरौं । उनी उल्कै रुज्थिन् । 'निथ्रुक्कै बनेर,' थप्छिन्, 'घर पुगिन्थ्यो ।' काठमान्डुको बौद्धक्षेत्रतिर हुर्किएकी उनलाई धेरै पानीमा भिज्नुको आनन्दले रोगप्रतिको भयमा कत्ति पनि बढोत्तरी ल्याउँदैनथ्यो ।
त्यसैले कहिलेकाहीँ बिरामी हुन्थिन्, बेडमा थला पर्थिन् । 'अनि त,' झमझम पानी परिरहेको यो बेला आकाशामा मडारिइरहेका बादलतिर हेर्दै उनी बोल्छिन्, 'त्यत्ति रुज्नै डर लाग्न थाल्यो ।'

ल्ाौ हुर्किंदी केकी जसै म्युजिक भिडियोतिर मोडलिङ गर्न तम्सिइन् उसैगरी झरीले
जादू गरिदिएको छ उनको यो करिअरमा । केही अघिको एउटा अचम्मको घटना सुनौं । शिव परियारको एउटा गीतको म्युजिक भिडियो सुटिङमा पानी परेको सिन चाहिन्थ्यो । लौ कसरी गर्ने होला ? उनको टिम सोल्युसन खोज्दै थियो । केकीले आकाशतिर हेरेकीमात्र के थिइन् । 'ह्वार्रै पानी दर्कियो,' हाँस्दै सुनाउँछिन्, 'क्या जादू नै भइदियो !'

ओ माई गड, हाउ रोमान्टिक यार ! के सबैले चाहँदैमा यस्तै होला ? 'असम्भव,' लौ एस कुमारलाई भेटौं, 'चाहनेबित्तिकै पानी दर्किने भए त
भगवान् नै भइहालियो नि !' भगवान्ले सिर्जेको यो संसारका सबै मान्छे उस्तै हुन्, भेदभाव नगरौं भन्दै गीति अभिव्यक्ति दिँदै अघि बढेका यी नयाँ पुस्ते गायक झरीमा निकै रोमाञ्चक बन्छन् । यसले उनको सिर्जनात्मक क्षमता बढाउँछ रे ! 'बाटोमुनिको फूल' बाट आफूलाई अब्बल नायकका रूपमा स्थापित गराइसकेका यी संगीतकारले ८ वर्षअघि आफ्नी प्रेमिका -हो
र ? 'रचना गर्नका लागि ट्राजेडीमा परेजस्तो गर्‍या,' उनी मुस्काउँछन्) सँगको बिछोडमा औधि नमीठो अनुभूत गरे रे ! 'मध्यरातमा म टोलाइरहेको थिएँ,' भन्छन्,'अकस्मात् पानी पर्‍यो ।' जुरुक्क उठेर बाहिर निस्कें । वाउ क्या कुल मौसम !

धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्‍यो

तिमीलाई नै सम्झेर हो
कि हाँस्दा-हाँस्दा हाँस्दै आँसु झर्‍यो

वा क्या बात छ यार ! अहिले यो गीत वियोगीहरूबीच औधि लोकपि्रय छ । र, उनी आफैं यो गीत सुन्दा भावुक मात्रै बन्दैनन्, झरीमा निथ्रुक्कै भिजेजस्तो ठान्छन् आफैंलाई ।

'झरीको झमझम सुन्दै रोमान्टिक उपन्यास पढ्दाका आनन्दै बेग्लै' उनी उत्साहित बनिरहेका छन् । टेबलमा रहेको ब्ल्याक कफीको चुस्कीको आनन्द नै बेग्लै । 'झरीको बेलामा मलाई हार्ड गरेर
ब्ल्याक कफी मनपर्छ,' उनी थप्छन्, 'झरीसँगै मातिन पाएको छैन । कफी जतिको मजा त के आउला ?'

अब कुरा सुनौं अनु शाहको । 'युगदेखि युगसम्म' बाट रजटपटमा उदाएकी अनुलाई झरीले नयाँपन र खुसीको महसुस गराउँछ । झरीको बहकाउमा बगेर स्कुटरमा सहर चहार्न रुचाउँछिन्, उनी । 'झरीसँगै गीत सुन्दा आनन्द नै बेग्लै । मोबाइलको एयरफोन कानमा लगायो अनि बाइकमा सरर ।' हल्का भिजिरहेको आँखा झरी बजि्ररहेको सडकतिर तेस्र्याउँदै उनले भनिन् । अहिले भिज्ने कि ? 'हा हा हा अँ त्यस्तै लागिरहेछ । वाउ
मलाई भिज्न क्या मजा लाग्छ ।'

रिमझिम झरीमा बेस्सरी भिज्नुभएको छ ? छैन भने अनुलाई सुन्नुहोस्, 'स्कुटरमा हाफ टिसर्ट र जिन्स पाइन्टमा बेस्सरी भिजे,' हालैको झरी अनुभव सुनाउँदै बोल्दैछिन्,

'क्या मजा आयो । भिज्दाभिज्दा पछि त निकै जाडो पो भयो भन्या ।' अनुलाई रात्रि समयमा पर्ने झरीले निकै आनन्दित बनाउँछ । 'रात्रिको झरीले सिरकभित्र स्वर्गीय आनन्द नै प्राप्त हुन्छ,' हल्का मुस्काउँदै अनुभव साट्दैछिन् उनी, 'दिउँसोको झरी भने रोमान्टिक र हेरिरहुँ लाग्ने ।' तपाईं झरीलाई छल्न छाता वा रेनकोटको जोहो गर्दै हुनुहुन्छ होला हैन । 'मलाई कहिल्यै रेनकोट बोक्न मनै लाग्दैन, रेनकोट बोक्यो भने भिज्नै पाइँदैन' उनी भन्छिन् । झरीमा म:म र तातो सुपको आन
न्द लिन रुचाउँछिन् उनी । 'रेस्टुरेन्टमा माथिल्लो तलामा बस्यो, झरी हेर्‍यो । तातो सुप सुरुप-सुरुप । कफीको चुस्कीको मजा त झन् बेग्लै ।'

समरका यी दिनहरूमा मात्तिरहेको झरीसँग रहँदा 'ए झरी नपरिदेऊ यसरी...' गीत याद आएको हुनुपर्छ । त्यही गीतका गायक नवीन के भट्टराईलाई लामो झरीको यो मौसममा सात वर्ष अगाडि रेकर्ड गरिएको यो गीतलाई धेरै पटक गुन्गुनाउन भ्याइसके । 'तीन दिनदेखि झरी परिरहेको छ । म झ्यालबाट झरीलाई नियाल्दै यही गीत गुन्गुनाइरहेको छु,,' हालैको एक साँझ हेलो शुक्रबारसँगको कुराकानीमा उनले भने । उनलाई झरीले पागलै त पारिहालेको छैन । तर अनौठो र अजीवको अनुभूति भने सधैं गराइरहन्छ । 'मायालु त आजभोलि सधैं वरिपरि,' उनी भन्छन्, 'यसो झरीको मजा लिन सडकमा निस्कियौं भन्यो काठमाडौंका सडक नै गतिला छैनन् ।'

झरीबारे गफिरहँदा नवीन आफ्नो टिनएजतिर र्फकंदै छन् । पुतलीसडकको स्टुडियोहरूबाट गीत रेकर्ड गरेर र्फकंदा झरीसँग सिँगौरी खेलेको विगत निकै रमाइलो छ । 'पुतलीसडकबाट घरसम्म निथु्रक्क भिजेर हिँडेको दिन म कहिल्यै भुल्दिन ।' प्रेयसी छेवैमा राखेर ट्राभलिङ जान मन लाग्दैन ? 'न राम्रो मोटरबाटो छ न त कुनै त्यस्तो सुविधासम्पन्न गन्तव्य जाने कता हो,' नवीन भन्छन् ।

सुन्दरता झरीसँग किन गाँसिएको होला ? केकी बोल्दैछिन्, 'फ्रेस गराउँछ, सुन्दर देखाउँछ त्यसैले होला ।' 'मलाई साथीहरूले भिजेको बेलामा कति सुन्दर देखिएको भनेर कमेन्ट गर्छन्,' अनु थप्दैछिन्, 'झरीले नारी सुन्दरतालाई झल्काउँछ । आकर्षक र सुन्दर देखाउँछ ।' सेक्सी र सुन्दर देखाउँछ हो ? प्रश्न एस कुमारतिर सोझिँदैछ । 'अँ मलाई पनि त्यस्तै लाग्छ ।'

लन्डनमा थ्री डब्लु अर्थात् वर्क, वुमन र वेदरको भर हुन्न भन्ने त उखानै छ । त्यहाँको मौसम यस्तो छ कि कुन बेला के हुन्छ पत्तो नै हुन्न । फेरबदल भइरहने मौसमले पूर्वानुमानसमेत असफल सावित भइदिन्छ कहिलेकाहीँ त । त्यसो भए झरीमा सेलिबि्रटी वा आम समुदाय के गर्लान् ? यो समय बिताउन बेलायतीहरू पव वा रेस्टुरेन्ट पुग्छन् । सामान्यतया साँझ घरमा खाना बनाउँदैनन्, उनीहरू बरु बजेट छैन भने कम खान्छन्, तर पव वा रेस्टुरेन्ट गएकै हुन्छन् । यो त त्यहाँको कल्चर नै हो । तर नेपालमा न त लन्डनको जस्तो मौसम छ न त कल्चर नै । त्यसैले नेपाली सेलिबि्रटीहरू संगीत सुन्छन्, गीत र कविता, लेख्छन्, उपन्यास पढ्छन् र टे्रकिङ निस्कन्छन् । झरीलाई झन् कसैले मिस गर्नै चाहँदैन । झरी सडकमा बजि्रन्छ, टेलिभिजन र रेडियोमा बज्छ, मोबाइल र आइपडमा गुन्जिन्छ ।

यी सेलिबि्रटीजस्तै तपाईंलाई पनि मादक झरीले मोहनी लगाउँछ होला है । के-के न गरूँजस्तै । झरीले बिर्सिएकी प्रेमिकालाई सम्झाउँछिन् । यादहरू सगिलिन्छन् । हाम्रा गायकहरू यहीँ गाउँछन् । हाम्रा अभिनेताहरू यही अभिनय गर्छन् । हाम्रा गीतकारहरू यही रचना गर्छन् । त्यसैले, यो झरीले हरेकमा सिर्जनात्मकता जन्माओस्, झरीको शुभकामना !

असार २३ गतेको कान्तिपुर दैनिकको परिशिष्टांक हेलो शुक्रबारमा प्रकाशित फिचर

Friday, March 18, 2011


२०६७, माघ २१ गते कान्तिपुरको परिशिष्टांक हेलो शुक्रबारमा प्रकाशित (तलको लिंकमा पनि हेर्न सकिन्छ)

Tuesday, March 15, 2011

५ जेठ २०६६ मा अन्नपूर्ण दैनिकको शिक्षा परिशिष्टांकमा प्रकाशित आर्टिकल

Monday, February 28, 2011

हृयाप्पी भ्यालेन्टाइन


–जनक तिमिल्सिना

"म यी भावनाहरू शब्दमा व्यक्त गर्नसक्दिनँ । यी भावना अमर छन् र मलाई उत्साही बनाइरहेका छन्, भ्यालेन्टाइनको यो पूर्वसन्ध्यामा म ती तीन शब्द तिम्रा लागि भन्न चाहन्छु, 'तिमीलाई माया गर्छु'," काठमाडौंका २२ वर्षीय नवीन शर्माले नयाँ बानेश्वरस्थित साइबरबाट अस्टि्रयाकी युवती क्याथियालाई अंग्रेजीमा लेखेको इमेलको नेपाली अनुवाद हो यो ।
फेसबुक चलाइरहेको छु । न्युजरुममा स्टोरीको 'डेडलाइन' घर्किदैछ । भ्यालेन्टाइनको बारेमा स्टोरी लेख्नु छ । यत्तिकैमा फेसबुकमा एउटा केटी 'हाई' भनेर म्यासेज लेख्छे । म 'हेलो' भनेर उत्तर फर्काउँछु । नवीनले भ्यालेन्टाइन पूर्वसन्ध्यामा क्याथियालाई लेखेको त्यही इमेल उसलाई पठाइदिन्छु, जुन मैले मेरो स्टोरीको पात्र नवीनबाट अघि नै हात पारिसकेको थिएँ । केटी 'सपर््रराइज' हुन्छे । मसँग गफिँदै गरेकी ऊ एक्कासी मौन बन्छे । "कुनै युवकले समुद्रपारिकी प्रेमिकालाई लेखेको इमेल सन्देश हो यो," मैले प्रष्टीकरण दिन्छु । ऊ उत्साहित बन्छे । भ्यालेन्टाइन र प्रेमका बारेमा सोध्छु । ऊ आफूलाई 'आइडिया' नभएको बताउँछे । तर, भोलि साथीहरूसँग नाइट क्लबमा झुम्न जाने तयारी गरिरहेकी छे । उसलाई प्रेमका बारेमा केही बोलाउने मेरो प्रयास जारी रहन्छ । हालै भेटेको एउटा चर्चित पुस्तकको बारेमा लेखिएको सानो समीक्षा उसलाई पठाउँछु ।
पुस्तक हो एरिच सेगलको 'लभ स्टोरी' । धनी परिवारकोे केटा र गरिब परिवारकी केटीको प्रेम सम्बन्धको मार्मिक वर्णन छ, त्यसमा । कलेजमा भेट भएपछि एकजोडी तन्नेरीहरूबीच प्रेमको बीज रोपिन्छ । अनि कोपिला हुँदै फुल्न थाल्छ । तर, समय परिवर्तनको उभार आउँछ । कोपिला धर्मराउँदैन । झन् अडिग बनेर फक्रन थाल्छ । त्यो जोडी हो- ओलिम र जेनिफरको । आँखाबाट सुरु भएको उनीहरूको प्रेम झांगिँदै विवाहसम्म पुग्छ । ओलिमको परिवार बाधक बन्छ र त्यागिदिन्छ उसले । दुवै नयाँ घरमा बस्न थाल्छन् । यहाँसम्म पारिवारिक बन्धनलाई तोड्दै प्रेमजीवनको उत्कर्ष विवाहसम्म पुगेको प्रेमप्रसँगको रोमान्टिक चर्चा छ ।
ओलिमले राम्रो ठाउँमा जागिर पाउँछ । जीवन सुखसँग चलिरहेको हुन्छ तर यतिखेरै कथा अर्कोतर्फ मोडिन्छ । उनीहरूको जोडीले प्रेम, विवाहको गोरेटोलाई पार गरिसकेको हुन्छ, अब प्रेमजीवनकै अन्तिम प्राप्ति सन्तानको प्रतीक्षामा हुन्छ । तर, यसका लागि जेनिफर योग्य बन्न सक्दिन । दुवै डाक्टरको सल्लाह लिन धाउँछन् । पछि थाहा हुन्छ- केटीलाई ल्युकेमिया (रगतको कमी हुने) रोग लागेको हुन्छ । केटी कमजोर हुँदै जान्छे र ऊ मर्छे । केटो बाबुआमाकहाँ फर्किन्छ । रोमियो जुलियटको आधुनिक संस्करणको रूपमा प्रसिद्धि कमाएको 'लभ स्टोरी'को सटिक कथा हो यो, जसलाई न्युयोर्क निवासी लेखक सेगलले मार्मिक प्लटमा बुनेका छन् ।
उसलाई लभ स्टोरीको मार्मिक कथावस्तु सुनाइसकेपछि म सोध्छु, "जीवनभर एक्लै बस्न सम्भव छ ?"
"नो आइडिया," उ उत्तर दिन्छे, "केटीहरूका लागि यो असम्भव तर केटाहरू सक्छन् पनि होला ।"
फेरि त्यसैमा प्रश्न थपिदिन्छु, "प्रेम के हो ?" ऊ पुरानै सटिक जवाफ फर्काउछे, "नो आइडिया ।"
यही प्रश्नको जवाफ खोज्न मैले फोन गर्छु त्रिभुवन विश्वविद्यालयका लेक्चरर नारायणप्रसाद शर्मालाईल जो मनोविद् पनि हुन् । "प्रेम केटा र केटीबीच हुने शारिरीक र भावनात्मक आकर्षण हो," उनी भन्छन्, "जुन रुची, आकर्षण र स्वभावबाट प्रभावित हुन्छ ।"
फेरि केटीसँगको इमेल कुराकानी अगाडि बढ्छ । "किन लभ परेको छैन ?" म सोध्छु ।
"आम नट इन्ट्रेस्टेड टु हृयाभ बीएफ," ऊ फेरि जवाफ फर्काउँछे ।
"किन साथीहरूको देखेर रहर लाग्दैन ?" उसको मनोविज्ञान बुझ्ने प्रयास गर्छु ।
"लभ पनि रहरका लागि गर्ने हो र ? आई डोन् थिङ्क सो," ऊ भन्छे ।
म यत्तिमै रोकिन्नँ, सोध्छु, "एक वयस्क केटी सबैभन्दा धेरै केका लागि चिन्तित बन्छे ?"
"डिप|mेन्ट पिपुल हृयाभ डिप|mेन्ट पर्सपेक्टिभ," ऊ थप्छे, "सो इट्स डिफिकल्ट टु टेल ।"
फेरि सोध्छु, "आई वान्ट टु आस्क सम कोइस्चन प्लिज डोन् माइन् ल ।"
तर, ऊ यतिकैमा अफलाइन भइदिन्छे । म सोध्न चाहन्थें- प्रेम दिवसकै रूपमा कुनै दिन मनाउन जरुरी छ कि छैन ? सेक्सलाई प्रेमसँग जोड्न हुन्छ कि हुँदैन ? ऊ अफलाइन भएपछि समाजशास्त्री नवीन रावल (जो, त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र अध्यापनरत छन्) लाईर् प्रश्न गर्छु, "के प्रेम दिवसकै रूपमा मनाउन जरुरी छ ?"
"माया निश्चित समयमा मात्र हुँदैन तर उपभोक्तावादी संस्कृतिको प्रभावले गर्दा अहिले भ्यालेन्टाइन, क्रिसमस इभजस्ता पर्वहरूले महत्व पाउन थालेका छन् । यसका आफ्नै ऐतिहासिक पाटाहरू पनि छन्, जुन आफ्नो ठाउँमा ठीक पनि होलान् । त्यसैले म यसलाई राम्रो-नराम्रो हो भन्दिनँ, यसलाई सापेक्षिकरूपमा हेर्नुपर्छ," उनले यसरी अथ्र्याए ।
फेरि म रावलतिरै फर्किन्छु । "यसमा को जिम्मेवार छ ?"
"उपभोक्तावादी प्रवृत्ति मुख्य जिम्मेवारी छ । उच्च शिक्षामा मारेको फड्को, प्रविधि र सञ्चारको दुनियाँमा भएको अभूतपूर्व क्रान्ति पनि यसमा जिम्मेवार छ," उनी थप्छन्, "भौतिक विकाससँग पनि यो जोडिएको छ भन्न सकिएला ।"
म अर्को प्रश्न थपिदिन्छु, "यसलाई परसंस्कृतिग्रहण वा आत्मीकरण के भन्ने ?" "यसलाई ग्लोबल सिटिजनको अवधारणा मान्ने कि ?" उनी भन्छन् ।
रावल विकास आइडियाजहरूमा प्रगतिशील पश्चिमी समाजको सांस्कृतिक प्रभाव विश्वव्यापी भएको मान्छन् । त्यसैले होला- केही वर्षअघिसम्म काठमाडौंमा सीमित यसको प्रभाव अहिले गाउँसम्म फैलिएको छ, जसले नेपाली समाजमा विद्यमान परम्परागत प्रेम र विवाहसम्बन्धी चलन र मान्यताहरूलाई विस्थापित गर्दैछ । हुन त, प्रेम र यौनमा उदार देखिएको पश्चिमा समाज पूर्वीय विवाह र यौन दर्शनप्रति आकषिर्त हुँदैछ, जसलाई भूमण्डलीकरणको प्रभाव भन्ने वा पश्चिमा कल्चरमा समस्या आएपछि पूर्वीय कल्चरतिर मोडिएको भन्ने, अर्को बहसको विषय होला ।
तर, पूर्वीय युवा जमात भने पश्चिमा संस्कृतिप्रति अभ्यस्त बन्न थालेको छ । यसको विरोध गर्नेहरू पनि छन् । उनीहरू प्रेमलाई एकदिवसीय बनाएर यसको महिमा साँघुरो बनाउनु हुँदैन भन्ने पक्षमा वकालत गर्छन् । प्रेममा भौतिक वस्तुहरूको उपस्थिति बढेकोमा पनि उनीहरूको चिन्ता छ । महँगा उपहार र भौतिक वस्तुसँग प्रेमलाई तुलना गरेकामा उनीहरूको विरोध छ ।
"भ्यालेन्टाइन्स डेलाई 'कालो दिवस' को रूपमा मनाउँदा मलाई आपत्ति छैन । प्रेम गर्ने, बाँड्ने दिन छुट्टयाउने कस्ता मूर्खहरू ! के हामीले कहिल्यै सास फेर्नका लागि भनेर मात्र समय छुट्टयाएका छौं ?" सगरमाथा कलेजका विद्यार्थी सरोज फेसबुक स्टाटसमा लेख्छन् । "गुड, तिमीलाई सय प्रतिशत समर्थन," अर्का नेपाली युवा प्रवीण महर्जन थप्छन् । "मेरो पनि पूर्ण समर्थन," सलोजा स्काई नाम गरेकी एक पत्रकार युवती कमेन्ट थप्छिन् । यसमा विरोध जनाउँदै पशुराम मरासिनी लेख्छन्, "हैन, सरोज के भयो र ? यस्तो उमेरमा माया प्रीतिप्रति त्यति वितृष्णा ?"
पत्रकार सलोजा यत्तिकैमा अनलाइनमा भेटिन्छिन् । म प्रश्न गर्छु, "तपाई किन भ्यालेन्टाइन डेको विरोधी ?"
"म भ्यालेन्टाइन डेको विरोधी पनि होइन र पक्षपाती पनि होइन । तर, वास्तविकभन्दा पनि बनावटी रूपमा भ्यालेन्टाइन डे मनाइन थालिएको प्रति मेरो विरोध हो," उनी भन्छिन्, "संस्कृतिको रूपमा भन्दा पनि विकृतिको रूपमा यो प्रवृत्ति मौलाइरहेको छ, त्यसैले मलाई मन पर्दैन ।" भौतिक वस्तुसँग प्रेमलाई तौलने प्रवृत्ति उनलाई मन नपरेको हो । "भौतिक वस्तुसँग प्रेमको साटफेर गरिनुहुँदैन," उनी थप्छिन्, "भ्यालेन्टाइन डे मनाउनकै लागि देखावटी ब्याइप|mेन्ड बनाउनु पनि उचित होइन ।"
भ्यालेन्टाइन डेको प्रभाव नेपाली समाजमा देखिँदै जान थालेपछि उब्जिएको बहस हो यो । केही वर्षअघिसम्म पश्चिमाहरूको नक्कल भनेर आलोचना खेप्ने गरेको 'भ्यालेन्टाइन डे' विस्तारै नेपाली समाजमा उत्सवकै रूपमा स्थापित हुँदैछ । साइबर स्पेसबाट समुद्रपारिकी युवतीसँग भ्यालेन्टाइन डे मनाउने नवीन, फेसबुकमा भेटिएकी केटी, जो प्रेमबारे थाहा नभएको बताउँदै टाढिन चाहन्छिन्, एकातिर पर्शुराम र अर्कातिर भ्यालेन्टाइनको विरोध गर्ने सरोज, प्रवीण र सरोजा स्काई ।
भ्यालेन्टाइन सुरु हुनु केही दिनअघि नै काठमाडौं र मोसफलका ठूला सहरमा युवाहरूको दैनिकी नै परिवर्तन हुन्छ । गिˆट सपहरूमा उपहार किन्नेको घुइँचो लाग्न थाल्छ । भ्यालेन्टाइन डेको दिनमा राजधानीमा मात्रै लाखौंको कारोबार हुन्छ । भ्यालेन्टाइन कार्ड, चकलेट, गरगहना, घडी, पर्स, रेडिमेड कपडा उपहार दिनु सामान्य भइसकेको छ । कतिपयले यसलाई प्रेमको खरिद-बिक्रीका रूपमा पनि आलोचना गर्ने गरेका छन् । तर, युवायुवतीहरूलाई यस्तो आलोचनाले छुँदैन । त्यसैले त उपहार छनोटमा उनीहरू एकाग्र भइरहन्छन् । टेलिफोन कम्पनीहरूले एसएमएसबाटै लाखौं कमाउँछन्, राति १२ बजेसम्म जाग्राम बसेर प्रेमी/प्रेमिकालाई 'विस' गर्दै अमर प्रेमको कामना गर्नेहरूको ठूलै समूह छ । कतिपय तन्नेरी जोडी अँगालोमा बेरिएर रातभर डिस्को थेक र पबमा रमाउँछन् ।
इन्टरनेटले उभ्याइदिएको साँघुरूपी च्याटरुममा भ्यालेन्टाइन डे मनाउने नवीनजस्तै थुप्रै होलान् । पछिल्लो पुस्ताका लागि प्रेम सस्तो वस्तु भएको भन्नेमा विवाद गरिरहन जरुरी छैन । उनीहरू प्रेमलाई पेयपदार्थसँग तुलना गर्छन् । कतिपयले शारीरिक सुखसँग जोडेर प्रेम गर्छन् र आवश्यकता पूर्ति भएपछि अर्कैतिर सल्किन्छन् । तर, यिनले 'लभ स्टोरी'का पात्रको चोखो प्रेमलाई प्रतिनिधित्व गर्दैनन् ।
मनोविज्ञानका लेक्चर शर्मा भन्छन्, "त्यसैले प्रेम शारीरिकभन्दा पनि भावनात्मक हुनुपर्छ । शारीरिक चाहना पूर्ति एक ठाउँमा छ तर यतिका लागि मात्र गरिने प्रेम होइन त्यो स्वार्थ हो । यसले प्रेमलाई असफल बनाउँछ ।"
प्लस टु र यस्तै कक्षामा हुने सम्बन्धहरूले पनि समाजको रीति र स्वयं युवायुवतीहरूलाई प्रभावित पारिरहेको देखिन्छ । "सामाजिक, आर्थिक, शैक्षिक स्टाटस र फ्याक्टरलाई नहेरी खाली आकर्षणका भरमा गरिने प्रेम असफल हुन्छन्" शर्मा भन्छन् । त्यसैले प्रेम सामाजिक बन्धन हो र यसलाई पेयपदार्थजस्तै स्वादका रूपमा चाख्ने वस्तु बनाइनु हुँदैन । कुनै सन्दर्भमा दार्शनिक माक्र्सकी पत्नी जेनी माक्र्स भन्छिन्, "प्रेमले उत्साहित बनाउँछ भने दुःखले स्पात ।" हृयाप्पी भ्यालेन्टाइन डे !!

Thursday, January 6, 2011

फेसबुकले बनाउने भो चापागाउँमा स्कूल

-उमेश श्रेष्ठ
देश बिगारे भन्दै अभद्र र अशिष्ट प्रतिक्रियाहरुको बाढी लाग्ने सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले सामाजिक कार्यमा पनि
योगदान दिनसक्ने उदाहरण ललितपुरको चापागाउँमा देखिएको छ। 'सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामाग्री' विशेषतः नेताहरुलाई अभद्र गालीको क्रम बढेपछि फेसबुकमा प्रतिबन्ध लगाउन सकिनेसम्मको संकेत सरकारले केही अघि दिएको थियो उनीहरुले हेर्नै पर्ने दृश्य थियो- चापागाउँस्थित ज्योतिदय विद्यालय भवनको बिहीबार भएको शिलान्यास। तर, कार्यक्रममा कुनै नेता भने उपस्थित भएनन्।

–यस्तो बन्नेछ स्कुल


एक करोड अनुमानित लागतको यो भवन फेसबुकको सञ्जालबाट संभव भएको हो। "भवन निर्माणका लागि लाग्ने एक लाख अमेरिकी डलर (झण्डै ७२ लाख रुपैयाँ) हामीले फेसबुकको प्रतियोगितामार्फत् जितेका हौँ", सर्वोदय नेपालका कार्यकारी निर्देशक शिशिर खनालले 'नागरिकन्युज'लाई बताए, "अमेरिकाको चेज बैंकले सामाजिक संस्थाहरुमध्ये फेसबुकमा धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा गराएको थियो। हामी १५ हजार ७८४ भोटका साथ प्रतियोगितामा पाँचौँ भयौँ।"

[जगका लागि इँटा राख्दै प्रमुख अतिथि रन्जित आचार्य। तस्बिरः उमेश ]




बिहीबार स्कूल परिसरमा एक कार्यक्रमको आयोजना गर्दै भवन बनाउन पूजासहित जग राखिएको छ। सिमेन्टको हैन, वातावरणीय दृष्टिले उपयुक्त हुने र हाम्रै परम्परागत निर्माण प्रक्रियामा बाँस र काँचो इँट्टाको भवन डिजाइन गरिएको बताइएको छ। कार्यक्रममा फेसबुक प्रतियोगिता जिताउन सहयोग गर्नेहरुला सम्मान पनि गरिएको थियो।


कस्तो स्कूल हो ज्योतिदय ?
चापागाउँको ज्योतिदय विद्यालय स्थानीय युवाहरूको प्रयासमा चलेको त्यस्तो विद्यालय हो जहाँ पछिल्ला ३ वर्ष लगातार शतप्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भए। यस वर्ष सबै विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए। स्थानीय युवाले आफ्नो गाउँमा गरिब र असहाय विद्यार्थीहरूसम्म गुणस्तरीय शिक्षा पुर्‍‌याउन सुरू गरेको यो विद्यालय नेपालको लागि नै नमूना हुनसक्छ। मुनाफारहित सहकारी विद्यालयको रूपमा खोलिएको यो विद्यालय न त सरकारी हो न त नाफामुखी निजी। नितान्त सेवा भावले खोलिएको ज्योतिदय सहकारी विद्यालयमा सक्ने स्थानीय बालबालिकाहरू कम शुल्कमा पढ्छन्, नसक्ने सित्तैमा।


कसरी गर्यो फेसबुकले परिवर्तन ?
फेसबुकका नियमित प्रयोगकर्ता खनालले एक दिन फेसबुक चलाउँदै गर्दा एउटा विज्ञापन देखे- अमेरिकाको चेज बैंकद्वारा सञ्चालित फेसबुक प्रतियोगितामा सबैभन्दा बढी भोट ल्याउने संस्थाले साढे २ लाख अमेरिकी डलर प्राप्त गर्ने। उनको ध्यान तानियो र तत्काल गर्न भ्याइहाले 'साइन अप'।

'शीर्ष २०० स्थानमा त कसो नपरौँला भन्ने थियो', खनालले भने, 'जित्छौँ नै भन्ने चाहिँ लागेको थिएन।' शीर्ष २०० स्थानभित्र पर्ने संस्थाले २० हजार अमेरिकी डलर पुरस्कार पाउँथ्यो। तर फेसबुकमा रहेको नेपालीहरुको विश्वव्यापी सञ्जाललाई यसरी उपयोग गरियो कि उनको संस्था शीर्ष २०० हैन, शीर्ष पाँच स्थानभित्रै पर्न सफल भयो।

सुरुमा उनले आफ्नै केही साथीहरुलाई भोटका लागि आह्वान गरे। तर त्यतिमात्र पर्याप्त थिएन। फेसबुक विशेष गरी युवाहरु माझ लोकप्रिय रहेको हुनाले उनीहरुलाई नै यसमा परिचालन गर्ने सोचका साथ उनी अमेरिकाबाट काठमाडौँ आए। उनको अभियानमा साथ दियो वृहस्पति विद्यासदन नक्सालका विद्यार्थीहरुले।

त्यसपछि सुरु भयो काठमाडौँका स्कूल र कलेजहरुमा भोट माग्ने क्रम। साथीहरुबाट बटुलेको ल्यापटप, स्कूलको वायरलेस इन्टरनेट प्रयोग गरी स्कूलमा बुथ बनाउने र विद्यार्थीहरुलाई भोट गर्न प्रोत्साहित गर्ने काम भयो। 'हामी करिब १५ वटा स्कूल कलेजमा गएका थियौँ, सबैमा उत्साहजनक समर्थन पायौँ', खनालले भने, 'भोटका लागि अलि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले कसरी भोट गर्ने भन्ने निर्देशनसहित कक्षाकोठाभित्रै क्याम्पेन चलाउन पनि अनुमति पायौँ। यसमा धेरै स्वयंसेवकहरुले साथ दिए'

[फेसबुक अभियानमा सघाएवापत पाएको प्रशंसापत्रका साथ स्वयंसेवीहरु। तस्बिरः मेश]



भृकुटी मण्डपमा एक वर्षअगाडि भएको आइसीटी इन्फोटेकमा पनि यो अभियानमा समर्थन जुटाउन एउटा स्टल राखियो। स्टल आयोजकले निःशुल्क राख्‍न दिएका थिए। खनाल भन्छन्- 'विशेषगरी स्कूल, आइसीटी इन्फोटेकको स्टल र माइसंसार ब्लगका पाठकहरुको सञ्जाल हाम्रा लागि धेरै फलदायी साबित भयो।' दशरथ रंगशालाको ठूलो पर्दामा विश्वकप फुटबल फाइनल खेलको प्रत्यक्ष प्रसारणका दिन पनि रंगशाला परिसरमा बुथसहित सबै तयारी भएको थियो। 'तर दुर्भाग्य, इन्टरनेटले काम गरेन', उनले सम्झिए।

यो अभियान विदेशको तुलनामा कमै थियो। साढे ३८ हजारभन्दा बढी भोट ल्याएर प्रथम स्थानसहित साढे दुई लाख अमेरिकी डलर पुरस्कार हात पारेको ह्यारी पोर्टर अलायन्सका लागि ह्यारी पोर्टरकी लेखिका जेके रोलिङले समेत सघाएकी थिइन्।


के हो सर्वोदय ?
फेसबुक अभियानबाट स्कूल भवन निर्माण गर्ने संस्था सर्वोदय कुनै आइएनजीओ नभएको बताउँछन् खनाल। 'यो महात्मा गान्धीको सबैको कल्याण विचारधारामा आधारित विश्वव्यापी सञ्जाल हो', उनी प्रष्ट्याउँछन्।

खनाल भन्छन्- महात्मा गान्धीको विचारबाट उत्प्रेरित सर्वोदय, नेपालमा अहिंसात्मक तथा दीगो विकास प्रवर्द्धन गर्नका लागि खडा गरिएको नेपाली संस्था हो। यो संस्था शत प्रतिशत स्वयंसेवामा चल्छ। आफू वरपरका र छरछिमेकलाई सहयोग गरी उनीहरुको जीवनस्तर माथि उकास्ने सोच "सर्वोदय" को मूल मन्त्र हो। गान्धीको यही सर्वोदय दर्शनबाट प्रभावित भएर श्रीलंकामा ‘सर्वोदय श्रमदान' नामको दीगो विकाससम्बन्धी आन्दोलनले निकै सफलता पाएको थियो। ज्योतिदयको भवन निर्माणका लागि पनि श्रमदानको तयारी सर्वोदयले गरिरहेको छ।

स्रोत : नागरिकन्युज डटकम

Sunday, December 26, 2010

क्रिसमसको धुम

–विज्ञान शर्मा
नेपालमा क्रिसमस मनाउने प्रवृत्तिमा देखिएको अभूतपूर्व रौनकलाई कसैले पश्चिमा संस्कृतिको प्रभाव मान्छन् त कसैले धार्मिक सद्भावको परिणाम, तर युवाहरुको ठूलो हिस्साका लागि न त यो पश्चिमा प्रभाव हो, न त धार्मिक सद्भावको परिणाम नै । यो त मात्र रमाइलो गर्ने एउटा मौका हो, जति सकिन्छ मज्जा लिने हो ।


यतिखेर काठमाडौंमा त्यस्ता गिफ्टसप छैनन्, जहाँ क्रिसमस ट्री, सान्टाक्लजको पोसाक र किस्मस कार्ड नहून् । क्रिसमस मनाउने चटारोले बालक, युवा, अधवैंसे सबैलाई छोएको छ । नेपालमा क्रिसमस मनाउने प्रवृत्तिमा देखिएको अभूतपूर्व रौनकलाई कसैले पश्चिमा संस्कृतिको प्रभाव मान्छन् त कसैले धार्मिक सद्भावको परिणाम, तर युवाहरुको ठूलो हिस्साका लागि न त यो पश्चिमा प्रभाव हो, न त धार्मिक सद्भावको परिणाम नै । यो त मात्र रमाइलो गर्ने एउटा मौका हो, जति सकिन्छ मज्जा लिने हो ।









बानेश्वरस्थित हलमार्क गिफ्ट सपका सुरज दास कस्टुमरहरुलाई क्रिसमस ट्रीको मूल्य सुनाउन व्यस्त छन् । "यो सानोको ७ सय, यसको साढे ८ सय, अनि यो ठूलोको चाँही साढे ९ सय, तर यसलाई सजाउन बाँकी छ ।" एकैछिनमा उनी बत्तीको झिलिमिलीले क्रिसमस ट्रीलाई सजाइदिन्छन् र ग्राहकहरु लिएर जान्छन् । ग्राहकहरुको भीडलाई समय दिन भ्याइनभ्याइ छ उनलाई, तैपनि यो पंक्तिकारको जिज्ञासामाथि आंशिक ध्यान दिँदै उनी भन्छन्, "क्रिसमस ट्रीको मूल्य ७ सयदेखि सुरु हुन्छ । जति ठूलो भयो, त्यत्ति नै महँगो हुन्छ, यसललाई थप सजावट पनि गर्न सकिन्छ ।" क्रिसमस इभ अर्थात डिसेम्बर २४ को सन्ध्यामा उनले १० वटा ट्री बिक्री गरेछन् । उनका अनुसार युवाहरु कार्ड र गिफ्टमा जोड गरिरहेका छन् भने सौखिन महिलाहरु ट्रीमा रुचि दिइरहेका छन् ।


योगी
क्रिसमस मनाउन आउनेहरुको धार्मिक आस्थाबारे सुरज के सोच्छन् त ? "खै कुन धर्म मान्छन्, त्यो त सोध्ने कुरा भएन तर यहाँ आउने धेरै मानिसहरु इसाई होलान् जस्तो मलाई लाग्दैन," सुरजले लख काटे । उत्पत्तिको दृष्टिकोणले क्रिसमस इसाईहरुको चाड हो ।

रोकाया
२०५८ को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा इसाई धर्मावलम्बीको संख्या ०.५ प्रतिशत छ, जबकि हिन्दू धर्म मान्नेहरु ८०.६ प्रतिशत छन् । तर, नेपालमा क्रिसमस मनाउने पछिल्लो प्रवृत्तिले धार्मिक आस्थाको कुनै सीमा छैन भन्ने कुुरालाई संकेत गरिरहेको छ ।
बानेश्वर निवासी सुदीप खड्का आफूलाई हिन्दू भन्छन् तर क्रिसमसको धुमबाट उनी टाढा छैनन् । भन्छन्, "क्रिसमसलाई धर्मको दृष्टिकोणले कहिले हेरिनँ, इसाईको चाड हो तैपनि म मनाउन चुक्दिनँ ।" उनी क्रिसमसलाई डान्ससहितको डिनरमा रंगाउने तयारी गरिरहेका छन् ।

भर्चुअल संसारमा पनि क्रिसमसको प्रभाव उत्तिकै छ । नेपालीहरुको फेसबुकका भित्ताहरु पनि क्रिसमस सन्देशले भरिएका छन् । कसैले 'क्रिसमस मनाउने तयारी तीब्र' लेखेका छन्, कसैले 'मेरी क्रिसमस टु यु अल' त कसैले 'ह्याप्पी बर्थ डे टु यु जिसस'
स्रोत नेपालीपत्र डटकम

About Me

Blog Archive

Followers