Wednesday, January 14, 2009

बलिउडमा चमत्कार



-जनक तिमिल्सिना

आठ सय फिल्म र्सार्वजनिक भएको बलिउड फिल्म उद्योगमा सन् २००८ को प्रमुख चर्चाको विषय बने आमिर खान र उनका चलचित्रहरू । तारे जमिन परको ब्यवसायिक सफलताबाट फुरुङ्ग भएर उनले निर्माण गरे गजिनी । र, वर्षो अन्त्यमा यो चलचित्र प्रदर्शनमा आयो । जसलाई पनि दर्शकले निकै रुचाए । अधिकांश दर्शकको मष्तिस्कमा नै आमिरका चलचित्रले राम्रो छाप पारे । तर, तारे जमिन परको कथा चोरिएको विषयले भने उनलाई केही तल झार्‍यो । तारे जमिनपरमा कथा चोरिएको भन्दै उनी विरुद्ध मुद्दा समेत दर्ता भएको छ ।
त्यसपछि वर्षै चर्चित हिरोको रुपमा ख्याति कमाउन सफल भए अक्षयकुमार । अक्षयकुमारले अभिनय गरेका चलचित्रहरूले ब्यावसायिक सफलता हासिल गरेपछि बलिउडका निर्माता निर्देशकहरू अक्षयलाई भकाभक फिल्ममा खेलाउन थाले । अक्षयको जोडीका रुपमा गत वर्षचर्चित फिल्महरूमा अभिनय गरी वर्षै हिट हिरोइन बनिन् कैटरिना कैफ । सिङ इज किङ, बेलकम, नमस्ते लण्डन, भुलभुलैया जस्ता अक्षयकुमार अभिनित चलचित्र हिट भएपछि अक्षयको फिल्मी यात्रा निकै ब्यस्त बन्यो । एक्सन नायकका रुपमा उदाएका यी नायक अहिले कमेडी भूमिकाको दमदार अभिनयमा छाएका छन् । उनको लोकप्रियताको उचाइ बलिउड वृत्तमा महङ्गो गरी चुलिदै गएको छ । लोकप्रियताको स्वाद पनि अक्षयलाई निकै मिठो प्राप्त भयो । अक्षयकुमार आफ्नो नाम, दाम र प्रतिष्ठाको शिखरलाई अझ उचाइ दिन सफल रहे । समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई क्यानडाको युनिभर्सिटी अफ विन्डसोरले पीएचडीको मानार्थ उपाधि पनि प्रदान गर्‍यो ।
कैटरिना कैफ गत वर्षबलिउडको सबैभन्दा महङ्गी अभिनेत्रीका रुपमा चर्चामा आइन् । उनी सलमान खानस"गको प्रेम सम्बन्धको कारण पनि चर्चामा रहिन् । कैटरिना र अक्षयकुमार जोडी जमेपछि बलिउडमा उनको लोकप्रियता पनि आकाश चुम्ने गरी बढ्यो ।
प्रियंका चोपडा पनि ग्लामरस छविका कारण चर्चाको शिखरमा रहिन । उनी अभिनित चलचित्र दोस्ताना र फेसन ब्यवसायिक रुपले सफल चलचित्रमा गनिए । उनलाई बलिउडस"ग सम्बन्धित केही वेभसाइटले वर्षै सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा रेटिङ गरेका छन् ।
इटीसी टिभीले गरेको टप फाइभको र्सर्वेक्षणमा उत्कृष्ट पा"च निर्देशकहरू अब्बास तायरवाला
-जाने तु ए जाने ना), अनिष वाजमी -सिंग इज किंग), अब्बास मस्तान -रेस), ए.आर. मर्ुगादोस -गजिनी) र आशुतोष गोवारेकर -जोधा अकबर) परेका छन् । पा"च उत्कृष्ट अभिनेतामा शाहरूख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशन र अजय देवगनको नाम परेको छ । यसैगरी सर्वोत्कृष्ट पा"च अभिनेत्रीमा करनिा कपुर, कैटरिना कैफ, प्रियंका चोपडा, ऐश्वर्या राय र दीपिका पादुकोणलाई अगाडि सारिएको छ ।
चर्चाको बलिउड दुनिया"मा आमिर खान, अक्षयकुमार, कैटरिना र्कैफ, सलमान खान, शाहरूख खान, प्रियंका चोपडा भए पनि टु डी मुभीले भने निकै फरक समीक्षा र्सार्वजनिक गरेको छ । उक्त वेभले प्रकाशित गरेको सन् २००८ का चर्चित कलाकारहरूको गत वर्षबलिउडको नम्बर अभिनेत्री भने प्रियंका चोपडा बनिन् । दोस्तना र फेसनमा दमदार अभिनयबाट उनलाई वर्षै उत्कृष्ट नायिका भएको बताइएको छ ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers