Wednesday, January 14, 2009

पशुपतिमा पुजारी विवाद


-जनक तिमिल्सिना
हिन्दूहरुको प्रमुख तीर्थस्थल पशुपतिनाथमा नया पूजारीहरुको नियुक्तिसगै विवाद चर्किएको छ । माओवादी नेतृत्वको सरकारले पुरानो दक्षिण भारतका मूल पूजारी हुने २ सय ६१ वर्षपुरानो चलनको क्रमभंग गर्दै नेपाली पूजारी नियुक्त गरेपछि पशुपति क्षेत्र तनावग्रस्त छ ।

पुरानै पुजारीबाट काम चलाउनु भनी पुस १७ गते सर्वोच्च अदालतले जारी गरेको आदेशको अवज्ञा गर्दै पशुपति विकास कोषले पूजारी नियुक्त गरेपछि विवाद झन चुलिएको छ । पूजारी नियुक्तिलाई माओवादीले विगत लामो समयदेखि सड्कमा उठाइएको मागको सम्बोधन गर्नुका साथै राष्ट्रियतालाई बल पुर्‍याएको पनि बताएको छ । पशुपति क्षेत्रमा भारतीय मूलका पूजारीको नियुक्ति मल्लकालीन राजाको सयमदेखि प्रचलनमा ल्याइएको जनश्रुति छ ।

माओवादीका गोपाल किरा"ती संस्कृति मन्त्री भएलगतै पशुपति विकास कोषको सदस्य सचिवमा परमानन्द शाक्यको नियुक्तिस"गै आफूलाई काम गर्न अप्ठयारो परेेको भन्दै भारतीय मूलका मुख्य पूजारी ४० वर्षीय श्रीमहावलेश्वर भट्टले गत कात्तिक ९ गते, उत्तर मुहारका पुजारी श्रीकृष्ण योग भट्टले गत भदौ ६ गते र श्रीवासुकीनाथका पुजारी केपी रामचन्द्र भट्टले गत असोज ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीमाना पेश गरेका थिए । त्यसपछि पुस १३ गते सरकारले पशुपति क्षेत्रको मुख्य पूजारीमा नुवाकोटका डा. बिष्णुप्रसाद दाहाल र बासुकी नाथका पूजारीमा सिन्धुपाल्चोकका शाल्रि्राम ढकाललाई नियुक्त गरेको थियो ।

नया" पूजारीहरुको नियुक्तिसगै १७ गते विहान पशुपतिनाथको नित्य पूजा नै अवरुद्ध भयो । मूल पूजारीको सहयोगीका रुपमा रहेका भण्डारीहरुले पशुपतिको चारै ढोकामा लगाएको ताल्चाको साचो विधिसम्मत ढंगबाट पूजारीहरुको नियुक्त नभएको भन्दै नदिएपछि दिउसो ताल्चा काटेर नवनियुक्त पूजारीहरुलाई मन्दिरमा प्रवेश गराइयो । ताल्चा काटेर पशुपतिमा पुजारीहरु प्रवेश गराइएको यो पहिलो पटक हो । पशुपतिमा पूजाआजा अवरुद्ध भएको चार दिन पुगेको छ । असन्तुष्ट पक्षले पशुपति क्षेत्रमा आन्दोलन पनि जारी राखेको छ ।

पशुपतीको मूल पूजारीमा नवनियुक्त पूजारीहरुको विवादले राजनीतिक रुप धारण गर्दै गएको छ । पूजारीको नियुक्तिको विषयलाई लिएर नागरकि हैसियतमा नागार्जुनमा जीवन विताइरहेका राजा ज्ञानेन्द्रले पहिलोपल्ट मुख खोले । उनले आफ्नो पूव संवाद सचिवमार्फ आफ्नो विचारहरु पत्रकार मार्फ र्सार्वजनिक गरे । तर, उनले कुन कुन पत्रकारलाई कसरी भेटे भन्ने कुरा बताइएको छैन् । ज्ञानेन्द्रले भनेका छन्-"बहुसंख्य नेपाली तथा विश्वका हिन्दूको आस्थाको प्रतीक पशुपतिनाथलाई राजनीतिक विवादभन्दा माथि राख्न म नेपाल सरकार, समस्त श्रद्धालु र सम्बन्धित सबै पक्षसग हार्दिक अनुरोध गर्न चाहन्छु । शताब्दियौदेखिको धार्मिक र सामाजिक सद्भावको उदाहरण बन्दै नेपालले विश्वलाई प्रेरणाको सन्देश दिदैं आएको छ, त्यो छवि नधमिल्योस् भनी सदैव प्रत्यनशील रहनु आवश्यक छ ।"
ज्ञानेन्द्रपछि नेपाली कांग्रेसले पनि पुजारी नियुक्ति अप्रजातान्त्रिक र पुराना मूल्य, मान्यता, संस्कृति र परम्परामाथिको धावा भन्दै विरोध गररिहेको छ । उसले पशुपतिमा मुख्य पूजारी नियुक्तिमा राजनीतिकरण भएको पनि बताएको छ । यता सत्ता साझेदार घटक नेकपा (एमाले) ले पनि उक्त नियुक्ति प्रकरणमा विरोध जनाएको छ ।

यसैगरी पुस २० गते पूजारी नियुक्तिमा परम्परागत धर्म, संस्कृति संरक्षण समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई माओवादी कार्यकर्ताहरुले बिथोलिदिएका छन् । सम्मेलन विथोल्ने क्रममा १० जनाभन्दा बढी घाइते भए । पूजारीहरुको नियुक्तिको विवादका कारण भारतको समाजवादी पार्टी अध्यक्ष मुलायमसिंह यादव र महासचिव अमरसिंहले पशुपतिको आफ्नो दर्शनयात्रालाई नै स्थगित गरे ।

उता मन्त्री गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा पुजारीको राजिनामा स्वीकृतिसगै नयाको नियुक्ति प्रक्रिया र विषय सामान्य रहेको तर यसलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन् । 'पशुपति क्षेत्र विकासको नया" सुधारको पक्षमा राष्ट्रिय जागरण यात्रा-१' को प्रारम्भ गर्दै किरातीले पशुपतिनाथ मन्दिरमा लगाइएको ताला काट्ने आदेश दिएर भएपनि नित्य पूजालाई निरन्तरता दिइएको बताए । उनले भनेका छन्- पुराना पुजारीले राजिनामा दिएपछि राजनीतिकरण गर्ने काम सुरु भएको र शान्ति खल्बल्याउने आशङ्का बढेको छ । कोषले चालेको नया सुधारको कदमप्रति अत्यधिक जनताको र्समर्थन छ । कोषको नया" कदमबाट उत्पन्न भ्रम चिर्न र शान्ति स्थापित गर्न जागरण यात्रा गरएिको हो । आगामी माघ ७ गते चक्रपथभरी तीनदिने यस्तै यात्रा गरिनेछ ।
-यो समाचार यूरोपको नेपालीपत्रको जनवरी ७ को अंकमा प्रकाशित भैसकेको छ ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers