Tuesday, February 17, 2009

अनलाइन मायालु

  • उनको आँगनमा गुलाफको मङ्गगो डालीमा प्रज्ञानको माया फुलिसकेको होला । प्रज्ञानको सम्झना यो रातो गुलाफ जो प्रेमको प्रतीक मानिन्छ हेर्दै र सुम्सुम्याउदै जतनसाथ स्याहारे राखेकी होलिन् उनले । हिमाली देशको काठमाडौँ शहरको सानो आगनमा प्रज्ञान पनि त्यही मुलायम र सुन्दर गुलाफमा पर्खाइमा छन् । जहाँ उनीहरुको प्रेमजीवन त्यो रातो गुलाफमा फुलेको छ ।

तिमीसँग जिउने इच्छा छ
सक्ने भए समुद्रलाई नाघेर अहिल्यै आउँथे
एक्लै छु यहाँ तर सोचिन यस्तो कहिल्यै
हरेक रात जँनभित्र तिमीलाई नै देख्छु
त्रि्रो लागि जीवनभर पर्खी बस्न सक्छु ।

यी कविताका हरफ कुनै कविले बहकिएर आफ्ना भावना कवितामा पोखेका होइनन् न त केवल साहित्यका ठेलीमा अटाउने हरफहरु हुन् यी । यी त ती प्रेमिका अमिट कोसेलीहरु हुन्, जसको वियोगमा एक नेपाली युवा प्रेम दिवसको पूर्वसन्ध्यामा सम्झनाले विक्षिप्त भएका छन् । कम्प्युटरको स्क्रीनमा चियाइरहेका छन् यस्तै कविताहरु जो उनको प्रेमीले उनलाई सात समुद्रपारिबाट कोरेकी थिइन् । मायाका सौगात चियाउँदै सुरु हुने उनको दैनिकी हरेक पोर्टलहरुको अप्रेशनमै बितिरहेको छ ।

यी केही महिनाहरुमै उनले लाखौं पोर्टलहरु र्सच गरीसके । भ्यालेन्टाइन नजिकिदै गर्दा उनको र्सच अप्रेशन तीव्र बनेको छ इन्डोनेसियाकी आफ्नी प्रेमिकाको खोजीमा । समुद्रपारिकी आफ्नी मायालु विद्याका यस्तै नयाँ प्रेम र मायाका सौगातहरुको पर्खाइमा छन् उनी । तर, कसले पठाइदेओस् उनका लागि भ्यालेन्टाइनको रंगीन गुलाफ र मायाका थुपै्र कोसेलीहरु । अनि कसले लेखोस् मायाप्रेम बोल्ने यी हरफहरु । कविता र गीतहरु ।

जीवनसँगै जिउने, समुद्रलाई नाघेर आउने, जँनभित्र आफ्नो मायालुलाई पाउने ती विद्या कसरी हराइहोलिन् प्रज्ञानको जीवनबाट - सायद पक्कै उनी जँनभित्र अझै प्रज्ञानलाई देखिरहेकी छन् । उनी अझै यस्तै सुन्दर हरफहरु प्रज्ञानको सम्झनामा बुन्दै होलिन् । इमेलमा उनलाई म्यासेज टाइप गर्दै होलिन् । र, भ्वाइस च्याटको लागि हेडफोनको जोहो गर्दै होलिन् प्रणय दिवसको यो रंगीन समयमा । प्रणय दिवसका लागि उनको तयारी व्यग्र बनेको होला । उनको आँगनमा गुलाफको मङ्गगो डालीमा प्रज्ञानको माया फुलिसकेको होला । प्रज्ञानको सम्झना यो रातो गुलाफ जो प्रेमको प्रतीक मानिन्छ हेर्दै र सुम्सुम्याउदै जतनसाथ स्याहारे राखेकी होलिन् उनले । हिमाली देशको काठमाडौँ शहरको सानो आगनमा प्रज्ञान पनि त्यही मुलायम र सुन्दर गुलाफमा पर्खाइमा छन् । जहाँ उनीहरुको प्रेमजीवन त्यो रातो गुलाफमा फुलेको छ ।

धेरैलाई कथाजस्तै लाग्ला निराशता र खिन्नताको दोसाँधमा रहेका काठमाडौका प्रज्ञान पौडेलको अनलाइन प्रेम कहानी । गुगल र्सचमा वनविनास सम्बन्धी सामग्री खोजिरहेका बेला उनले एउटा लेखको कुनामा कसैको इमेल ठेगाना भेटे । नेपाली युवाहरुले त्यतिबेला इन्टरनेटसम्बन्धी जानिसकेका थिएनन् । उनमा कौतुहल जाग्यो र त्यसलाई टिपेर आफ्नो ठेगानमा सेभ गरे । जो थिइन् इन्डानेसियाको योग्यकर्ताकी विद्या रत्ननिन्ग्रुम ।
मार्स्र्टस पढ्दै गरेका नेपाली युवा प्रज्ञान र मार्स्र्टस पढ्दै गरेकी विद्याबीच शुरुका अनलाइन कुराकानी एजुकुशनमै केन्द्रित रहे । प्रज्ञान सम्झन्छन्- 'तीन महिनापछि उनीहरुको साथीको सम्बन्ध प्रेमिकाका रुपमा विकास भयो ।' अनलाइन साथीको सम्बन्ध अनलाइन प्रेमिकाको रुपमा विकास हुन उनले करिब २० दिन लामो विछोडको सामना गर्नुपर्यो । उनका ती २० दिन निकै निराशामा बिते । के विद्यालाई पनि त्यस्तै भयो होला - आफ्नी प्रेमिकाबारे सम्झदै प्रज्ञान भन्छन्- 'ती २० दिनमा उनले धेरै कविताहरु कोरिसकेकी थिइन् । विछोडका वेदना बोल्थे उनका शब्दहरु ।' विद्याका कविताहरु कसरी बोल्थे त विछोडको वेदना ।

तिमी भन्दा धेरै टाढा
म मेरा सपनाहरुमा पेन्टिङ गर्दैछु
टाढा भए के भो त
मौनतामा कुरा गर्छु तिमीसँग
संकल्प देउ मेरो सपनाको पेन्टिङले
त्रि्रै बाटो कुरिरहेछु ।
यी २० दिन जुन दिनहरुमा इन्डोनेसियाको वनमा लागेको डढेलोको कारण उनकी प्रेमिका उनीसँग माया साट्न इन्टरनेटको पहुँचसम्म पुग्न सकिनन् । उनी रिर्सचका लागि सरकारले गठन गरेको टोलीमा संलग्न भएपछि डढेलोग्रस्त क्षेत्रमा पुगिन् । रिर्सचमा रहेका कारण नै लामो बिछोड भएको थियो । उनले जंगलमा आगलागीका कविता कोरिनन् त्यहाँ पनि आफ्ना प्रेमी र आफ्नो मायाका हरफहरु बुनिन् ।
सायद उनले आफ्नो प्रेमी प्रज्ञान जो उनी भन्दा निकै वर थिए । नजर र आवाजले नभ्याउने ठाउँमा थिए । साची राखेको माया त्यही पुर्याउने हरफहरु थिए ती । जो तिनै हरफहरु आज प्रज्ञानका लागि मायाको पीडा पोख्ने हरफ बनेका छन् । दुइवटा भ्यालेन्टाइनका मनाइसकेको यो अनलाइन प्रेम जोडीको विछोड भएको आज भ्यालेन्टाइनमा एक वर्षपुग्दैछ । नजिकिदै गरेको भ्यालेन्टाइन अब उनका लागि रंगीन बन्नेछैन । उनले आफ्नो प्रेमिका त्यही पोर्टलको संसारका हराइसकेका छन् । सयौँ मेलहरु गरिसकेका प्रज्ञानका ती सयौ मेललाई उनकी प्रेमिकाले भेटिसकेकी छैनन् । करिब एक वर्षम्म पनि कुनै रिप्लाई प्राप्त भएको छैन ।

दुइ भ्यालेन्टाइन अनलाइनमा मनाएका प्रज्ञानसँग यो भ्यालेन्टाइनलाई रंगीन बनाउने योजनाहरु थिए । अझै उनको सामाजिक सञ्जाल फेसबुकमा तिनै इन्डोनेसियाली प्रेमिकाका तस्वीरहरु छन् । भेट हुने र प्रणय दिवसको शुभकामना साट्ने आशा अझै मरेको छैन उनको । फेसबुकमार्फ उनी आफ्नी प्रेमिकासँग नाम र थर मिल्ने शब्दहरु र्सच गरिरहेका छन् । किबोर्डले पारि-पारि समुद्रपारिका अन्य युवतीहरुसँग आफ्नी प्रेमिकाबारे सोधखोज गरिरहेका छन् । तर आफ्नी प्रेमिकाको कुनै खबर नपाउँदा उनी हतास र निराश छन् । विद्यासँग इन्टरनेट सञ्जालले गाँसिदिएको उनको प्रेम तेस्रो भ्यालेन्टाइनको केही महिनाअघि सकिएको छ । तर, उनी आफ्नो प्रेम अझै नसकिएको आफँले विद्यालाई भेट्ने विश्वासमा छन् । भौगोलिक दँरीले अटुट मायाले भरिएको मुटु साट्ने उनीहरुको धोको पँरा हुन सकेन । उनीहरुको प्रेम थियो त केवल भावना र रक्तकेशिकाहरुमा थियो । भौतिकरुपमा उनीहरु एकअर्काबाट निकै परै थिए । जीवन सँगै जीउने कुरामा पनि उनीहरुबीच सहमति बनिसकेको थियो यो इन्टरनेटको जालमार्फ । सायद एकाध वर्षै उनीहरु भेट्ने योजनामा थिए । भौगोलिक कारणले नै आफ्नो प्रेमिकासँग बिछोड भएको बताउने प्रज्ञानलाई उनकी प्रेमिकाले कोरेका यी हरफहरु भने झस्काइरहन्छन् ः

भौगोलिक दूरी
हो सपनाको पदचाप पछ्याउन गाह्रो हुन्छ
तैपनि सपनालाई लत्याउन सकिदैन
देखिरहेछु म, देख्दै जाऊ तिमी पनि
त्यो दिन अवश्य आउनेछ
जुन दिन तिमी र म
एकअर्काको आँखामा हुनेछौँ ।

हरफहरु नियाल्दै आशाको सानो तान्द्रोमा आफ्नो विश्वासलाई उनेर परको वगैचाको जोडीजस्तै कल्पना गर्न थाल्छन् प्रज्ञान । आफु पनि डेटिङ्गमा हिड्ने र पहिलो चोटीमा चुम्बनको चकलेटी स्वाद लिने । आफ्नो परदेशी प्रेमिकालाई राता गुलाफहरुले सिगार्ने, मायालुको काखमा लुटुपुटु हुने कल्पना पनि छ । प्रेमको स्वाद चाख्न लालायित प्रज्ञान मात्र होइन, उनकी प्रेमिका पनि तड्पिरहेकी होलिन् उनको अभावमा सायद । तर, कसरी थाहा पाउने पारी-पारी समुन्द्रपारिको अवस्था ।

देख्दै नदेखेर अनलाइनबाटै एकअर्काको मायालु बनेका प्रज्ञान र विद्याको जीवन अनलाइनबाटै प्रेमको शुरुवात गरेर र जीवनभरिकै साथी बनेको नेपाली सिनेमा सानो संसारका पात्र रवि र ऋतुको जस्तो आनन्ददायक बनेन । सानो संसारको कथामा झै फेरि अन्तिम समयमा उनकी प्रेमिका विद्या पनि ऋतुजस्तै अचानक फर्केर आइन् र उनीसँग टाँसिएन भने यो झनै सानो संसार बन्नेछ । जहाँ पोखरा र काठमाडौँको कथा मात्र हुनेछैन । कथा हुनेछ समुद्रपारिको इन्डोनिसिया र हिमालको काख नेपालको ।

-जनक तिमिल्सिना

2 comments:

मिलन said...

लेख राम्रो लाग्यो...

timilsinajanak@meroblog said...

thanks sir.

About Me

Blog Archive

Followers