Sunday, September 6, 2009

जाभा, कफी र मायालु


बीबीसी वल्र्ड न्यूज एकहोरो घन्किरहेको छ । फरक-फरक स्वादका कफीहरुले सबै टेबल अगाडि छन् । प्र्रेमिका नशालु आँखा, स्पर्श अनि कफीको स्वादअगाडि विश्वकै शक्तिशाली नेता बाराक ओबामाले मध्यपूर्वको देशहरुमा गरेको भाषणको कुनै तुक छैन । सोफामा पल्टिदै लिइने कफीको चुस्कीको स्वादको आन्नद नै बेग्लै । आइस कफी कसैले अडर गर्‍यो अनि मैले पनि भने आइस कफी । एकैछिनमा वियर र वाइनजस्तै आइस कफीको गिलास टेबलमा आइपुग्यो । दात ठन्काउने कफीको चुस्की हपहपी ठमेलको गर्मीमा अमृत नै मान्नुपर्छ । कफीको चुस्कीसँगै आँखाहरु अन्यत्र दौडन थाले ।

पंखा विस्तारै आफ्नो गतिमा एकहोरो हावा फालिरहेको छ । टेबलमा चुस्कीको स्वादमा मेरो कपालमा रौं हरु पनि रमाइरहेका छन् । तर, उनीहरु किन यसरी रमाइरहेका छन् त्यो बुझ्न त गाह्रो नै छ । सायद, गर्मी हटाउने हावाको स्पर्श पाएर पनि होला । आँखा एकैछिनमा सबैतिरको सयर गर्छन । आ-आफ्नो धुनमा मस्त छन् सबै । कसैले मायालुलाई अंगालोमा बेस्सरी कसेका छन् । कोही ल्याटपमा वाई फाइको प्रयोग गर्दै च्याट गर्दैछन् । कोही बिजनेश, कोही आफ्नो भाबी लाईफबारे पनि योजना बुनिरहेका छन् । मन्द स्वरमा यस्तै यस्तै कुराहरु सुन्न पाइन्छ । कोही फोन मार्फत र कोही इन्टरनेट मार्फत आफ्नी प्रेमिकालाई मिस गरिरहेका छन् । कसैले नजिकैबाट फोन गर्‍यो ओ डियर भोली म यूके जादैछु जाभामा मसँग आजभएपनि कफी खान आउ । तर उनको प्रेमिकाले के जवाफ दिइन त्यो भने सुन्न पाइन । उनी गम्भीर बने र भने तिमीलाई मेरो भन्दा पनि धेरै माया लाग्छ र दिदी भिनाजुको उनको भनाइबाट के बुझिन्थ्यो भने उनको प्रेमिकाले उनको प्रस्तावलाई अस्वीकार गरिदिइन । तर, मैले यति सुने कि सुभ यात्रा ।

यो एउटा मात्र दृश्य थियो त्यहाँको यस्ता कैयौ दृश्यहरु देख्न सकिन्थ्यो त्यहाँ । कोही फोन मार्फत आफ्नो प्रेमिकालाई पर्खिराखेको म्यासेज गर्छन । कोही कफीको लागि मायालुलाई इन्भाइट गदैछन् । मन भन्दै छ त पनि तेरो मायालुलाई बोला अनि एउटै गिलासको कफीको पालैपालो चुस्की लेउ तर म भिन्न परिवेशमा थिए । मेरो मायालु म बाट धेरै टाढा थिइन । केवल हावा र अप्टीकल फाइबरको सहायताले मात्र उनीसँग मेरो भेटघाट हुन्थ्यो । मैले आफ्नो ल्यापटप खोले र हेरे इनबक्समा एउटा अफ लाइन सन्देश थियो । म आराम छु तिमी कस्तो छौ । कफी हाउस, लन्च र डिनरको लागि तिमी आजभोली को सँग छिर्छौ । उनी र म केही महिना अगाडि कलेजको क्यान्टिनदेखि क्याफे, कफी हाउस डिनर र लन्च मात्र होइन सिनेमा हलहरुसम्मसँगै पुग्थ्यौ । त्यो बेला अहिलेजस्तो मैले कहिल्यै अर्कोको जोडी अंगालोमा कसिएको हेरेको थिएन । न त चकलेटी स्वादमा चुम्बन नै साटेको । तर, समय नितान्त बदलिएको छ मेरो मायालु मेरो अंगालोमा छैन । मैले पनि अरु जस्तै चुम्बनको चकलेटी स्वाद लिन सकेको छैन । समय कति निष्ठुर छ हेर्दा हुर्दै ।

हपहपी गर्मीको बिचमा चिसो आइसको चुस्की लिन्छु र फेरि नजर यताउता डुलाउँछु अनि कल्पना गर्छु फेरि विगत । दृश्य निकै नजिक आउँछ अंगालोमा मैले उनलाई राखेको छु । उनी अर्थात मेरो समष्टी । कसैले बोलायो नानु समीष्ट अनि म कफीको वास्ता नगरी निन्द्राबाट ब्यूझे झै हुन्छु । यताउता हेर्छु तर कोही अर्को नै छिर्छ र क्याफेमा आफ्नो मायालुको कफी गिलासको साथी बन्छ । कसैले भन्यो यो प्रेम भन्ने चिज नै यस्तै रहेछ । मैले मनमनै सही थापे हो यस्तै रहेछ ।
मुस्कानमा कसैले आफ्नो मायालुको गाला सुम्सुम्यो अनि भन्यो नटी ब्वाइ । फेरि मन उनै वितेका दिनतिर डुल्न थाल्यो । सम्झे नगरकोट, गोकर्ण, चोभार र धेरै हुदा धादिङ्ग र पोखरासम्मको दिनहरु । मलाई साथ दिनथीन मेरो मायालु । अगालोमा हात राख्न र गालामा म्वाइ खान सम्म भ्याउथिन र भन्थिन । नटी ब्वाइन माया लाग्दैन ।
तर, साच्चै मेरो समष्टी आज अचानका मेरो लागि प्रेम वाण भएको । ऊ मबाट धेरै टाढा-टाढा समुन्द्रपारी छ । कल्पना गर्छु हरेकपल्ट चाहे त्यो अफलाइन म्यासेज पढ्दा होस, चाहे अनलाइनमा भ्वाइस च्याट गर्दा हरेकपल्ट याद पूरानै दिनको आउँछ । अकस्मात भक्कानो फोरेर च्याटरुमको कुनोमै आँशु झार्छ समष्टी अनि म पनि त्यही साथ दिन्छु उसलाई ल्यापटपको कुनामा एकथोपा आशु पोखेर । सायद विज्ञानले यतिसम्म त गरिदिएको छ भावना र फिलिङ्गहरु त साट्न पाइन्छ । यदि यो पनि नभएको भए के हुन्थ्यो होला । मेरो र मेरो प्यारो समष्टीको जीवनमा कल्पना गर्छुमात्र तर यथार्थताको संसार नै फरक देख्छु ।

अनलाइनमा गफिदा पटक-पटक चुम्बन साटासाट हुन्छ हाम्रो । आइ ल यु शब्दको त कुरै छोडौ । हरेकपल्ट किवोर्डमा औला आइ लभ यु को बटनमै पुग्छ । त्यहीबाट शुरु र त्यही पुगेर अन्त हुन्छ । त्यो एउटै शब्द हो आइ लभ यु । हरेकपल्ट सिरानीमा ल्याटपटपमा म्यासेन्जर लगअन गरेर बस्छु पर्खाइमा । रातको १२ बजे होस वा विहानको ५ बजे हरपल्ट उसकै पर्खाइमा अनलाइनमा च्याटरुमको कुनोमा आफुलाई पर्खारहेको हुन्छ ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers