
रिताका अनुसार उनी हिन्दी फिल्मका अतिरिक्त अंग्रेजी र कोरियन फिल्महरुको समेत फ्यान हुन । भन्छिन्-'नेपालमा पनि अंग्रेजी र कोरियन फिल्म चल्ने हलहरुले राम्रै ब्यापार गर्न सक्थे तर हल नै छैनन् ।' उनको विचारमा हिन्दी फिल्मका दर्शकको जति घुइचो हुन्छ त्यति नै संख्या कोरियन र अंग्रेजी सिनेमा हेर्नेहरुको पनि छ ।
काठमाडौको सामाखुशीस्थित लिङ्कन कलेजका विद्यार्थी सन्दीप महर्जन भन्छन्-'राम्रो अंग्रेजी चलचित्र हेर्दा जति आन्नद आउँछ । त्यति आन्नद नेपाली सिनेमाले दिन सक्दैन् । विशेषगरी अंग्रेजी चलचित्रहरुमा रमाउने सन्दीप आफुले Leonardo de carpio र केन्ट विन्सलेट को टाइटानिक, लियोनार्दो कै द बास्केटबल डायरिज, आर्नलोदको अराउण्ड द वर्ल्ड इन ८० डेज र भोन डामीको स्ट्रीट फाइटरका दुवै सिरिज पाँचपटक भन्दा बढी हेरेको बताउँछन् । हिन्दी र नेपाली सिनेमा भने उनले अझसम्म हेरेका छैनन् । भन्छन्-'हिन्दी सिनेमामा कथाको बिचमा आउने गीत र नेपाली फिल्ममा स्तरीय साउण्ड र भिजुअल क्वालिटीका अभावका कारण मलाई हिन्दी र नेपाली सिनेमा मन पर्दैन ।' लिङकन कलेजकै अर्का विद्यार्थी रवि परिवारको विचार भने उनको भन्दा भिन्न छ । सिनेमाबारे रवि भन्छन्-'फिल्म भनेको समाजको ऐना हो । त्यसैले म प्राय सबै किसिमका फिल्म हेर्छु ।' फिल्म हल जान नरुचाउने रवि घरमा नै डिभिडीहरुको प्रयोग गरेर फिल्म हेर्छन । उनी आफुलाई फिल्मको किरो भन्न रुचाउछन् भन्छन्-'मलाई फिल्मको किरो भन्दा पनि हुन्छ । किनभने मैले अहिलेसम्म बजारमा उपलब्ध भएका प्रायजसो सबै फिल्महरु हेरेको छु ।' उनले ब्राड पीटको मिस्टर एण्ड मिसेज स्मिथ, जोन्नी

ललितपुरस्थित युनाइटेड कलेजका विद्यार्थी विजय लामा पनि फिल्मलाई टाइमपासको सबैभन्दा राम्रो माध्यम भएको बताउँछन् । भन्छन्-'फिल्म टाइमपासको लागि सबैभन्दा राम्रो माध्यम हो ।' उनी कमेडी र एक्सन प्रधान फिल्मका फ्यान हुन । विजय कमेडी र एक्सन फिल्म रिलिज हुने बितिकै फिल्म हल धाउँछन् । भन्छन्-'सिनेमा हलमा गएर फिल्म हेर्दा जुन आन्नद छ त्यो घरमै डिभिडी चलाएर हेर्दा प्राप्त गर्न सकिदैन । त्यसैले म पटक-पटक पिल्म हेर्न हल पुग्छु ।' राम्रो फिल्म भनेर नाम लिन नचाहने विजय अक्षयकुमार र प्रणेश रावलको हेरा फेरी भने जतिचोटी हेरेपनि हाँसो उठ्ने बताउँछन् । भन्छन्-'यो सिनेमाको बेजोड अभिनयले जति पटक हेर्दा पनि बोर लाग्दैन ।'
हिन्दी फिल्मका अलावा कोरियन फिल्म हेर्नेहरुको सख्या पनि ठुलै छ । द क्लासिक, माइ स्यासी गर्ल, माई टियुटोर पmाइन्ड, वीनस्ट्रक, टु वियुटीफुल टु लाइ र इन्भर्सल टार्गेटजस्ता कोरियन फिल्महरु नेपाली तन्नेरीहरुका मन पराइएका फिल्महरु हुन ।
हिन्दी, अंग्रेजी र कोरियन फिल्ममा नेपाली तन्नेरीहरु चुर्लुम्मै डुबेका छन् । काठमाडौको बसुन्धरास्थित सुरज अडियो भिडियो सेन्टरका संचालक रामकाजीका अनुसार धेरैजसो युवाहरु अंग्रेजी, हिन्दी र कोरियन चलचित्रका डिभिडीहरु किन्छन् । उनका अनुसा पछिल्लो समयमा लभ आजकल, कमिने र तेरेसँगजस्ता हिन्दी चलचित्र, एक्सन प्रधान अंग्रेजी चलचित्र र कोरियन लभस्टोरी भएका फिल्महरुप्रति युवाहरु आकषिर्त छन् । विगत १० वर्षदेखि सीडि, डिभिडीको ब्यापार गर्दै आइरहेका रामकाजी भन्छन्-'४० कटेका मानिसहरुमात्र नेपाली फिल्मका सिडी किन्न आउछन् । युवाहरु भने हिन्दी, अंग्रेजी र कोरियन फिल्म किन्छन् ।
हुनत नेपाली फिल्महरु कसैले नहेर्ने भन्ने होइन । नेपाली पिल्मका दर्शकहरु पनि उतिकै छन् । राजधानीको जमलस्थित विश्वज्योती हलमा भेटिएको फिल्म पारखी तन्नेरीहरुको भीडमा भेटिएकी मनिषा

धेरै दर्शकहरु लगानीको अभावले गर्दा नेपाली सिनेमा हेर्न दर्शकको संख्या घट्दै गएको बताउछन् । तापनि समान प्रस्तुती शैली, कथावस्तुमा रहेको गोलचक्कर, पूरानो प्रविधीजस्ता कुराहरुले पनि नेपाली चलचित्रका दर्शकहरु घटेका हुन । फरक स्वादका चलचित्र निर्माण भए यसले राम्र्रै दर्शक तान्न सक्ने कुरा सानो संसार र कागबेनीजस्ता फरक प्रस्तुती र फरक स्वाद चलचित्रहरुले पुष्टि गरिसकेका छन् । यी फिल्महरुले ठुला शहरका हिन्दी र अंग्रेजी सिनेमा दर्शकहरुलाई पनि तानेका थिए । यसबाट के स्पष्ट हुन्छ भने नेपाली दर्शकहरुले नयाँपन खोजिरहेका छन् । क्वेस्ट इन्टरटेनमेन्ट अन्तर्गत जय नेपाल हलका बुकिङ्ग सुपरभाइजर मञ्जु गुरुङ्गका अनुसार कुमारी र जय नेपाल हलका ९० प्रतिशत दर्शकहरु युवा तन्नेरीहरु नै हुन । उनका अनुसार नेपाली युवाहरु बिशेषगरी पारिवारीक, कमेडी, लभ स्टोरी र एक्सन प्रधान चलचित्रप्रति बढी आकषिर्त छन् ।
दर्शकहरुको बाक्लो उपस्थिती रहने कुमारी र जय नेपाल हलमा नेपाली सिनेमाहरु भने चलाइदैन । मञ्जुका अनुसार-'टिपीकल नेपाली फिल्म हेर्न चाहने हाम्रो हलको टिकट रेट धेरै छ । जसका कारण नेपाली फिल्म हेर्न आउने दर्शक हत्तपत्त हाम्रो हलमा आउदैनन् । त्यसैले हामी सेलेक्टेड नेपाली फिल्म बाहेक अरु देखाउदैनौं ।' जे भएपनि नेपाली बजारमा स्वदेशी सिनेमा रुचाउनेहरु भन्दा विदेशी सिनेमा रुचाउने युवाहरुको जमात बढी छ ।
-संजीव गिरी
No comments:
Post a Comment