मैले कलमले डायरीमा सूर्योदयको सुन्दरता, संगीतको ताल र कम्मरको मर्काइलाई शब्दहरुमा उनीरहें र क्यामराको क्यान्भासमा कैद गरिरहेँ ।
-राजीव आचार्य
संधैजसो 'कलेज ड्रेस' मा देखिने साथीसंगीहरु 'आउट डे्रस' मा सजिएका थिए । सबैजना 'हयापी मूड' मा थिए । अनुहारमा गुलावी चमक अनि ओठमा हिमालको जस्तो मुस्कान । कोही सेल फोनमा कुरा गरिहेका थिए कोही भने ''सबै साथीहरु कतिबेला भेला हुन्छन् ?'' भनेर प्रश्न गरिरहेका थिए । कोहीचाहिं आˆनै साथीको 'लुक' को बारेमा चर्चा गरिरहेका थिए, '' यू लुक सो क्युट ।'' कलेज अगाडिको 'मेन रोड' मा उभिएर एकआपसमा कुराकानी गरिहेका थिए, उनीहरु । त्यहाँको परिवेशलाई नियाल्दा साथीहरु बिजुली वेगमा नगरकोट पुग्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा थिए भन्ने अनुमान लाउन गाह्रो थिएन ।
प्रसंगको हो-मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थी साथीहरुले नगरकोटमा वनभोजको । वनभोजमा ६० जनाभन्दा बढी साथीहरु सहभागी भएका थियौँ । मंसिर २० गतेको विहान साढे ६ बजेको मिर्मिरे उज्यालोमै हाम्रो बस कलेजबाट नगरकोटतर्फ हुइँकिदै थियो । चिसो हावासँग सुसेली खेल्दै हामी २ घण्टाको यात्रापछि रमणीय स्थान नगरकोट पुग्छौ । बस काठमाडौंबाट पूर्वतिर हुइँकिंदै गर्दा यात्रारत साथीहरुले नाच्ने र गाउने गरेर रमाइलोका लागि खाता खोलिसकेका थिए । साथीहरुले जिन्दगीका घुम्तीहरु प्ाार गरिरहेका बखत हाम्रो बसले पनि नगरकोटको घुम्तीहरु पार गर्दै थियो । घुम्तीमा बस मोडिदा नाच्दै गरेका साथीहरु कमिलाको गोलाभै+m एकै ठाउँ सोहोरिन पुग्थे । तर पनि उनीहरु नाच्न छाड्दैनथे ।
नगरकोट पुगेपछि काठमाडौँको कोलाहलबाट मुक्त हुनुको आनन्दको त बेग्लै थियो नै । त्यससँगै रेकर्डेड संगीतमा गाउँदै र नाँच्दै गरेका साथीहरुको भीडको उल्लासको मज्जा पनि बेग्लै थियो । विहानपख भएकोले नगरकोटको टावरमा चढेर विहानीको सूर्योदयलाई हेर्नेहरुको पनि भीड थियो । 'टावर' बाट टाढा-टाढाका बस्ती र हिमालहरुको सुन्दरतम् दृश्यहरु अवलोकन गरेर आनन्द लिन सकिन्थ्यो । साथीहरुको रंगीविरंगी पहिरन सजिएका थिए । उनीहरुको ओंठमा मुस्कान फक्रिरहेका थिए ।
नगरकोटमा पुगेपछि हाम्रो वनभोजको टोली तीनभागमा विभाजन भयो । एउटा नगरकोटको टावरबाट प्राकृतिक रमणीयता नियाल्न थाल्यो । अर्को टोली संगीत र नृत्य व्यस्त रह्यो भने तेस्रो टोलीले खानेकुरा पकाउनमा आफूलाई व्यस्त बनायो । आफ्नो रुचिको रंगमा प्राकृतिक रमणीयताको रुचिलाई 'फ्युजन' गर्दै गरिने कामको आनन्द नै बेग्लै थियो । मदन भण्डारी मेमोरियलका लेक्चररहरु यमबहादुर दुरा, देवेन्द्र कार्की र नवराज दुन्गेलाको सहभागिताले त्यहाँको रमाइलो वातावरणमा थप बान्की थप्ने काम गर्यो । तीनजना सरहरुले अगुवाइ गरिरहनुभएकाले वनभोज निकै व्यवस्थित बन्यो । सरहरुसँगको रमाइलो कुराकानीबाट धेरै ज्ञानहरु प्राप्त गर्न सकियो । यस पिकनिकले हामीलाई शिक्षकहरुसँग घुलमिल हुन र रमाइलो गर्नुमा थप सहयोग गर्यो । सरहरु पनि हामीसँग नै हात मिलाएर नाँचिरहनु भएका दृश्यहरु निकै रोचक देखिन्थे । पसिना, धुलो र घामको प्रवाह नगरी दिनभर निरन्तर हामी संगीतको तालमा रमाइरहयौं ।
पत्रकारिताको विद्यार्थी भएको नाताले यसलाई कुनै संस्मरणको रुपमा उतार्न मेरो अन्तरमनले मलाई निकै झक्झक्याइरहेको थियो । यसअनुरुप मैले कलमले डायरीमा सूर्योदयको सुन्दरता, संगीतको ताल र कम्मरको मर्काइलाई शब्दहरुमा उनीरहें र क्यामराको क्यान्भासमा कैद गरिरहेँ ।
मैले त्यहाँ बिताइएका क्षणहरुलाई एउटा रिपोर्टरले जस्तै चनाखो बनेर अवलोकन गरे । कसले के गर्दैछ र कहाँ के हुँदैछ ? भन्ने कुरामा म निकै सर्तक थिएँ ।
दिनभरजसो 'म्युजिक सिस्टम' ले आराम पाएन । संगीतको तालमा नाच्ने बेलामा साथीहरु भनिरहेका थिए, "यो गीत भएन । अर्को गीत बजाउनुपर्यो ।" यसले सांगीतिक माहोलमा विविधता थप्ने काम गरिहेको थियो । क्यामरामा आफ्नो तस्बिर कैद गरेर सम्झनालाई जीवित बनाउने कुराहरुमा पनि कोही पछि परेका थिएनन् । साथीहरुसँग अँगालो मार्दै 'पोज' दिनेहरुको कमी कुनै थिएन । प्राकृतिक सौन्दर्यलाई आफूसँगै तस्बिरमा कैद गर्न पनि सबैलाई हतारो थियो । कोही सरहरुसँग तस्बिर खिचाउँदै थिए । धेरैको धोको थियो डिजिटल प्रविधिको सहायताले आफ्नो सम्झनालाई विश्वव्यापीकरण गर्ने । यस प्रयोजनका लागि कसैले हाई-५, कसैले फेसबुक त कसैले माइस्पेसको सहायता लिने बताइरहेका थिए ।
निलो आकाशमा उत्तरतिर सेताम्य हिमाल लहर मिलाएर हाँसिरहेको देखिन्थ्यो । यसले वातावरणमा बेग्लै मादकता थपिरहेको थियो । विद्यार्थीहरु त्यही लहरमा सरहरुको सहायतामा रंग भरिरहेका देखिन्थे । हाँसोको फोहोरा एकसाथ क्षितिजमा गुन्जायमान हुन्थ्यो । यी क्षणहरुलाई शब्दमा उतार्न गाह्रो छ ।
हिमाली श्रृखला हेर्दा धेरै साथीहरुका कौतुहलता थियो नम्रताले टल्किरहेको हिमाल देख्ने बितिकै भनिन्,"आहा कति राम्रो हिमाल हगि । कति चिसो हावा । कति राम्रो ठाउ हगि ।" नजिकै रहेकी शिवानी भट्टराईले प्रश्न गरिहालिन्, "तिमीले आजसम्म यस्तो देखेको थिएनौ ?" "अँह देखेको थिइन । हाम्रो चितवनमा त यस्तो छैन ।" नम्रता अधिकारीले जवाफ फर्काइन् । यस्ता धेरै संवादहरु सुन्न सकिन्थ्यो, त्यहाँ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरु यस्तै किसिमका फरक-फरक अनुभूतिहरुसाटिरहेका थिए-समय र नगरकोटलाई साक्षी राखेर ।
मन मिल्ने साथीहरुको जोडी बनेर हातमा हात मिलाउँदै नाच्नेहरुको कमी थिएन । शिवानी र नम्रताले पटक-पटक हात समाएर नाचे । मैले पनि यस क्षणलाई गुमाउन चाहिन । त्यसैले म पनि नाच्नेहरुको भीडमा मिसिएँ । अनि जानीनजानी कम्मर मर्काउन थालें । उत्तम, धनञ्जय र रुपेशको जोडी पनि निकै रमाइरहेको थियो । अरु साथीहरुभन्दा अग्ला उत्तम शरीरलाई ठाउँ-ठाउँमा मर्काइरहेका थिए । क्लासमा निकै 'इन्टरएक्टिभ' ठहरिएका धनञ्जय बुढा पनि कम थिएनन् । नथाकुन्जेल नाचे, उनी । हाम्रो कक्षाकी जेहेन्दार साथी रोजिना भने पिकनिकमा त्यति सञ्चो नभएका कारण साथीहरुसँग त्यति रमाउन सकिनन् । तर पनि उनले साथीसंगीसँग नाच्ने मौका भने चुकाइनन् ।
हामीले २ बजेतिर खाना खायौँ । पेटमा खानेकुरा भरिएपछि रमाइलो गर्नतिर फेरि पनि जुट्यौं । थरी-थरीका नृत्यहरुले वातावरणलाई रोमाञ्चक बनाइरह्यो । बीच बीचमा छुट्ने हाँसोको पर्राले माहोलमा मोहनी थपिरहेको थियो । साथी धनञ्जय बुढाले गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'क्यारिकेचर' त साँच्चै सुन्दर थियो । उनको 'क्यारिकेचर' सुनेर साथीसंगीहरुले भरपूर मनोरञ्जन लिइरहेका थिए । प्रचण्ड बनेर उनले गरेको 'क्यारिकेचर' ले वास्तविक प्रचण्डको झल्को दिन्थ्यो । त्यतिबेला प्रचण्डरुपी धनञ्जयलाई दमदार प्रश्न गरेर पत्रकारको भूमिका निर्वाह गर्ने सुजन पन्तको क्षमता पनि प्रशंसा गर्न लायकको थियो ।
रमाइलोमा भुल्दाभुल्दै दिन ढल्न लागेको पत्तै भएन । घाम पश्चिमी क्षितिजलाई भेट्न हतारिंदै थियो । हामी काठमाडौं र्फकने तयारी गर्दै थियौं । साँढे चार बजेतिर हाम्रो गाडी नगरकोटबाट ओरालो र्झन थाल्यो । गाडीमा बजेका गीत र साथीसंगीको रमाइलो हान्साएथत्ताले हाम्रो फिर्ती यात्रामा रौनक थप्दै थियो । हाम्रो गाडी जति जति काठमाडौंतिर हुइँकिंदै थियो, त्यति त्यति रमाइला पलहरु घट्दै थिए । गाडी काठमाडौँ आइपुग्यो । हामी काठमाडौं आइपुग्दा साँझ जवान बन्दै थियो । साथीहरु क्रमश आ-आˆनो गन्तव्यतिर लाग्न थाले । गाडी विस्तारै रित्तिदै गयो । मन भारी हुँदै गयो । अनि यसो सोंचे, थाहै नपाइकन वर्तमानका रमाइला पलहरु कति चाँडो इतिहास पो बनिसकेछन् । समयले क्वाप्लक्कै निलिदिएछ, हाँसो र खुसीका ती सुनौला पलहरु । अब त सम्झनामात्र बाँकी छ । तर पनि ती पलहरुको सम्झनाले मात्र पनि मेरो मानसपटलमा स्फूर्ति छाउँछ । समयको गर्भमा लुकिसकेका सुनाखरी सरहका ती सुन्दर पलहरु मेरो मानसपटलमा संधैभरि ताजै रहिरहनेछ, कहिले पनि मेटिने छैन । साँच्चै Û कहिल्यै पनि मेटिने छैन ... ।
(आचार्य मदन भण्डारी मेमोरियल कलेजका कक्षा १२ का आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन् ।)
3 comments:
बनभोजका रमाईला प्रसंग र फोटोहरुले आनन्दित बनायो | बर्णन गर्ने शैली उत्कृष्ट छ | आचार्य जी र अपरचित ब्लगर जी...दुवैलाई धन्यबाद
तपाईंको सानो संसारमा संधै भरि चियाउन पाईरहुँ |
its really great
Beautiful description. Please go on writing.
Post a Comment