Tuesday, December 15, 2009

नगरकोटमा खुसीका क्षणहरु साट्दा...


मैले कलमले डायरीमा सूर्योदयको सुन्दरता, संगीतको ताल कम्मरको मर्काइलाई ब्दहरुमा उनीरहें क्यामराको क्यान्भासमा कैद गरिरहेँ

-राजीव आचार्य

संधैजसो 'कलेज ड्रेस' मा देखिने साथीसंगीहरु 'आउट डे्रस' मा सजिएका थिए सबैजना 'हयापी मूड' मा थिए अनुहारमा गुलावी चमक अनि ओठमा हिमालको जस्तो मुस्कान कोही सेल फोनमा कुरा गरिहेका थिए कोही भने ''सबै साथीहरु कतिबेला भेला हुन्छन् ?'' भनेर प्रश्न गरिरहेका थिए कोहीचाहिं ˆनै साथीको 'लुक' को बारेमा चर्चा गरिरहेका थिए, '' यू लुक सो क्युट '' कलेज अगाडिको 'मेन रोड' मा उभिएर एकआपसमा कुराकानी गरिहेका थिए, उनीहरु त्यहाँको परिवेशलाई नियाल्दा साथीहरु बिजुली वेगमा नगरकोट पुग्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा थिए भन्ने अनुमान लाउन गाह्रो थिएन

प्रसंगको हो-मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थी साथीहरुले नगरकोटमा वनभोजको वनभोजमा ६० जनाभन्दा बढी साथीहरु सहभागी भएका थियौँ मंसिर २० गतेको विहान साढे बजेको मिर्मिरे उज्यालोमै हाम्रो बस कलेजबाट नगरकोटतर्फ हुइँकिदै थियो चिसो हावासँग सुसेली खेल्दै हामी घण्टाको यात्रापछि रमणीय स्थान नगरकोट पुग्छौ बस काठमाडौंबाट पूर्वति हुइँकिंदै र्दा यात्रारत साथीहरुले नाच्ने गाउने गरेर रमाइलोका लागि खाता खोलिसकेका थिए साथीहरुले जिन्दगीका घुम्तीहरु प्ाार गरिरहेका बखत हाम्रो बसले पनि नगरकोटको घुम्तीहरु पार गर्दै थियो घुम्तीमा बस मोडिदा नाच्दै गरेका साथीहरु कमिलाको गोलाभै+m एकै ठाउँ सोहोरिन पुग्थे तर पनि उनीहरु नाच्न छाड्दैनथे

नगरकोट पुगेपछि काठमाडौँको कोलाहलबाट मुक्त हुनुको आनन्दको बेग्लै थियो नै त्यससँगै रेकर्डेड संगीतमा गाउँदै नाँच्दै गरेका साथीहरुको भीडको उल्लासको मज्जा पनि बेग्लै थियो विहानपख भएकोले नगरकोटको टावरमा चढेर विहानीको सूर्योदयलाई हेर्नेहरुको पनि भीड थियो 'टावर' बाट टाढा-टाढाका बस्ती हिमालहरुको सुन्दरतम् दृश्यहरु अवलोकन गरेर आनन्द लिन सकिन्थ्यो साथीहरुको रंगीविरंगी पहिरन सजिएका थिए उनीहरुको ओंठमा मुस्कान फक्रिरहेका थिए

नगरकोटमा पुगेपछि हाम्रो वनभोजको टोली तीनभागमा विभाजन भयो एउटा गरकोटको टावरबाट प्राकृतिक रमणीयता नियाल्न थाल्यो अर्को टोली संगीत नृत्य व्यस्त रह्यो भने तेस्रो टोलीले खानेकुरा पकाउनमा आफूलाई व्यस्त बनायो आफ्नो रुचिको रंगमा प्राकृतिक रमणीयताको रुचिलाई 'फ्युजन' गर्दै गरिने कामको आनन्द नै बेग्लै थियो मदन भण्डारी मेमोरियलका लेक्चररहरु यमबहादुर दुरा, देवेन्द्र कार्की नवराज दुन्गेलाको सहभागिताले त्यहाँको रमाइलो वातावरणमा थप बान्की थप्ने काम गर्यो तीनजना सरहरुले अगुवाइ गरिरहनुभएकाले वनभोज निकै व्यवस्थि बन्यो सरहरुसँगको रमाइलो कुराकानीबाट धेरै ज्ञानहरु प्राप्त गर्न सकियो यस पिकनिकले हामीलाई शिक्षकहरुसँग घुलमिल हुन रमाइलो गर्नुमा थप सहयोग गर्यो सरहरु पनि हामीसँग नै हात मिलाएर नाँचिरहनु भएका दृश्यहरु निकै रोचक देखिन्थे पसिना, धुलो घामको प्रवाह नगरी दिनभर निरन्तर हामी संगीतको तालमा रमाइरहयौं

पत्रकारिताको विद्यार्थी भएको नाताले यसलाई कुनै संस्मरणको रुपमा उतार्न मेरो अन्तरमनले मलाई निकै झक्झक्याइरहेको थियो सअनुरुप मैले कलमले डायरीमा सूर्योदयको सुन्दरता, संगीतको ताल कम्मरको मर्काइलाई शब्दहरुमा उनीरहें क्यामराको क्यान्भासमा कैद गरिरहेँ

मैले त्यहाँ बिताइएका क्षणहरुलाई एउटा रिपोर्टरले जस्तै चनाखो बनेर अवलोकन गरे कसले के गर्दैछ कहाँ के हुँदैछ ? भन्ने कुरामा निकै सर्तक थिएँ

दिनभरजसो 'म्युजिक सिस्ट' ले राम पाएन संगीतको तालमा नाच्ने बेलामा साथीहरु भनिरहेका थिए, "यो गीत भएन अर्को गीत बजाउनुपर्यो " यसले सांगीतिक माहोलमा विविधता थप्ने काम गरिहेको थियो क्यामरामा आफ्नो तस्बिर कैद गरेर सम्झनालाई जीवित बनाउने कुराहरुमा पनि कोही पछि परेका थिएनन् साथीहरुसँग अँगालो मार्दै 'पोज' दिनेहरुको कमी कुनै थिएन प्राकृतिक सौन्दर्यलाई आफूसँगै तस्बिरमा कैद गर्न पनि सबैलाई हतारो थियो कोही सरहरुसँग तस्बिर खिचाउँदै थिए धेरैको धोको थियो डिजिटल प्रविधिको सहायताले आफ्नो सम्झनालाई विश्वव्यापीकरण गर्ने यस प्रयोजनका लागि कसैले हाई-, कसैले फेसबुक कसैले माइस्पेसको सहायता लिने बताइरहेका थिए

निलो आकाशमा उत्तरतिर सेताम्य हिमाल लहर मिलाएर हाँसिरहेको देखिन्थ्यो यसले वातावरणमा बेग्लै मादकता थपिरहेको थियो विद्यार्थीहरु त्यही लहरमा सरहरुको सहायतामा रंग भरिरहेका देखिन्थे हाँसोको फोहोरा एकसाथ क्षितिजमा गुन्जायमान हुन्थ्यो यी क्षणहरुलाई शब्दमा उतार्न गाह्रो

हिमाली श्रृखला हेर्दा धेरै साथीहरुका कौतुहलता थियो नम्रताले टल्किरहेको हिमाल देख्ने बितिकै भनिन्,"आहा कति राम्रो हिमाल हगि कति चिसो हावा कति राम्रो ठाउ हगि " नजिकै हेकी शिवानी भट्टराईले प्रश्न गरिहालिन्, "तिमीले आजसम्म यस्तो देखेको थिएनौ ?" "अँह देखेको थिइन हाम्रो चितवनमा यस्तो छैन " नम्रता अधिकारीले जवाफ फर्काइन् यस्ता धेरै संवादहरु सुन्न सकिन्थ्यो, त्यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरु यस्तै किसिमका फरक-फरक अनुभूतिहरुसाटिरहेका थिए-समय नगरकोटलाई साक्षी राखेर

मन मिल्ने साथीहरुको जोडी बनेर हातमा हात मिलाउँदै नाच्नेहरुको कमी थिए शिवानी नम्रताले पटक-पटक हात समाएर नाचे मैले पनि यस क्षणलाई गुमाउन चाहिन त्यसैले पनि नाच्नेहरुको भीडमा मिसिएँ अनि जानीनजानी कम्मर मर्काउन थालें उत्तम, धनञ्जय रुपेशको जोडी पनि निकै माइरहेको थियो अरु साथीहरुभन्दा अग्ला उत्तम शरीरलाई ठाउँ-ठाउँमा मर्काइरहेका थिए क्लासमा निकै 'इन्टरएक्टिभ' ठहरिएका धनञ्जय बुढा पनि कम थिएनन् नथाकुन्जेल नाचे, उनी हाम्रो कक्षाकी जेहेन्दार साथी रोजिना भने पिकनिकमा त्यति सञ्चो नभएका कारण साथीहरुसँग त्यति रमाउन सकिनन् तर पनि उनले साथीसंगीसँग नाच्ने मौका भने चुकाइनन्

हामीले बजेतिर खाना खायौँ पेटमा खानेकुरा भरिएपछि रमाइलो गर्नतिर फेरि पनि जुट्यौं थरी-थरीका नृत्यहरुले वातावरणलाई रोमाञ्चक बनाइरह्यो बीच बीचमा छुट्ने हाँसोको पर्राले माहोलमा मोहनी थपिरहेको थियो साथी धनञ्जय बुढाले गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'क्यारिकेचर' साँच्चै सुन्दर थियो उनको 'क्यारिकेचर' सुनेर साथीसंगीहरुले भरपूर मनोरञ्जन लिइरहेका थिए प्रचण्ड बनेर उनले गरेको 'क्यारिकेचर' ले वास्तविक प्रचण्डको झल्को दिन्थ्यो त्यतिबेला प्रचण्डरुपी नञ्जयलाई दमदार प्रश्न गरेर पत्रकारको भूमिका निर्वाह गर्ने सुजन पन्तको क्षमता पनि प्रशंसा गर्न लायकको थियो

रमाइलोमा भुल्दाभुल्दै दिन ढल्न लागेको पत्तै भएन घाम पश्चिमी क्षितिजलाई भेट्न हतारिंदै थियो हामी काठमाडौं र्फकने तयारी गर्दै थियौं साँढे चार बजेतिर हाम्रो गाडी नगरकोटबाट ओरालो र्झन थाल्यो गाडीमा बजेका गीत साथीसंगीको रमाइलो हान्साएथत्ताले हाम्रो फिर्ती यात्रामा रौनक थप्दै थियो हाम्रो गाडी जति जति काठमाडौंतिर हुइँकिंदै थियो, त्यति त्यति रमाइला पलहरु घट्दै थिए गाडी काठमाडौँ इपुग्यो हामी काठमाडौं आइपुग्दा साँझ जवान बन्दै थियो साथीहरु क्रमश -ˆनो गन्तव्यतिर लाग्न थाले गाडी विस्तारै रित्तिदै गयो मन भारी हुँदै गयो अनि यसो सोंचे, थाहै नपाइकन वर्तमानका रमाइला पलहरु कति चाँडो इतिहास पो बनिसकेछन् समयले क्वाप्लक्कै निलिदिएछ, हाँसो खुसीका ती सुनौला पलहरु अब सम्झनामात्र बाँकी तर पनि ती पलहरुको सम्झनाले मात्र पनि मेरो मानसपटलमा स्फूर्ति छाउँछ समयको र्भमा लुकिसकेका सुनाखरी सरहका ती सुन्दर पलहरु मेरो मानसपटलमा संधैभरि ताजै रहिरहनेछ, कहिले पनि मेटिने छैन साँच्चै Û कहिल्यै पनि मेटिने छैन ...

(आचार्य मदन भण्डारी मेमोरियल कलेजका कक्षा १२ का आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन् )

3 comments:

Anonymous said...

बनभोजका रमाईला प्रसंग र फोटोहरुले आनन्दित बनायो | बर्णन गर्ने शैली उत्कृष्ट छ | आचार्य जी र अपरचित ब्लगर जी...दुवैलाई धन्यबाद

तपाईंको सानो संसारमा संधै भरि चियाउन पाईरहुँ |

timilsinajanak@meroblog said...

its really great

दुराका कुरा said...

Beautiful description. Please go on writing.

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers