Tuesday, August 24, 2010

आकासमा सोफिया सपना


-प्रशान्त लामिछाने

अग्नी एयर को यो विमान पोखराबाट जोमसोमका लागि उडिरहेको छ । ककपिटबाट देखिने पहाड, हिमशृङखला र ठीक मन्तिर बगेका खोलानाला जहाजको गतिसँगै दौडिरहेकाजस्ता लाग्छन् । यो परिदृष्यकी मुल साक्षी सोफिया सिंह भने आफ्नै धुनमा छन् । हल्लिरहेको रेसमी कपाल, आँखामा पारदर्शी चश्मा र ओठमा
मुस्कानसहित पाइलट सिंहले घरिघरि दिइरहेकी छन, जहाजको स्थीतिबारे टावरलाई सुचना । यो क्रम यत्तिकैमा रोकिदैन । पोखरा-जोमसोम र जोमसोम-पोखराको रुटमा उनले दैनिक पाँच घण्टा समय खर्चिन्छिन् । भन्छिन्, "आफ्नो कामै यस्तो । तर सानै देखिको सपना साकार भएको मा अति खुसी छु ।"

उनले उडान भर्न थालेको धेरै भएको छैन । "कस्तो थियो त पहिलो उडान ?" कुराकानीको प्रारम्भमा उनको अनुहार आफैमा जिज्ञासु प्रतीत भयो । उनले भनिन्, "पहिला-पहिला त अलि अनौठो लाग्थ्यो, तर अहिलेत नर्मल भइसकेको छ । पहिला त एउटा फ्लाइट सकेपछि अर्को फ्लाइट कहिले आउला भनेज
स्तो लाग्थ्यो ।" उडानको हिसाबले अप्ठ्यारो मानिने लुक्लामा आफ्नो उडान करिअरको पहिलो पटक अग्नी
एयरको विमानलाई अवतरण गरेकी रहिछन् । "डर लागेन ?" उनलाई सोधियो । भनिन्, "ल्यान्डिङ नगरुन्जेलसम्म डर लागिरहृयो । यो एक किसिमको चुनौती मात्र होइन्, अवसर पनि थियो । रोमाञ्चकता थियो त्यो पहिलो ट्रीप ।"

उनी छक्क परिन् । लुक्लामा पहिलो पटक जहाज ल्याण्ड गर्दा । कस्तो
अचम्म । जहाज ल्याण्ड गर्दा पनि ताली लगाउने र उड्दा पनि ताली लगाउने । उनले यस्तो पहिलो पटक यहि विमानस्थलमा देखिन् ।

६ सय घण्टा आकासमा उडिसकेकी सोफिया आजकल दैनिक पाँच घण्टा आकाशमा नै विताउँछिन् । आफ्नो काम सकेर घर फर्किदाँ झमक्क साँझ परिसकेको हुन्छ । मानौ उनी आकाशमा उढ्ने गौंथाली हुन् । विहान उठेर आकासमा जान्छिन् र साँझ गुँडमा फर्किन्छिन् । नेपालमा पनि पाइलट अध्ययनको लागि राम्रो कलेज भैदिए कस्तो हुन्थ्यो उनी कल्पिन्छिन् । पढ्नका लागि विदेशिनु पर्ने बाध्यताको गहिरो पिडाबोध छ, उनमा । "मैले पढ्ने समयमा नेपालमा थिएन, अहिले छन् तर राम्रा छैनन् ।" विदेशमा पढेको र नेपालमा पढेकोमा फरक छ, जागिर खाँदा विदेशमा पढेकोले बढी मान्यता पाउँछ," सोफियाले खिन्न मुद्रामा भनिन् ।

पहिलो पटक जहाजमा उड्दा उनलाई अनौठो अनुभूति भएको थियो । जाहजमा त पहिला पहिला अर्कै फिल हुन्थ्यो तर अहिले नर्मल जस्तो भइसकेको छ गाडि चलाउदा ड्राइभरलाई जस्तो फिल हुन्छ, हामीलाई पनि त्यस्तै हुन्छ यो धेरै 'युज टु' भइसक्यो पहिलो पटक उड्दा धेरै नै अनौठो लाग्थो । उनले पहिलो पटक विदेश पढ्न जाँदा मात्रै जहाज चढेकी हुन । जहाजबाट अमेरिका ओर्लेकी 'प्यासेन्जर सोफिया' १४ महिनापछि नेपाल झर्दा 'पाइलट सोफिया' भइन् । तर, अहिलेसम्म नेपाली जहाजमा 'प्यासेन्जर' बन्नुपरेको छैन उनले ।>नेपालको भौगोलिक स्थितिअनुसार हवाई यातायातलाई सरकारी तवरवाट विस्तार गर्नुपर्ने धारणा छ, सोफियाको । गाडी नपुग्ने ठाउँमा एअरक्राफ्टको सुविधा हुने हो भने धेरै नेपालीलाई राहत मिल्ने ठान्छिन्, उनी । तर, उल्टै भइरहेका विमानस्थल बन्द हुँदा सोफियालाई नरमाइलो लाग्छ । "सरकारले हवाई यातायातलाई विकास र विस्तार गर्न ध्यान दिनु पर्छ," उनी भन्छिन्, "बढीभन्दा बढी एयरलाइन्सलाई भित्र्याउनका लागि सरकारले पहल गर्‍यो भने यो सम्भव छ ।"

हवाई यातायातलाई सस्तो बनाउन धेरैभन्दा धेरै एयरलाइन्स खोलिनुपर्ने धारणा राख्छिन् सोफिया । भन्छिन्, "त्यसपछि एअरलाइन्सबीच प्रतिस्पर्धा हुन्छ, भाडा सस्तो हुन्छ । अहिले थोरै कम्पनीहरु छन्, थोरैले धेरैलाई सेवा उपलव्ध गराउनु पनेरको छ, यदि धेरै कम्पनी हुने हो भने धेरैले थोरैलाई सुविधा उपलव्ध गराउँदा भाडा सस्तो हुन्छ ।" सोफियाले नेपालमा पाइलटको अवस्था त्यति राम्रो देखे कि छैनन् । "पाइलट धेरै छन्, तर उडान भर्ने कम्पनी कम छन", उनी भन्छिन्, "अहिले नेपालमा करिब तीन सयको हाराहारीमा पाइलट काम नपाएर फाल्तु बसिरहेका छन् ।" यसलाई 'नराम्रो अवस्था' ठान्ने सोफियालाई लाग्छ, पढ्नेले रोजगारी पाउनै पर्छ ।

ŸŸŸ

एयर ट्राफिक जाम र सडक जाम दुवैमा परेकी छन्, उनी । कस्तो लाग्दो हो पाइलटलाई सडक जाममा ? "सडक जाम त लाष्टै झ्याउलाग्दो हुन्छ," मुख विगार्दै भनिन्, । एअर ट्राफिक जाम र सडक जाम छिचोल्दाको अनुभव पनि पक्कै हुनुपर्छ । भनिन्, "सडकमा त ब्रेक लगाउँदै-लगाउँदै गाडी अगाडि लगिन्छ, आकाशमा भने होल्ड गराउँदै 'एटिसी' ले भने अनुसार निश्चत ठाउँमै घुमाइराख्नु पर्छ ।"

"मलाई भने गाडी चलाउन आउँदैन," सोफियाले रहस्य खोलिन् । उनी डोमेस्टिक फ्लाइटमा मात्र सीमित नहुने बताउँछिन् । उनले अबको आफ्नो लक्ष्य इन्टरनेसनल फ्लाइटलाई बनाएकी छन् ।

अध्ययनको क्रममा एकपटक साथी-साथी मिलेर जहाज उडाउँदा अकस्मात जहाज इमरजेन्सी अवतरण गर्नु परेको घटना उनको जिवनमा अविश्मरणयीय बनेको छ । "रातको अन्धकार वेलामा कतै पनि केही देखिएको थिएन नजानेको ठाउँ, विद्यार्थीमात्र झण्डै केहि भएन लामो श्वास तान्दै उनले पुरानो घटना स्मरण गरिन् ।" आकाशबाट हेर्दा कुन ठाउँ मनपर्छ त उनलाई ? "सबैभन्दा मन पर्ने ठाउँ जोमसोम हो," किन मन पर्छ त जोमसोम किनकी अलिकति उता गयो भने कागवेनी यतापनि हिमालहरु कति नजिक देखिन्छ उता गयो भन्ने सुख्खा ठाउँ आजसम्म मैले देखेकै छैन ।"

सानो छँदा उनले लगनखेलस्थित आफ्नो घरको छतबाट आकासमा जहाज उडेको हेर्थिन तर उनलाई पाइलट हुन पाए भन्ने लाग्दैनथ्यो । उनी भन्छिन्, "हाई स्कुल स्टाट नगरुन्जेलसम्म भविष्यप्रतिका सपना ममा थिएनन् ।" हाई स्कुल सुरु गर्न जब सोफिया फ्युचर व्राइट स्कुलमा पुगिन तब उनका मनमा भविष्यका सपनाहरु सजिन थाले । "म पाइलट बनेर नेपाली आकासमा उडान भर्छु," उनले सपनाको पोको बनाइन् । यही सपना साकार पार्न विज्ञान विषय छानिन् । राम्रो अंकका साथ प्लस टु उत्तीर्ण गरेपछि उनी अध्ययनको लागि अमेरिका हानिइन् । डेल्टा क्वालिफाईड ट्याक्सीस अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल फर्किएपछि सोफिया तिनै भाग्यमानी मध्येमा परिन्, जसका सपना साँच्चै साकार हुन्छन् । "आफ्नो देशमा केही गर्नुपर्छ भनेर अध्यान पुरा भएपछि नेपाल आएँ," पोखरा विमानस्थलमा भेटिए कि सोफियाले हषिर्त मुद्रामा आफ्नो विगत कोट्याइन् । नेपाल आएपछि उनलाई एयरलाइन्समा जागिर पाउन कुनै कठिनाइ परेन । आफ्नो अध्ययन पूरा गरेर नेपाल आएपछि तुरुन्तै अग्नि एअरले उनलाई जागिर दियो । सोफिया अहिले पनि अग्नि एअरकै पाइलट छिन् ।

(अग्नी एयरकी को-चालक सोफिया सिंहको मंगलबार (भाद्र ७ गते) विमान दुर्घटनामा निधन भएको छ । उनको निधनपूर्व उनको बारेमा प्रशान्त लामिछानेले २०६७ जेठमा गरेको फिचर आलेख)
साभार नयाँ पत्रिका

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers