Sunday, December 26, 2010

क्रिसमसको धुम

–विज्ञान शर्मा
नेपालमा क्रिसमस मनाउने प्रवृत्तिमा देखिएको अभूतपूर्व रौनकलाई कसैले पश्चिमा संस्कृतिको प्रभाव मान्छन् त कसैले धार्मिक सद्भावको परिणाम, तर युवाहरुको ठूलो हिस्साका लागि न त यो पश्चिमा प्रभाव हो, न त धार्मिक सद्भावको परिणाम नै । यो त मात्र रमाइलो गर्ने एउटा मौका हो, जति सकिन्छ मज्जा लिने हो ।


यतिखेर काठमाडौंमा त्यस्ता गिफ्टसप छैनन्, जहाँ क्रिसमस ट्री, सान्टाक्लजको पोसाक र किस्मस कार्ड नहून् । क्रिसमस मनाउने चटारोले बालक, युवा, अधवैंसे सबैलाई छोएको छ । नेपालमा क्रिसमस मनाउने प्रवृत्तिमा देखिएको अभूतपूर्व रौनकलाई कसैले पश्चिमा संस्कृतिको प्रभाव मान्छन् त कसैले धार्मिक सद्भावको परिणाम, तर युवाहरुको ठूलो हिस्साका लागि न त यो पश्चिमा प्रभाव हो, न त धार्मिक सद्भावको परिणाम नै । यो त मात्र रमाइलो गर्ने एउटा मौका हो, जति सकिन्छ मज्जा लिने हो ।









बानेश्वरस्थित हलमार्क गिफ्ट सपका सुरज दास कस्टुमरहरुलाई क्रिसमस ट्रीको मूल्य सुनाउन व्यस्त छन् । "यो सानोको ७ सय, यसको साढे ८ सय, अनि यो ठूलोको चाँही साढे ९ सय, तर यसलाई सजाउन बाँकी छ ।" एकैछिनमा उनी बत्तीको झिलिमिलीले क्रिसमस ट्रीलाई सजाइदिन्छन् र ग्राहकहरु लिएर जान्छन् । ग्राहकहरुको भीडलाई समय दिन भ्याइनभ्याइ छ उनलाई, तैपनि यो पंक्तिकारको जिज्ञासामाथि आंशिक ध्यान दिँदै उनी भन्छन्, "क्रिसमस ट्रीको मूल्य ७ सयदेखि सुरु हुन्छ । जति ठूलो भयो, त्यत्ति नै महँगो हुन्छ, यसललाई थप सजावट पनि गर्न सकिन्छ ।" क्रिसमस इभ अर्थात डिसेम्बर २४ को सन्ध्यामा उनले १० वटा ट्री बिक्री गरेछन् । उनका अनुसार युवाहरु कार्ड र गिफ्टमा जोड गरिरहेका छन् भने सौखिन महिलाहरु ट्रीमा रुचि दिइरहेका छन् ।


योगी
क्रिसमस मनाउन आउनेहरुको धार्मिक आस्थाबारे सुरज के सोच्छन् त ? "खै कुन धर्म मान्छन्, त्यो त सोध्ने कुरा भएन तर यहाँ आउने धेरै मानिसहरु इसाई होलान् जस्तो मलाई लाग्दैन," सुरजले लख काटे । उत्पत्तिको दृष्टिकोणले क्रिसमस इसाईहरुको चाड हो ।

रोकाया
२०५८ को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा इसाई धर्मावलम्बीको संख्या ०.५ प्रतिशत छ, जबकि हिन्दू धर्म मान्नेहरु ८०.६ प्रतिशत छन् । तर, नेपालमा क्रिसमस मनाउने पछिल्लो प्रवृत्तिले धार्मिक आस्थाको कुनै सीमा छैन भन्ने कुुरालाई संकेत गरिरहेको छ ।
बानेश्वर निवासी सुदीप खड्का आफूलाई हिन्दू भन्छन् तर क्रिसमसको धुमबाट उनी टाढा छैनन् । भन्छन्, "क्रिसमसलाई धर्मको दृष्टिकोणले कहिले हेरिनँ, इसाईको चाड हो तैपनि म मनाउन चुक्दिनँ ।" उनी क्रिसमसलाई डान्ससहितको डिनरमा रंगाउने तयारी गरिरहेका छन् ।

भर्चुअल संसारमा पनि क्रिसमसको प्रभाव उत्तिकै छ । नेपालीहरुको फेसबुकका भित्ताहरु पनि क्रिसमस सन्देशले भरिएका छन् । कसैले 'क्रिसमस मनाउने तयारी तीब्र' लेखेका छन्, कसैले 'मेरी क्रिसमस टु यु अल' त कसैले 'ह्याप्पी बर्थ डे टु यु जिसस'
स्रोत नेपालीपत्र डटकम

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers