देश बिगारे भन्दै अभद्र र अशिष्ट प्रतिक्रियाहरुको बाढी लाग्ने सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले सामाजिक कार्यमा पनि
योगदान दिनसक्ने उदाहरण ललितपुरको चापागाउँमा देखिएको छ। 'सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामाग्री' विशेषतः नेताहरुलाई अभद्र गालीको क्रम बढेपछि फेसबुकमा प्रतिबन्ध लगाउन सकिनेसम्मको संकेत सरकारले केही अघि दिएको थियो
। उनीहरुले हेर्नै पर्ने दृश्य थियो- चापागाउँस्थित ज्योतिदय विद्यालय भवनको बिहीबार भएको शिलान्यास। तर, कार्यक्रममा कुनै नेता भने उपस्थित भएनन्।
–यस्तो बन्नेछ स्कुल
एक करोड अनुमानित लागतको यो भवन फेसबुकको सञ्जालबाट संभव भएको हो। "भवन निर्माणका लागि लाग्ने एक लाख अमेरिकी डलर (झण्डै ७२ लाख रुपैयाँ) हामीले फेसबुकको प्रतियोगितामार्फत् जितेका हौँ", सर्वोदय नेपालका कार्यकारी निर्देशक शिशिर खनालले 'नागरिकन्युज'लाई बताए, "अमेरिकाको चेज बैंकले सामाजिक संस्थाहरुमध्ये फे
सबुकमा धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा गराएको थियो। हामी १५ हजार ७८४ भोटका साथ प्रतियोगितामा पाँचौँ भयौँ।"
[जगका लागि इँटा राख्दै प्रमुख अतिथि रन्जित आचार्य। तस्बिरः उमेश ]
बिहीबार स्कूल परिसरमा एक कार्यक्रमको आयोजना गर्दै भवन बनाउन पूजासहित जग राखिएको छ। सिमेन्टको हैन, वातावरणीय दृष्टिले उपयुक्त हुने र हाम्रै परम्परागत निर्माण प्रक्रियामा बाँस र काँचो इँट्टाको भवन डिजाइन गरिएको बताइएको छ। कार्यक्रममा फेसबुक प्रतियोगिता जिताउन सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो।
कस्तो स्कूल हो ज्योतिदय ?
चापागाउँको ज्योतिदय विद्यालय स्थानीय युवाहरूको प्रयासमा चलेको त्यस्तो विद्यालय हो जहाँ पछिल्ला ३ वर्ष लगातार शतप्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भए। यस वर्ष सबै विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए।
स्थानीय युवाले आफ्नो गाउँमा गरिब र असहाय विद्यार्थीहरूसम्म गुणस्तरीय शिक्षा पुर्याउन सुरू गरेको यो विद्यालय नेपालको लागि नै नमूना हुनसक्छ। मुनाफारहित सहकारी विद्यालयको रूपमा खोलिएको यो विद्यालय न त सरकारी हो न त नाफामुखी निजी। नितान्त सेवा भावले खोलिएको ज्योतिदय सहकारी विद्यालयमा सक्ने स्थानीय बालबालिकाहरू कम शुल्कमा पढ्छन्, नसक्ने सित्तैमा।
कसरी गर्यो फेसबुकले परिवर्तन ?
फेसबुकका नियमित प्रयोगकर्ता खनालले एक दिन फेसबुक चलाउँदै गर्दा एउटा विज्ञापन देखे- अमेरिकाको चेज बैंकद्वारा सञ्चालित फेसबुक प्रतियोगितामा सबैभन्दा बढी भोट ल्याउने संस्थाले साढे २ लाख अमेरिकी डलर प्राप्त गर्ने। उनको ध्यान तानियो र तत्काल गर्न भ्याइहाले 'साइन अप'।
'शीर्ष २०० स्थानमा त कसो नपरौँला भन्ने थियो', खनालले भने, 'जित्छौँ नै भन्ने चाहिँ लागेको थिएन।' शीर्ष २०० स्थानभित्र पर्ने संस्थाले २० हजार अमेरिकी डलर पुरस्कार पाउँथ्यो। तर फेसबुकमा रहेको नेपालीहरुको विश्वव्यापी सञ्जाललाई यसरी उपयोग गरियो कि उनको संस्था शीर्ष २०० हैन, शीर्ष पाँच स्थानभित्रै पर्न सफल भयो।
सुरुमा उनले आफ्नै केही साथीहरुलाई भोटका लागि आह्वान गरे। तर त्यतिमात्र पर्याप्त थिएन। फेसबुक विशेष गरी युवाहरु माझ लोकप्रिय रहेको हुनाले उनीहरुलाई नै यसमा परिचालन गर्ने सोचका साथ उनी अमेरिकाबाट काठमाडौँ आए। उनको अभियानमा साथ दियो वृहस्पति विद्यासदन नक्सालका विद्यार्थीहरुले।
त्यसपछि सुरु भयो काठमाडौँका स्कूल र कलेजहरुमा भोट माग्ने क्रम। साथीहरुबाट बटुलेको ल्यापटप, स्कूलको वायरलेस इन्टरनेट प्रयोग गरी स्कूलमा बुथ बनाउने र विद्यार्थीहरुलाई भोट गर्न प्रोत्साहित गर्ने काम भयो। 'हामी करिब १५ वटा स्कूल कलेजमा गएका थियौँ, सबैमा उत्साहजनक समर्थन पायौँ', खनालले भने, 'भोटका लागि अलि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले कसरी भोट गर्ने भन्ने निर्देशनसहित कक्षाकोठाभित्रै क्याम्पेन चलाउन पनि अनुमति पायौँ। यसमा धेरै स्वयंसेवकहरुले साथ दिए'
[फेसबुक अभियानमा सघाएवापत पाएको प्रशंसापत्रका साथ स्वयंसेवीहरु। तस्बिरः उमेश]
भृकुटी मण्डपमा एक वर्षअगाडि भएको आइसीटी इन्फोटेकमा पनि यो अभियानमा समर्थन जुटाउन एउटा स्टल राखियो। स्टल आयोजकले निःशुल्क राख्न दिएका थिए। खनाल भन्छन्- 'विशेषगरी स्कूल, आइसीटी इन्फोटेकको स्टल र माइसंसार ब्लगका पाठकहरुको सञ्जाल हाम्रा लागि धेरै फलदायी साबित भयो।' दशरथ रंगशालाको ठूलो पर्दामा विश्वकप फुटबल फाइनल खेलको प्रत्यक्ष प्रसारणका दिन पनि रंगशाला परिसरमा बुथसहित सबै तयारी भएको थियो। 'तर दुर्भाग्य, इन्टरनेटले काम गरेन', उनले सम्झिए।
यो अभियान विदेशको तुलनामा कमै थियो। साढे ३८ हजारभन्दा बढी भोट ल्याएर प्रथम स्थानसहित साढे दुई लाख अमेरिकी डलर पुरस्कार हात पारेको ह्यारी पोर्टर अलायन्सका लागि ह्यारी पोर्टरकी लेखिका जेके रोलिङले समेत सघाएकी थिइन्।
के हो सर्वोदय ?
फेसबुक अभियानबाट स्कूल भवन निर्माण गर्ने संस्था सर्वोदय कुनै आइएनजीओ नभएको बताउँछन् खनाल। 'यो महात्मा गान्धीको सबैको कल्याण विचारधारामा आधारित विश्वव्यापी सञ्जाल हो', उनी प्रष्ट्याउँछन्।
खनाल भन्छन्- महात्मा गान्धीको विचारबाट उत्प्रेरित सर्वोदय, नेपालमा अहिंसात्मक तथा दीगो विकास प्रवर्द्धन गर्नका लागि खडा गरिएको नेपाली संस्था हो। यो संस्था शत प्रतिशत स्वयंसेवामा चल्छ। आफू वरपरका र छरछिमेकलाई सहयोग गरी उनीहरुको जीवनस्तर माथि उकास्ने सोच "सर्वोदय" को मूल मन्त्र हो। गान्धीको यही सर्वोदय दर्शनबाट प्रभावित भएर श्रीलंकामा ‘सर्वोदय श्रमदान' नामको दीगो विकाससम्बन्धी आन्दोलनले निकै सफलता पाएको थियो। ज्योतिदयको भवन निर्माणका लागि पनि श्रमदानको तयारी सर्वोदयले गरिरहेको छ।
स्रोत : नागरिकन्युज डटकम
योगदान दिनसक्ने उदाहरण ललितपुरको चापागाउँमा देखिएको छ। 'सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामाग्री' विशेषतः नेताहरुलाई अभद्र गालीको क्रम बढेपछि फेसबुकमा प्रतिबन्ध लगाउन सकिनेसम्मको संकेत सरकारले केही अघि दिएको थियो

–यस्तो बन्नेछ स्कुल
एक करोड अनुमानित लागतको यो भवन फेसबुकको सञ्जालबाट संभव भएको हो। "भवन निर्माणका लागि लाग्ने एक लाख अमेरिकी डलर (झण्डै ७२ लाख रुपैयाँ) हामीले फेसबुकको प्रतियोगितामार्फत् जितेका हौँ", सर्वोदय नेपालका कार्यकारी निर्देशक शिशिर खनालले 'नागरिकन्युज'लाई बताए, "अमेरिकाको चेज बैंकले सामाजिक संस्थाहरुमध्ये फे

[जगका लागि इँटा राख्दै प्रमुख अतिथि रन्जित आचार्य। तस्बिरः उमेश ]
बिहीबार स्कूल परिसरमा एक कार्यक्रमको आयोजना गर्दै भवन बनाउन पूजासहित जग राखिएको छ। सिमेन्टको हैन, वातावरणीय दृष्टिले उपयुक्त हुने र हाम्रै परम्परागत निर्माण प्रक्रियामा बाँस र काँचो इँट्टाको भवन डिजाइन गरिएको बताइएको छ। कार्यक्रममा फेसबुक प्रतियोगिता जिताउन सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो।
कस्तो स्कूल हो ज्योतिदय ?
चापागाउँको ज्योतिदय विद्यालय स्थानीय युवाहरूको प्रयासमा चलेको त्यस्तो विद्यालय हो जहाँ पछिल्ला ३ वर्ष लगातार शतप्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भए। यस वर्ष सबै विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए।

कसरी गर्यो फेसबुकले परिवर्तन ?
फेसबुकका नियमित प्रयोगकर्ता खनालले एक दिन फेसबुक चलाउँदै गर्दा एउटा विज्ञापन देखे- अमेरिकाको चेज बैंकद्वारा सञ्चालित फेसबुक प्रतियोगितामा सबैभन्दा बढी भोट ल्याउने संस्थाले साढे २ लाख अमेरिकी डलर प्राप्त गर्ने। उनको ध्यान तानियो र तत्काल गर्न भ्याइहाले 'साइन अप'।
'शीर्ष २०० स्थानमा त कसो नपरौँला भन्ने थियो', खनालले भने, 'जित्छौँ नै भन्ने चाहिँ लागेको थिएन।' शीर्ष २०० स्थानभित्र पर्ने संस्थाले २० हजार अमेरिकी डलर पुरस्कार पाउँथ्यो। तर फेसबुकमा रहेको नेपालीहरुको विश्वव्यापी सञ्जाललाई यसरी उपयोग गरियो कि उनको संस्था शीर्ष २०० हैन, शीर्ष पाँच स्थानभित्रै पर्न सफल भयो।
सुरुमा उनले आफ्नै केही साथीहरुलाई भोटका लागि आह्वान गरे। तर त्यतिमात्र पर्याप्त थिएन। फेसबुक विशेष गरी युवाहरु माझ लोकप्रिय रहेको हुनाले उनीहरुलाई नै यसमा परिचालन गर्ने सोचका साथ उनी अमेरिकाबाट काठमाडौँ आए। उनको अभियानमा साथ दियो वृहस्पति विद्यासदन नक्सालका विद्यार्थीहरुले।
त्यसपछि सुरु भयो काठमाडौँका स्कूल र कलेजहरुमा भोट माग्ने क्रम। साथीहरुबाट बटुलेको ल्यापटप, स्कूलको वायरलेस इन्टरनेट प्रयोग गरी स्कूलमा बुथ बनाउने र विद्यार्थीहरुलाई भोट गर्न प्रोत्साहित गर्ने काम भयो। 'हामी करिब १५ वटा स्कूल कलेजमा गएका थियौँ, सबैमा उत्साहजनक समर्थन पायौँ', खनालले भने, 'भोटका लागि अलि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले कसरी भोट गर्ने भन्ने निर्देशनसहित कक्षाकोठाभित्रै क्याम्पेन चलाउन पनि अनुमति पायौँ। यसमा धेरै स्वयंसेवकहरुले साथ दिए'

[फेसबुक अभियानमा सघाएवापत पाएको प्रशंसापत्रका साथ स्वयंसेवीहरु। तस्बिरः उमेश]
भृकुटी मण्डपमा एक वर्षअगाडि भएको आइसीटी इन्फोटेकमा पनि यो अभियानमा समर्थन जुटाउन एउटा स्टल राखियो। स्टल आयोजकले निःशुल्क राख्न दिएका थिए। खनाल भन्छन्- 'विशेषगरी स्कूल, आइसीटी इन्फोटेकको स्टल र माइसंसार ब्लगका पाठकहरुको सञ्जाल हाम्रा लागि धेरै फलदायी साबित भयो।' दशरथ रंगशालाको ठूलो पर्दामा विश्वकप फुटबल फाइनल खेलको प्रत्यक्ष प्रसारणका दिन पनि रंगशाला परिसरमा बुथसहित सबै तयारी भएको थियो। 'तर दुर्भाग्य, इन्टरनेटले काम गरेन', उनले सम्झिए।
यो अभियान विदेशको तुलनामा कमै थियो। साढे ३८ हजारभन्दा बढी भोट ल्याएर प्रथम स्थानसहित साढे दुई लाख अमेरिकी डलर पुरस्कार हात पारेको ह्यारी पोर्टर अलायन्सका लागि ह्यारी पोर्टरकी लेखिका जेके रोलिङले समेत सघाएकी थिइन्।
के हो सर्वोदय ?
फेसबुक अभियानबाट स्कूल भवन निर्माण गर्ने संस्था सर्वोदय कुनै आइएनजीओ नभएको बताउँछन् खनाल। 'यो महात्मा गान्धीको सबैको कल्याण विचारधारामा आधारित विश्वव्यापी सञ्जाल हो', उनी प्रष्ट्याउँछन्।
खनाल भन्छन्- महात्मा गान्धीको विचारबाट उत्प्रेरित सर्वोदय, नेपालमा अहिंसात्मक तथा दीगो विकास प्रवर्द्धन गर्नका लागि खडा गरिएको नेपाली संस्था हो। यो संस्था शत प्रतिशत स्वयंसेवामा चल्छ। आफू वरपरका र छरछिमेकलाई सहयोग गरी उनीहरुको जीवनस्तर माथि उकास्ने सोच "सर्वोदय" को मूल मन्त्र हो। गान्धीको यही सर्वोदय दर्शनबाट प्रभावित भएर श्रीलंकामा ‘सर्वोदय श्रमदान' नामको दीगो विकाससम्बन्धी आन्दोलनले निकै सफलता पाएको थियो। ज्योतिदयको भवन निर्माणका लागि पनि श्रमदानको तयारी सर्वोदयले गरिरहेको छ।
स्रोत : नागरिकन्युज डटकम
1 comment:
अति राम्रो न्युज रहेछ | कम पनि राम्रै संगले सम्पन्न होस् |
Post a Comment