Sunday, November 9, 2008

साथीको कलम

आखिर किन ?

-जगन्नाथ दुलाल

समयको बहाव
परिवेशको रोकावट
मान्छेको ढुलमुलैको
अशान्तिको दबदबा
शान्तीको अवशान
आखिर किन ?

परिवर्तनशील समय
उराठिदा आकांक्षा
अधुरो आशा
सधैं-सधैं निराशा
फेरियो वर्तमान
विगतको जग भत्काएर
खण्डहरु भित्र लम्किरहेको मान्छे
आखिर किन ?

आस्थाको सरोवर
विश्वासको ढुंगा
भरोसाको डुबान
आफ्नै अस्तित्व
लिलाम गरे
रितिरै, सिद्धिदै
खिइदै छ मान्छे आखिर किन ?

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers