Monday, November 10, 2008

भाइटीका लगाउन नपाउनेको पीडा


-जनक तिमिल्सिना

तिहारको रंगीन मौसममा घाटीमा मखमली, सयपत्री,हजारीको माला निधारमा सप्तरंगी टीका सहितको दीर्घायुको आर्शिवाद साटा(साट गनर्े रहर नभएका नेपाली ुभार्इबहिनी सायद बिरलै होलान । आफ्‍नो बहिनी र दिदीहरुबाट टीका थापी आर्शिवाद लिन र सप्तरंगी टीका र मखमलीको माला लगाएर आफ्‍ना दाजु भार्इको दीघार्यको कामना गनर्े चाहना सबै भार्इबहिनीलार्इ हुन्छ ।


तर, चाहना नै सबैथोक नबन्दो रहेछ । समयको चत्रmमा जीवन फरक गोरेटोमा हुदो रहेछ । परिस्थिती र बाध्यताका कारण्ा आफ्‍ना इच्छा मुटुभित्र साचेर बस्नुको विकल्प हुदो रहेनछ । यही कारण्ा फिलिपिन्सको एउटा कलेजमा अध्ययन गरिरहेकी विनिता न्यौपानेले मलार्इ हार्इ( ५ को इनबक्समा संचित हुने गरी पीडा पोख्दै लामो सन्देश लेखिन । घरबाट तीन वर्ष्ा पहिले पढ्‍नको लागि फिलिपिन्स पुगेकी कैलालीकी बिनिता मेरो हार्इ(५ को साथी हुन । बेला(बेलामा मलार्इ नेपालबारे सोधिरहने बिनिताले केही समय पहिले लोकतान्त्रिक गण्ातान्त्रिक दशैबारे सोधेकी थिइन । मैले उनलार्इ अनलाइन भेटेर लाइभ च्याट गर्न नपाए पनि गण्ातान्त्रिक दशै बारे थोर बहुत लेखी अफलाइन सन्देश छोडेको थिए । दशैको रमाइलो वातावरण्ाको अन्त्य नहुदै अर्को महत्वपूर्ण्ा चाड तिहार शुरु भइसकेको छ । उनले भाइटीकाबारे मलार्इ लेखेको सन्देशमा विदेशको पीडा त्यसमाथि दाजु र सानो भार्इ रमेशलार्इ टीका लगाउन नपाउदाको पीडा ओकलेकी थिइन । मैले उनलार्इ अनलाइनमा भेटेको भए सायद उनी बेब क्याम र हेड फोनको सहायताले मलार्इ आफ्‍नो निरस स्वरसहितको पीडायुत्तm भावना सुनाउने थिइन । मैले विनिताका सबै कुराहरुमा सही थाप्दै आफ्‍नो पीडा उनीसित साट्‍न भावुक शब्दहरु खचर्े ।


भार्इटीकाहरुमा दाजु र भार्इले खुशी हुदै आफूलार्इ माया गरेर टीका लगाएको, सानो भार्इ रमेश साउनदेखि नै हजारी र सयपत्रीका बोटहरुमा आफूलार्इ सघाउदै पानी राख्न आतुर भएको, गाउ"बेशी चहादर्े साथीहरुस"ग देउसी र भैलो खेलेको, पिङ मच्चाउदै आकाशमा उडेको अतीत विनिता अगाडि उभिदो रहेछ त्यो बिरानो मुलुकमा । तर, उनी सुन्दर भविष्यको लागि विरानो मुलुकमा अथक परिश्रम गर्दैछिन ।"म अरु चाडपर्व भन्दा भाइटीका आउदा निकै दु:खी हुन्छु । भाइटीकामा मैले गर्दा नै मेरो सानो भार्इ रमेश र मेरो दाजुले नरमाइलो महसुस गनर्ुपर्छ तर तिमी भने आफ्‍नै देशमा छौं । रमाइलो गरी भाइटीका मनाउ र बहिनीको आर्शिवाद थाप । मैले भने मेरा दाजु र भार्इलार्इ त्यो खुशी दिन नसक्ने भए । तिहारको शुभकामना । धेरै(धेरै शुभकामना ।" उनले उत्तm सन्देशमा लेखेकी थिइन । विनिताले ३ वर्ष्ाका तीन भाइटीकाहरुमा आफ्‍नो दाजु र भाइलार्इ टीका थाप्न पाइनन्‍ । उनले म नेपालमै भएको कारण्ा मलार्इ यो पीडा बिसाइन तर म पनि उनको जस्तै पीडामा थिए । मेरो आैलाहरुले उनलार्इ अरुहरुको जस्तो रंगीन तिहारको सन्देश टाइप गर्न मानेनन्‍ । मैले लेखे ("मेरो वास्तविकता पनि त्यस्तै छ । म पनि सुदूपश्चिमबाट टाढा राजधानी बसेर पढिरहेको छु । म पनि देशभित्रकै प्रवासी ह"ु । भाइटीकामा पनि म घरजान सकिन । मेरी बहिनीले जतन साथ उनेर राखेको मखमली फूलको माला पहिरन र सप्तरंगी टीका सहितको दीघायर्ुको कामना ग्रहण्ा गर्न सकिन । तिमीलार्इ पनि तिहारको धेरै(धेरै शुभकामना ।" आफ्‍नो किवोर्डमा दौडिरहेको आैलालार्इ विश्राम दिए । र, साइबर क्याफेबाट कम्प्युटरहरुको संजालको सहायताले उनलार्इ सन्देश सेन्ड गरी बाहिरिए ।


विनिता र म जस्तै अमेरिकामा अध्ययनरत केशव सिलवाल र दीपक थापालार्इ पनि रमाइलो भाइटीकाले पीडा दिएरै जाने भयो । याहुको च्याट रुमको सहायताबाट साथी बन्न पुगेका केशव, दीपक र मेरा बिच करिब डेढ वर्ष्ा लामो मित्रता छ । काठमाडौंबाट प्लस टु सिध्याएर अमेरिकाको स्टुडेन्ट भिसामा पढन गएका केशव र दीपकले तिहारको पूर्वसन्ध्यामा म सित अनलाइनमा लामो कुराकानी गरे । याहुको म्यासेन्जर लगइन गर्दा अनलाइनमा भेटिएका दुवै तन्नेरी टेक्सास राज्यमा बसेर आफ्‍नो पढाइलार्इ अगाडि बढाइरहेका छन । उनीहरुले आफ्‍नो विगतलार्इ पनि म स"गको कुराकानीमा केलाउन भ्याए । अमेरिका भिसा लाग्दा संसार जितेको भान भएको बताउने यी तन्नेरी । आज घर परिवार र अघिल्ला तिहारहरुको सम्भmना गर्दैछन समुन्द्रपारीबाट । धनकुटाका दीपक र काठमाडौका केशव विगतका भाइटीकाहरुको स्मरण्ा गर्दै सात समुन्द्रपारीबाट निराशा पोख्दै छन । भने अर्कोतफ दशैको मुखैमा भएको अशोक भट्‍टरार्इको हत्याबाट भmन उनीहरुमा निराशा छाएको छ । केशव र दीपक अमेरिकामा विदेशी विद्यार्थीको सुरक्ष्ाा स्थितीबारे चिन्तित थिए । अन्तमा केशव र दीपकले उत्तm चिन्तालार्इ यसरी पोखे बा"चे फेरि बार्इ । केशव र दीपकका उत्तm हरफहरुले अशोकको विछिप्त र कायरतापूर्ण्ा हत्याको प्रभाव उनीहरुमा पनि परेको बुभm्‍न सकिन्थ्यो ।


नेपालगंजकी सुष्मा खड्‍कालार्इ तिहारले खुशी भन्दा पीडाबेशी दिने भयो । उनका दुर्इ वटा दाजुहरु विदेश छन । एक भर्खरै इपीएस कोटाबाट कोरिया गएका छन भने अर्को दाजु मुम्बर्इको एउटा होटेलमा २ वर्ष्ादेखि जागिर गरिरहेका छन । जसले गर्दा अरु गाउ"ले दिदी बहिनी जस्तै उनले आफ्‍ना दाजुलार्इ टीका थाप्न नपाउने भइन । दाजुले असोजमा फोन गरेर जसरी भएपनि तिहारमा पुग्छु भन्नु भएको थियो तर फेरि ढिलो पुग्छु भनेर फोन आयो उनी आफ्‍नो निराशा पाख्दै भनिरहेकी थिइन । सुष्माले आफ्‍नो बारीमा राम्रा(राम्रा फुलहरुले भाइटीकामा दाजुको गला सिगानर्े भनेर जतनले राखेकी थिइन । तर, आजभोली यी सुन्दर फुलहरु देख्दा उनलार्इ अभm बढी पीडा पर्छ ।


विगत ७ वर्ष्ादेखि दाजुलार्इ टीका लगाउन नपाएकी दाङ घोराहीकी गीता बोगटीको पीडा बेग्लै प्रक ृतिको छ । उनका दाजु सुरेश माओवादी युद्धको समयमा सेनाबाट मारिए । एउटै दाजुको एकमात्र बहिनी गीता बोगटी हरेक तिहारमा दाजुको फोटोमा आ"शु भmार्दै टिका र फुलमाला लगाउछिन र दीर्घायुको कामना गर्छिन । मेरो प्रश्नमा उनले मुटु पोल्ने गरी उत्तर फर्काउदै भनिन("मनले मान्दैन के गनर्ु । दाजु मरेको मैले देखेको छैन अरुको विश्वास लाग्दैन । त्यसैले उहा" फर्कर आउनु हुन्छ जस्तो लाग्छ र हरेक तिहारमा दाजुको तस्वीरमा टीका लगाउछु र दीर्घायुको कामना गछर्ु ।" गीताका दाजु सुरेश माओवादी सेनामा कार्यरत थिए । विगत ७ वर्ष्ादेखि उनी कहिल्यै फकर्ेनन बरु उनको परिवारले उनको म ृत्युको खबर सुन्नु पर्‍या । े उनी सेनास"गको भिडन्तमा मारिएको खबर उनको घर परिवारले भने अभmै पत्याउन सकेको छैन । न त लाश नै पाइयो न त आ"खाले नै देखियो कसरी विश्वास गनर्े बाबु सुरेश बोगटीकी ६० कटेकी बुढी आमाले आ"शु भmार्दै भनिन । यो भन्दा ठुलो तिहारको पीडा परेको छ बेप्पत्ता परिवारलार्इ उनीहरु आफ्‍नो परिवारको सदस्य कहिले कतिबेला आउछ भनेर बाटो हेरेर बस्छन ।


लोकतान्त्रिक गण्ातान्त्रिक सरकारको स्थापना र स्वंयम युद्ध लडेको माओवादीले सरकारको नेत ृत्व गरिरहेका बेला पनि वेपत्ताहरुको स्थितीलार्इ सार्वजनिक गनर्ेतफ सरकारले कुनै कदम नचाल्दा उनीहरु थप पीडामा छन । नेपालीहरुको महान चाडको रुपमा लिइने तिहारले दिदी(बहिनी र दाजु( भार्इबाट टाढा हुनेहरुलार्इ पीडा नै पीडा दिएर जाने भएको छ । धेरै विदेशिएका नेपालीहरु विगतको सम्भmनामा गर्दै भाइटीका मनाउन बाध्य भएका छन । कोही देश भित्रै विभिन्न समस्याका कारण्ा भाइटीका मनाउन सकिरहेका छैनन भने कोहीलार्इ १० बर्ष्ो åन्åले लामो समयको पीडा छोडेर गएको छ । त्यसैले धेरैका लागि भार्इटीकाले खुशी भन्दा पीडा बेशी दिने भएको छ ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers