Tuesday, November 11, 2008

प्रधानमन्त्री र अर्थमन्त्रीको फेसबुक निमन्त्रणा


मेरो त लत बनेको सामाजिक संञ्जालको अप्रेशन । हेर हामी पनि किन क्रेजी नहौ हाम्रो नेता देखि सबैको रोजाइ बनेको छ यो मिट प्याइन्ट । खुट्टाहरु खियाउन पनि पर्दैन । यो सानो किवोर्ड अनि पातलो स्क्रीन सबैको लागि बरदान । यसैको सहायताबाट केही सामाजिक संञ्जालको अप्रेशन गरी हाम्रो प्रधानमन्त्रीले समेत साथी बन्नको लागि आव्हान गरेछन । तर, बिडम्बना मलाई आजसम्म प्रधानमन्त्री र अर्थमन्त्रीको यो साथी बन्ने निमन्त्रणा प्राप्त भएको छैन । म त्यो निमन्त्रणा प्राप्त हुने बितिकै भनि हाल्नेछु साथीहरुलाई । साथीहरु पर्खनुहोस तपाई हामीसम्म पनि प्रधानमन्त्री र अर्थमन्त्रीको निमन्त्रणा सहित फेस बुकमा साथी बन्ने चिठ्ठा पर्नेछ । हामी त च्याटमा क्रेज भएको कारण थुपै्र सामाजिक संञ्जाल चलाउनु स्वभाविक हो तर आफूलाई महत्वपर्ूण्ा र्सार्वजनिक काममा जान समेत फर्ुसद नभएको बताउने अर्थमन्त्रीले समेत फेसबुक चलाउदा रहेछन । राजधानीमा आयोजिक एक कार्यक्रममा भट्टर्राईले आफू सरकारी काममै ब्यस्त हुने र र्सार्वजनिक कार्यक्रममा कम सहभागी हुने बताए तर उनले फेसबुकको एक घण्टा लाई पनि सरकारी काममा लगाउँछन कि के गर्छन हेरौ - यदि यसो गरिहाले भने हाम्रो साथी बन्ने अधिकारको समेत हनन हुन सक्छ त्यसैले हामी आशा गरौ भट्टर्राईले यो घण्टा घटाउने छैनन । यसलाई सरकारी काममा लगाउने छैनन ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers