Thursday, November 13, 2008

साथीहरु पिकनिक जाने भए तर ......

हिजो अस्तिदेखि नै साथीहरु पिकनिकको तयारी गरिरहेका छन । कलेजको दोस्रो बर्ष्ाको पत्रकारिताको अध्ययन चल्दै छ । हप्ताको दुर्इ दिन हामी Press Law पढिरहेका छौ भने बाकी ४ दिन फोटो पत्रकारिता पढदैं छौं । दिनहरु रमाइलो सग बितिरहेका छन । यम बहादुर दुरा सरले आज बिहान हामीलार्इ मानअधिकार अभिसन्धि लगायतका यावत विष्ायमा पढाउनु भयो भने हिजो मात्र दीपक सरले मुस्कुराउदै आफ्‍नो क्यामरा खोलेर पार्टहरु प्रदर्शन गनर्ुभएको थियो ।

यी पढाइका ६ दिन बाहेक बाकी रहने एक दिनमा साथीहरु रमाइलो गनर्े सुरमा छन । सुजन, सञ्जीव लगायतका सबै साथीहरु पिकनीकका लागि राजी भैसकेका छन तर म र मेरो साथी जगन्नाथ दुलाललार्इ साथ दिदैं साथी सुरेश बास्कोटा पनि पिकनिक नजाने भएका छन र अन्य केही साथीहरु । सुजन, सञ्जीव, सरला, सर्मिला, प्रतिक्ष्ाा, बिनोद, विज्ञातहरुले मलार्इ पनि पिकनीक जान कर गरिरहेका छन तर किन हो किन मलार्इ साथीहरुसग रमाइलो गर्न र पिकनीक स्पोर्ट धाउन मन लागिरहेको छैन । अभm अर्को रमाइलो पक्ष्ा त के भने पिकनिक स्पोर्टको बारेमा आज कक्ष्ाामा मतदान पनि भयो । मैले र मेरो साथीहरु जगन्नाथ, सुरेश कसैलाइ मतदान गरेनन । हामी मतदानमा सहभागी बनेनौ तर अन्य सबै साथीहरुले मतदान गरे । सबैभन्दा बढी मत पायो पिकनीक स्पोर्ट दुवालघाटले । सबैभन्दा कम मत पायो धुलिखेल जम्मा १ मत त्यसको इज्जत जोगाइ दिन साथी विनोद कोइरालाले आफ्‍नो मत दिएर २ बनाइ दिए । कोठा तालीको गुञ्जनले भरियो । विनोद बधार्इको पात्र बने ।

हाम्रा साथीहरु मंसिर ७ शनिवारमा अब दुवालघाट हानिने नै भए तर म र मेरा केही साथीहरु शनिबार के गरेर विताउछौं त्यो त पछि नै थाहा होला । साथीहरुको पिकनीकलार्इ सहज बनार्इ दिन जादैछन कक्ष्ाा शिक्ष्ाक हरि चन्द सर र अन्य सरहरुलार्इ पनि लिने साथीहरुको योजना छ हेरौ को को सरलार्इ लान्छन । साथीहरु मादलको तालमा संगीतसंगै मासु र चिउरासग रमाइरहेको बेला म भने समाचार खोजिरहेको हुनेछु र हेडलाइनहरु दिइ रहेकेा हुनेछु । यति पनि सकिएन भने साथीसग च्याट त अवश्य गरेर बस्ने छु होला । यो त अवश्य हुने छ किवोर्डमा आैला त बजेरै छोडने छ । बार्इ पिकनिक वाइ दुवालघाट फेरि भेटौला ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers