Tuesday, November 18, 2008

खानेपानी वाइवाइ

नोभेम्बर १८
करिब एक बर्ष लामो खानेपानी संस्थानको कम्युटर अपरेटरको जागिर आज आैपचारिक रुपमा अन्त्य भएको छ । भर्खरै म आफ्‍नो पदबाट राजनीनामा दिएर मेरो पत्रकारिता यात्रालाइ आैपचारिकता दिदैं छु । चुनौतीसँग कलमलाइ भिडाउन रुचाउने मेरा लागि पत्रकारिता यात्रा कम चुनौती रहीत भने हुने छैन । तापनि कलमलाइ दह्रोसँग तिर्खानु । यसलाइ सान लगाउनु र जनताको पीडा र वेदना एवं एजेण्डाहरु राज्यको निकायसम्म पुर्‍याउनु पनि पत्रकारिताको दायित्व हुनेछ । करिब १० दिन लामो दोधारपछि अन्तत: म चुनौतीहरुसँग जुध्ने साहसका साथ राजीनामा दिन अन्तिम निष्कर्ष्ामा पुगेको थिए । एबीसीको पत्रकारिताको सिद्धान्तलाइ बस्तुहस्त रुपमा कलम नीबहरुका माध्यमबाट ओकल्नु पनि मेरो चुनौती र रहर दुवै हुनेछ । धनको रुपमा विश्वमा स्थापित सूचना क्ष्ोत्रमा आफूलाइ पारंगत पानर्ुपनर्े चुनौती पनि म अगाडि छ । आफूलाइ नेपाली संचारक्ष्ोत्रको नयाँ प्रतिभाको रुपमा स्थापित गनु पक्कै सजिलो छैन । जसका लागि चुनौतीका पहाडहरुको उकालो र ओरालोमा आफूलाइ कुदाउन सक्ने ताकतको विकास गनु पनि मेरा लागि आवश्यक हुनेछ । पत्रकारिताका करिब २ वर्ष्ाको सैद्धान्तिक र ब्यवहारिक अनुभवले समेत मलाइ यसमा अगाडि बढन सहयोग गनेछ । मेरो पत्रकारिता ज्ञान विकासमा सबैभन्दा महत्वपूर्ण्ा भूमिका खेल्ने मेरा श्रद्धेय गुरु इन्द्रध्वज क्ष्ोत्री र यमबहादुर दुराका साथै म दीपक अर्याल सरप्रति पनि त्यति नै आभार प्रकट गर्न चाहन्छु । अनलाइन पत्रकारितामा मलाइ लाग्न र विकास गर्न सक्ने क्ष्ामता राख्ने ठान्ने मेरो पहिलो पत्रकारिता अध्ययन बर्ष्ाका गुरु इन्द्रध्वज क्ष्ोत्रीको सपना सायद अब पूरा गनु म अगाडि बढदैछु । यूरोपको नेपाली पत्र वेब साइट र यूरोपको नेपाली पत्रको संस्करण्ाका केही पेजहरुको मेरो कलमले रंग्याउने छ ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers