Sunday, November 23, 2008

माओवादी हेडक्वार्टर चौतर्फी घेराबन्दीमा




जनक तिमिल्सिना

तस्वीर नेपालन्यूज डटकम
काठमाडौं/प्रचण्ड हेडक्वार्टर चौतर्फी घेराबन्दीमा परेको छ । पार्टर्ीीे आन्तरिक बैठकमा प्रचण्डको प्रतिवेदनको बलियो विकल्पको रुपमा वैधको प्रतिवेदन अगाडि आउनु, ठाउ"-ठाउ" माओवादी विरुद्ध पर््रदर्शनहरु जारी रहनु, सत्ता साझेदार दलका प्रमुख नेताहरुले माओवादीलाई सरकार छाड्ने थ्रेट दिइनु र कांग्रेस सशक्त प्रतिपक्षको कडा अभ्यासमा लाग्नुले माओवादी हेडक्वार्टरलाई चुनौतीमा पारेको हो ।
करिब ४ दिन लामो माओवादी केन्द्रिय समितिको बैठक चल्दै गर्दा गोर्खाबाट काठमाडौ फर्किरहेका बेला गत कार्तिक ४ गते वाईसीएलको अपहरणमा परेका राजधानीका दर्ुइ युवाको हत्याको खबर र्सार्वजनिक भयो । काठमाडौ स्यूचाटारका निर्मल पन्त र पुष्कर डंगोलको हत्यास"गै काठमाडौमा नाराबाजी मात्र शुरु भएन सड्कमा आगो समेत दन्कियो । माओवादीको भातृ संगठन वाइसिएल गरेको हत्याको विरोधमा पर््रदर्शन गरिरहेका पर््रदर्शनकारी र प्रहरीबीच ठाउ"-ठाउ"मा झडप समेत भयो । यसलाई उपयोग गर्ने रणनीतिमा लाग्यो प्रमुख प्रतिपक्ष्ँी दल कांग्रेस साथै एमालेले समेत आफ्ना कार्यकर्ता मारिएको भन्दै थप सडक तताउन सहयोग गर्‍यो । काठमाडौका सडकहरुमा माओवादी विरुद्ध चर्का नाराहरु मात्र घन्केनन । माओवादीका भातृ संगठनका कार्यालय समेत तोडफोड गरियो ।


उता यही समयमा भक्तपुरको खरिपाटीमा माओवादी केन्द्रीय सचिवालयको बैठकमा आफ्नो प्रतिवेदन पास गराउन निकै कसरत गरिरहेका अध्यक्ष प्रचण्डको प्रतिवेदन पास हुन सकेन । यसैमा अर्को चुनौती थपियो राजधानीको पर््रदर्शन । उनले उप-प्रधानमन्त्री वामदेव गौतम सहित संर्घष्ा समितिस"ग सहमति गरे । संर्घष्ा समितिले राखेका मागमा सरकारले सहमति जनाएपछि शुक्रबार बिहानदेखि मात्र आन्दोलन मत्थर भएको थियो । माओवादी केन्द्रिय समितिको बैठकमा स्पष्ट दइ धारमा मत विभाजन भएपछि बैठक शुक्रबार बिहानसम्म जारी राखियो तर पनि कुनै पनि प्रतिवेदन बहुमतले पारित नभएपछि कार्यकर्ता भेलामा प्रतिवेदन लिने गरी शुक्रबार दिउसोबाट कार्यकर्ता भेला बोलाइयो । कार्यकर्ता भेलामा माओवादी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन र बैधले प्रस्तुत गरेको प्रतिवेदनमा जनगणतन्त्र तत्कालीन रणनीति कि कार्यनीति भन्ने विषयमा मुख्य विवाद छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा जनगणतन्त्रलाई तत्कालीन रणनीतिको रुपमा अगाडि सारिएको छ भने मोहन बैधले आफ्नो प्रतिवेदनमा जनगणतन्त्रलाई तत्कालीन कार्यनीतिको रुपमा अगाडि सारेका छन । चार दिनसम्म जारी केन्द्रिय समितिको बैठकमा बाबुराम भट्टर्राई, टोपबहादुर रायमाझी, वर्षान पुन, रामबहादुर थापा र पोष्टबहादुर बोगटी लगायतका नेताहरुले प्रचण्डको प्रतिवेदनमा सहमति जनाएका थिए भने बैधको प्रतिवेदनमा हार्डलाइनरका प्रमुख नेता मानिने नेत्रविक्रम चन्द, सिपी गजुरेल, कृष्णबहादुर महरा र देव गुरुङ्गले र्समर्थन जनाएका थिए । यसरी केन्द्रिय कमिटिमा मत विभाजन भएपछि कार्यकर्ता भेलामा दुवै प्रतिवेदन पेश गर्नुपर्ने अवस्था सिर्जना भयो र शुक्रबार अध्यक्षले प्रचण्डले दुवै प्रतिवेदन भेलामा प्रस्तुत गरे । जनगणतन्त्रका लागि व्रि्रोह स्थिती परिपक्व भएको लगायतका यावत विषयहरु बैधको प्रतिवेदनमा समेटिएका छन भने लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनगणतन्त्रमा जानुपर्ने प्रचण्डको प्रतिवेदनमा छ । राजनीतिक कार्यक्रम, रणनीतिक मतभेद र कार्यनीति मतभेदहरुको कारण दुवै प्रतिवेदनहरु कार्यकर्ता भेलामा लगिएको हो । माओवादी भित्र रहेका वास्तविक मतभेदहरु के हुन त -हर्ेर्नुहोस नेत्रविक्रम चन्द) लेख) । उनका अनुसार प्रचण्डको प्रतिवेदनले पार्टर्ीीई सुधारवादी दलदलमा टुप्पीसम्म ढाक्ने गरी पर्ुर्ने कुरा बताइएको छ ।


यतिमात्र होइन माओवादीमाथि प्रमुख सत्ता साझेदारहरु समेत थे्रट दिन थालेका छन । कार्यक्रममा एमाले महासचिव झलनाथ खनालले माओवादीले आफ्ना क्रियाकलाप सुधार नगरे आफूहरु सरकारबाट बाहिरिने धम्की र्सार्वजनिक कार्यक्रममा दिदै हिडेका छन । फोरम अध्यक्ष उपेन्द्र यादवले समेत माओवादीका क्रियाकलापमा सुधार नआए आफूहरु सरकारमा बसिनरहने बताएका बताएका छन । अन्तरिक कालमा प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला राजनीतिमा सक्रियता जनाउन थालेका छन । उनको दौडाहा पनि बढेको छ । जागरण अभियानको उद्घाटनका लागि नेपालगंज पुगेका कोइरालाले आफू कुनैपनि हालतमा सेनामा राजनीतिकरण हुन नदिने खुलासा गरेका छन । माओवादीको चलिरहेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि उचित निष्कर्षनिकाल्न सकेको छैन । अधिकांश कार्यकर्ताहरुले दुवै प्रतिवेदनहरु समायोजन गरेर पार्टर्ीीई थप एकताबद्ध पार्नुपर्ने कुरामा जोड दिएका छन ।


अहिले प्रचण्ड हेडक्वार्टरलाई चौतर्फी रुपमा संकटमा पारिएको छ । प्रचण्डको राजनैतिक खेलको गोलले चुनौतीहरुलाई चक्मा दिदै गोलपोष्टबाट सकशुल गोल गर्छ वा गर्दैन भन्नेे कुरा अहिले सबैको चासोको विषयमा बनेकेा छ । रोल्पाको जंगलदेखि बालुवाटारसम्मको राजनैतिक जीवनको उकालो र घुमाउरो बाटो हिडेका प्रचण्ड अब यी नया" चौतर्फी चुनौतीहरुलाई कसरी फेस गर्लान । र कसरी संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers