Monday, November 24, 2008

जीवनसंग लभका किस्साहरु

-जनक तिमिल्सिना

नोभेम्बर २५
जीवन केवल रोमान्स हो । आनन्द लिन सक्नुपर्छ । विजयको थापाको भनाईमा जीवन यति हो । लभ भनेको के हो ? पंक्तिकारको पछिल्लो प्रश्नमा विजयले थपे "जसले जे बुझ्यो त्यही हो तर मेरो विचारमा लभ भनेको जीवनको सबैभन्दा ठुलो आन्नद दिने कुरा हो ।"

विजयसगको करिब १० मिनेट लामो कुराकानीपछि म पनि मेरो जीवनसगका जोडिएका लभ (प्रेम) का कथाहरु सम्झन थाले । कथा निकै रोचक बनेर मगजको रिलको पर्दामा आए । वितेका करिब १९ वर्ष असंख्य लभका कथाहरु मेरो जीवनमा जोडिएका रहेछन । केही लभहरु थाहा पाएर
जोडिएका त केही लभ थाहा नभएका मन भित्रका मात्र छन । यो समयमा मेरो सबैभन्दा बढी लभका कथाहरु कोसग बढी सम्बन्धित होलान ? केटा वा केटी ? जे भएपनि कथा बन्ने खालका प्रेमकथाहरु केटीसग भएपनि केटा साथीसंगका प्रेमकथाहरु पनि कम रोचक छैनन् । ती कथाहरु त झन दोस्ती, रोमान्स र खुशीका छन । केटासाथीहरुसंगका प्रेमकथाहरुले जीवनमा उत्साहको संचार गराएका छन् ।
जीवनका करिब १९ बसन्तको सरगर्मीको उकालोमा चढिरहेको बेला म अहिले कलेज जीवनको दोस्रो वर्ष अध्ययन गर्दैछु । यो बिचमा करिब १५/२० वटा वास्तविक प्रेमकथाहरु र अनगिन्ती नजानिदा प्रेमकथाहरु मेरो मगजको डायरीमा छन ती मध्ये केही सम्झनामा मात्रै छन भने केहीले अझै मनभित्र आफ्नो सजीव चित्र जीवीतै राखेका छन् ।

पछिल्लो समयमा अनलाइनको यात्रामा केटीसाथीसंग भएको सर्म्पर्कबाट त्यसले स्थापित गरेको प्रेमकथाहरु नै मेरो जीवनको उल्लेख गर्न लायक लभ स्टोरीहरु हो । म एक साझ करिब ५ बजे आफ्नो अनलाइमा लगइन गर्दा कसैको अफलाइन मेसेज अपरिचित ठेगानाबाट आइरहेको थियो । त्यसमा थियो-"तिमीले मेरो आइडी (इमेल) ठेगाना कताबाट ल्यायौं । यो अपरिचित ठेगानाबाट आएको अफलाइन मेसेजले मलाई पार्नसम्म सकस पार्‍यो । तापनि म मेरो अन्य संञ्जालहरुको इमेलहरु चेक गरेर फर्किए । मैले त्यो सन्देशको प्रतिउत्तर लेखन उचित देखिन र लेखिन पनि । फेरि अर्को दिनको ५:१५ मिनेटमा म आफ्नो संञ्जालको ठेगानमा लगइन गरिसकेको केही समयमै उनी नै अनलाइनमा देखिइन । अनि च्याटिङ्गको घम्साघम्सी चल्यो । मैले अन्ततः उनको आइडी नै डिलेट हान्न सकिने कुरा गरे तर उनले हेर कति ठुलो र स्मार्ट बन्न खोजेको भनेर मलाई सन्देश लेखिन । अनि हामी बिच च्याटिंगको यात्रा निरन्तर रुपमा जारी रहयो । दिनको १/२ घण्टामा अनलाइनमा गफिनै पर्ने । गफको सेरेफेरोमा मैले च्याटमा उनको स्वभाव थाहा पाइसकेको थिए । सायद उनले पनि मलाई पूरै बुभिसकेकी थिइन ।

रमाइला कुराकानीको सेरेफेरो र अनलाइन प्रेमको यो कथा निकै रोचक छ । त्यसपछि हामीहरु झनझन नजिकिदै गयौं । हाम्रो सम्बन्धको सिर्जना गर्ने यो संञ्जाललाई धन्यवाद । उनको र मेरो विचमा कयौ पटक भेटघाटको कुरा पनि नभएको होइन । तर, हामीहरु समयको बहावमा छौ र मेरो साथी एन्जलले मलाई पठाएको भेट्ने निमन्त्रणा मैले पूरा गर्न सकेको छैन । हामीमा विकास भएको यो अनलाइन प्रेमले मेरो साथी एन्जल र म बीच अध्ययन देखिका कुराहरुमा सहयोग समेत गरिरहेको छ । तर, आज भेट नभएको करिब डेढ हप्ता हुन लागेको छ । हाम्रो अनलाइन लभ स्टोरी यतिमात्र हो कि अगाडि पनि बढ्छ त्यसका लागि भने केही समय कुरनैंपर्ने हुन्छ ।

जीवनको घुमाउरो बाटोमा जीवनसंग यस्ता थुप्रै लभका किस्साहरु र रमाइला कथाहरु साटिएका, लुटपुटिएका र जोडिएका छन् । जसको लागि सानो संसारको क्लिक-क्लिकको लगइनलाई र किबोर्डबाट htt://merosanosansar.blogspot.com को टाइप इन्टरनेट होम पेजमा जारी राख्नु होला ।

2 comments:

mytinyworld.blogspot.com said...

तपाईका लभका किस्सा त बबाल पो रहेछन यार ।

dip said...

tapaika love ka kisa malai dherai nai man paryo yastai lakhadai janu future ma dharai thulo journalist bannu huncha.

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers