Wednesday, November 26, 2008

मेरो जीवनको ७ मार्च

-डायरीबाट
संगीत र कला नशा रहेछ भन्ने कुरा जीवनका कैयन बसन्तपछि मलाई अनुभूति हुदैंछ । कला र संगीतले मानिसको भित्रि हृदयलाई खुला पर्दा बनाइदिदो रहेछ । कयौ कल्पनाहरु जो भित्रि हृद्धयको कालो गहिरो र नजानिने ठुलो ताल भित्र जमेका हुन्छन् ती कल्पना, सोच, योजना, चाहना, भाव र उत्तेजनाहरुलाई सेताम्य झरना र कलकल बग्ने खोलाको निलो पानीमा परिणत गर्नुपनि कला र संगीतको अपूण् क्षमता रहेछ । मलाई जीवनका कयौं बर्षरुपछि अनुभूत भएको सत्य र यथार्थ कुरा हो यो । माध्यमिक स्तरको शिक्षाका दिनहरु समाप्तिसगैं कलेज जीवन पनि हासो, खुशी, आनन्द र रोमान्सको चक्रिय पाटो दुःख र रोदन एवं पीडाहरुलाई समेत समेट्दैं बितिरहेको थियो । फाइल फोटो

कलेज जीवनका ८ महिनाहरुले मेरो ब्यक्तिगत जीवनमा निकै उतार-चढावहरुको सिर्जना समेत नगरेका होइनन् । पहिलो त्रैमासिक र सेन्ड-अप परीक्षाका नतिजाहरुमा म अब्बल सावित हुदाहुदैपनि झिनो कमजोरीले मैले ठुला-ठुला पीडाहरुको सामना गर्नुपर्‍यो । ती पीडाहरले मलाई नवीन र सुखद जीवनयात्रा तयको निम्ति सजग गराउने र खुशी एवं उत्साहपूण् तवरले जीवन ब्यतीत गर्ने शिक्षा पनि दिएर गए ।


जीवनमा गल्ती गर्नु कमजोरी होइन । गल्तीलाई दोहोर्‍याउनु र त्यसबाट प्राप्त परिणाम र शिक्षालाई आत्मसात नगर्नु कमजोरी हो । यसलाई म आफ्नो भावी जीवनको मूलमन्त्र बनाउन सक्छु वा सक्दिन त्यो यथार्थ मेरो भविष्यको यात्राले नै प्रष्ट पार्नेछ । कलेजका दिनहरुमा सायद कुनैदिन म हृदयदेखि नै खुशी भएर संगीत र गीतको तालमा आफूलाई हराउला र नया संस्मरणको पाना मेरो डायरीमा कोरियला भन्ने कुरा मैले कहिल्यै सोचिन । छुट्टै कल्पनाको रमणीय संसारको त्यो क्षणले मेरो डायरी रंगिएला भन्ने कुरा पनि मलाई विश्वास थिएन । म जीवनमा संगीत र गीतमा मनोरञ्जन त लिउला तर त्यसले मेरो जीवनको कुनै पलमा खुशीको क्षितिजमय नतीजा उदाउला म खुशी हुला र हजारौ मानिसको भीडमा हात हल्लाउदै नाचुला भन्ने कुरा मैले सपनामा पनि देखेकेा थिइन । किनभने मेरो लजालु स्वभाव र अन्तरमूखी चरित्र नै यसको मुख्य कारक थियो ।


तर, वास्तविकता त्यो रहेन कलेजले २४ फागुनमा स्वागत तथा बिदाई कार्यक्रमको आयोजना गर्‍यो । जसमा सहभागी हुने नहुने दोधार म मा चलिरहेको थियो । जसलाई ८ नबज्दै आएको साथी सञ्जीवको फोनले किनारा लगाइदियो । मैले स्वागत तथा विदाई कार्यक्रमका भाग लिने निष्कर्ष निकाले । सहभागी हुनका लागि ८ बजे नै तयारी भएर कलेज हानिए । कलेज पुग्दा साथीहरुको भीड जम्मा भैसकेको थियो । साथीहरुसग भेटघाट र भलाकुसारीका कुराहरु चले । कार्यक्रमको तयारी हुदै थियो । हामीहरु त्यहीको साइडको बेञ्चमा बसेर गफिन गाल्यौ । कार्यक्रमको औपचारिक सुरुवात भयो । प्रमुख अतिथि लगायत अतिथीहरु र केही सहपाठीहरु एवं दाइहरुले आफ्नो मन्तब्य राखे । कार्यक्रमका प्रायः सबै सरहरु पनि उपस्थित थिए । स्वागत तथा बिदाई औचारिक कार्यक्रम केही समयमै सकियो । त्यसपछि शुरु भयो सा"स्कृतिक एवं सांगीतिक कार्यक्रमको सरगर्मी । जीवनमा सास्कृतिक कार्यक्रममा थुप्रै ठाउमा सहभागी भएपनि अघाउन्जेल मजा भने मलाई यही सास्कृतिक कार्यक्रमले दियो । भोक-भोकै भएपनि कार्यक्रमको रौनकले निकै छोएको हुदा भोकको प्रवाह भएन । एकनाश र एकटकले म सास्कृतिक कार्यक्रमको आन्न्द लिन तल्लीन रहे । कार्यक्रमको रोचकताले सहभागी सबै सहकर्मीहरुको धर्यता नै समय-समयमा टुट्न पुग्थ्यो । साथीहरु उन्मुक्त भएर नाच्न मात्र होइन घरि-घरि उत्साहलाई अनुशासनको कसिलो घेराले बाध्न नसकी आकाशमा झोला र लुगाहर चरा झैं उडाउथे । मञ्चबाट बिद्यार्थी अनुशासनको कुरा फुक्यो भने केही समय यो रौनकी उत्साह बन्द हुन्थ्यो । मलाई भने रमाइलोका साथसाथै केही गम्भीरताकेा अनुभूति भइरहेको थियो । कार्यक्रमको अन्तिम-अन्तिम चरणमा मेरो आत्मअनुशासन, धर्यता र गम्भीरताका सबै घेराहरु टुटें । म पनि अरु साथीहरु र कलाकर्मीसगै होस्टेमा हैसै गदै नाच्न थाले जीवनका कयौ वेदना, पीडा, अनुभूति र रियालीटीहरु गीत र संगीतमा धारा प्रवाहमय भएर बग्न थाल्छन अनि मानिसलाई भित्रि हृदयदेखि नै धक फुकाएर भीडमा नाच्न मन लाग्दोरहेछ ।


मेरो सोचाई र वास्तविकताको संसारबाट जब दाई नीरजले "......................" बोलको गीत गाए । अनि मैले आफूलाई त्यही गीतसग पाए । सायद मेरो वास्तविकता त्यही गीतभित्र थुनिएको छ । म त्यहाबाट झरना र खोलाजस्तै बग्न सकिरहेको छैन् । मेरा कयौ कल्पना र सपनाका महल र यथार्थको पात्रहरु त्यही गीतभित्र थिए । त्यसैले त्यो गीत र त्यसकेा मीठो संगीतले मलाई जीवनमा पहिलो पटक नचायो । म बेञ्चमा हात ठोक्दै, ताली बजाउदै र हात हल्लाउदै छमछम नाचे । मेरो डायरीमा जीवनको सर्वोकृष्ठ अनुभूतिको र खुशीको सर्वोकृष्ठ दिनको रुपमा रंगिएको र समेटिएको दिन हो ७ मार्च २००८ ।

Contect Us:
mero.smallsansar.blogspot.com
Mobile:9741981726
Office:016914418

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers