Wednesday, December 24, 2008

मधेशवादीहरुको जुहारी

–जनक तिमिल्सिना
एकातिर 'एक मधेस एक प्रदेश' को आन्दोलन जारी छ भने अर्कोतिर त्यसकै विरुद्धको आन्दोलन पनि अस्तित्वमा आउन थालेको छ । मधेसवादी दलहरूले माग गरेको 'एक मधेस एक प्रदेश'लाई थारुहरूले आफूहरूलाई मान्य नहुने बताउदै आएका छन् । पश्चिम नेपालमा त थरुहटकै विषयलाई लिएर लक्ष्मण थारुको नेतृत्वको समूहले सेना नै खडा गरेको छ । यसै सेरोफेरोमा पश्चिम नेपालमा भर्खरै थरुहट प्रदेशको विरुद्धमा लेख लेख्ने एक पत्रकारको हत्या नै गरियो ।
'एक मधेस एक प्रदेश' को मुद्दालाई लिएर विभिन्न र्सार्वजनिक कार्यक्रमहरूमा मधेसवादी दलका शीष्स्थ नेताहरूबीच नै जुहारी सुरु भएको छ । सबैभन्दा ठूलो मधेसी घटक मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवदेखि उनकै पार्टी वरिष्ठ नेता तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारसम्मको अडान र नारा फरक-फरक छ ।
फोरम अध्यक्ष तथा परराष्ट्रमन्त्री यादव, केन्द्रीय नेतृ तथा शिक्षा मन्त्री रेणु यादवको खेमा 'एक मधेस एक प्रदेश'को आफ्नो मागमा तलमाथि हुन नसक्ने बताइरहेको छ भने गच्छदारले भने 'एक मधेस एक प्रदेश'को माग आफ्नो पार्टी छोडिसकेको बताएका छन् ।
तर्राईका कार्यक्रमहरूमा ब्यस्त परराष्ट्रमन्त्री यादवले 'एक मधेस एक प्रदेश'को कुरालाई चर्को रुपमा वकालत गरिरहेका छन् । उनले आफ्ना मागहरू सरकारले पूरा नगरे आफू सरकारबाटै बाहिरीने धम्की दिएका छन् । पुस ५ गते इटहरीमा आयोजित कार्यक्रममा यादवले भने-"एक मधेस एक प्रदेश'को माग पूरा नभए हामी तत्काल सरकार छोड्छौ ।" त्यसैगरी उक्त पार्टी शिक्षा मन्त्री समेत रहेकी रेणु यादवले सरकार एक मधेस एक स्वायत्त प्रदेश विपरीत जान खोजे आफू मन्त्रीबाट मात्र नभए सभासदबाटै राजीनामा दिने बताइन् । उनले भनिन्-'एक मधेस एक प्रदेश'को विषयमा सरकारले आनाकानी गरेमा हामी तेस्रो जनआन्दोलन गर्नेछौ । हामी मन्त्री बन्न नभएर मधेसका माग पूरा गर्न सरकारमा गएका हौ ।"
यतिमात्र होइन सोही पार्टी नेता तथा कृषि मन्त्री समेत रहेका जेपी गुप्ताले आफ्नो पार्टी तत्काल सरकार छाड्नुपर्ने बताएका छन् । २४ मंसिरमा वीरगंजमा बसेको फोरम केन्द्रीय कमिटीको बैठकमा समेत पार्टी तत्काल सरकार छाड्नुपर्ने र महाधिवेशनमा जानुपर्ने आवाज जब्बर बनेर उठ्यो ।
'एक मधेस एक प्रदेश'को माग यतिमा मात्र सीमित रहेन यसैलाई लिएर मधेसकै प्रमुख घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना फागुनमा सरकारस"ग भएका माग पूरा नभएर नेपाल पनि एक नरहने चेतावनी दिएका छन् । उनले भने-'एक मधेस एक प्रदेश नेपालको आवश्यकता हो । हाम्रा सामु संर्घष्ा गरेर मर्ने वा जित्ने बाहेक विकल्प छैन ।'
राज्यका उच्चस्थ एवं प्रमुख निकायमा सशक्त उपस्थित रहेको मधेसले अझै शान्तिको सास फेन पाएको छैन् । राज्यको नीति निर्माण तहमा बलियो र उत्साहप्रद उपस्थित भएको भएतापनि मधेसी समुदायले भने अझै गर्व गर्नसक्ने अवस्था छैन् । मधेसी नेताहरूका फरक-फरक लाइन, नारा र गुटउपगुटका कारण अझै मधेसी समुदायको अधिकारको लागि लड्ने सशक्त आधार भने तयार भएको छैन । पछिल्लो समयमा सशक्त रुपमा उठ्न थालेको 'एक मधेस एक प्रदेश'को मुद्दाले नेपाली राजनीति गर्मी बढाएपनि यसले मधेसी समुदायलाई भने कुनै प्रभाव पारेको छैन् । बरु, केही समयका लागि कम भएको हिंसाका श्रृखलाहरू पुनः दोहोरिएपछि मधेसी समुदायमा संकट र निराशा सिर्जना भएको छ  । दुइ दर्जनभन्दा बढी समूहहरूको आतंकबाट मधेस थप अशान्त बनेका छ ।
१२ बर्षलामो द्वन्द्व समाप्तिको घोषणा भएको करिब तीन वर्षन्दा बढी समय भएको छ । यो शान्ति सम्झौताले नेपाली इतिहासमा युगीन महत्व बोकेको र शान्तिको प्रक्रियाको एक कोसेढुङ्गा सावित भए पनि मधेस भने अझै ठूलो सास्तीको घेराभित्र जकडिएको छ ।
सशस्त्र समूहहरूले हत्या, विष्फोट, आतंक, चन्दा, अपहरण आगजनीका श्रृखलाहरू जारी राखेकाले मधेस अस्तब्यस्त बन्न पुगेको छ । माओवादी छापामारका बन्दुकहरू कन्टेनरमा ताल्चा लगाएपछि शान्तिको आशा गरेका नेपालीहरूमा यसले शान्तिको आभास दिलाउन सकेन । झन उनीहरूमा फेरि निराशाको कालो बादल मडारिदैं गएको छ ।
यो आशंकाको कालो बादलको समदुरीमा समग्र नेपालीहरूको भविष्य जोडिएको छ । आउदो डेढ वर्षभत्र संविधान निर्माणको जिम्मेवारीसहित सत्ताको नेतृत्व गरिरहेको व्रि्रोही शक्ति अगाडि 'एक मधेस एक प्रदेश'को समस्या निकै चुनौतीको रुपमा खडा हुने पक्का छ । सशस्त्र संगठनहरूको आतंक र राजनैतिक दुष्चक्रको भागिदार यतिबेला मधेस बनिरहेको छ । माओवादी व्रि्रोहबाट प्रभावित भएर दिनहु नया" सशस्त्र संगठनहरूको गठन हुने र धुव्रीकरण हुने प्रक्रिया तर्राईका जिल्लाहरूमा तीब्र बनेको छ । व्रि्रोहबाट सरकारको नेतृत्वसम्म पुगेको माओवादीलाई उनीहरूकै बाटो समातिरहेका यी संगठनहरूको ब्यवस्थापन चुनौतीको रुपमा खडा हुने देखिन्छ ।
सरकारले तर्राईका सशस्त्र संगठनहरूलाई वार्ताको लागि औपचारिक आव्हान गरेको करिब दुइ महिना बितिसकेको छ । यस बीचमा वार्ता प्रक्रिया समेत सरकारले प्रचार गरेजति प्रगति भएको पाइदैंन । हालसम्म सरकारले तर्राईको एउटा त्यही पनि निकै सानो र कम अस्तित्वमा रहेको सशस्त्र संगठन भाइरस क्लिर्सस"गमात्र औपचारिक वार्ता गरेको छ । मधेसमा विशेष अस्तित्वमा रहेका सशस्त्र समूहस"ग भने वार्ताको औपचारिक सुरुवात हुन सकेको छैन ।
जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूह र गोइत समूह दुवै अझै वार्ताको टेवुलमा आइसकेका छैनन् । विभिन्न माग राखी संर्घष् गर्दै आएका यी सशस्त्र संगठनहरूले सरकार शान्तिप्रक्रिया र वार्ताप्रति सकारात्मक नभएको आरोप लगाइरहेका छन् । उनीहरूले आफ्ना सशस्त्र संर्घष्का क्रियाकलापहरूलाई समेत विस्तार गर्दै लगिरहेका छन् । जसले गर्दा यी तीन महिनामा मधेसमा सयभन्दा बढीको ज्यान गइसकेको छ ।
पछिल्लो समयमा सरकारले समेत सुरक्षाका कार्वाहीलाई समेत ब्यापक बनाउदै लगेको छ । ५ पुसमा सिरहाको चन्द्रअयोध्यापुरमा सुरक्षा कार्वाहीमा सुजितकुमार यादव नाम गरेका एक जना मारिएका छन् भने दुइ जना घाइते तथा दर्ुइ जना पक्राउ परेका छन् । यसैगरी जनकपुरमा सशस्त्र समूहको कार्वाहीबाट एक सुरक्षा अधिकारीको समेत मृत्यु भएको छ । साथै बन्द तथा आगजनीजस्ता गतिविधि तीव्र भएको छ । 

यो लेख डिसेम्बर २४ को नेपाली पत्रमा समेत पढ्न सक्नुहुनेछ । वा हाम्रो वेब साइट www.nepalipatra.com मा पनि हेर्न सक्नुहुनेछ ।

About Me

Blog Archive

Followers