Thursday, December 11, 2008

साइबर जोडी


सामाजिक सञ्जालमार्फत युवायुवतीको विवाह
-जनक तिमिल्सिना
बानेश्वरमा रमेश खनालको साइबर क्याफे छ । उनी आफूलाई नेपाली इ-जेनेरेशनका रुपमा परिभाषित गर्छन् । उनका करिब २५ भन्दा बढी सामाजिक संञ्जाल र वेव साइटहरूका एकाउण्टहरू छन । विहानको कलेज सिध्याएर साइबर क्याफे पस्ने यी तन्नेरी सा"झको ८ बजेसम्म उठ्दैनन् आफ्नो डेस्कबाट । भन्छन्-"खाजा खाने समय पनि थाहा हुदैंन । दिदी आएर खाजा खान जा भन्दा पनि मन नलागी-नलागी खाजा खान जान्छु । फेरि को अनलाइनमा को आयो भन्ने कौतुहल भइरहन्छ ।"
एकैछिन भए पनि डेस्कको माउस उनको दिदी सुनिताको हातमा पर्छ । सुनिता पनि सामाजिक संञ्जालका आफ्ना एकाउण्टहरू चेक गर्न भाइले छोडेको १०/१५ मिनेटको समयलाई अत्याधिक उपयोग गर्छिन् । यो समयमा उनी अफलाइन मेसेजहरूको उत्तर दिन समेत भ्याइहाल्छिन । रमेशले सबै एकाउण्टहरूलाई बराबर समय दिदैनन् । तर, सबै एकाउण्टहरू चेक नगर्दासम्म भने उनको मनमा कौतुहल जागी रहन्छ । विशेषगरी अलि पहिलेसम्म हाई फाइभ चलाउने रमेश अहिले फेसबुकको रमाइलोमा लठ्ठ छन । उनले थपे, 'लाइभ कमेन्ट हान्न साह्रै मज्जा आउछ ।'
नगरकोटको सूर्योदयलाई र प्राकृतिक रमणीयतालाई नियाल्न पुग्ने विदेशीहरूका लागि साइबर क्याफे संचालन गरिरहेका दिनेशको दिनचर्या बेग्लै छ । उनी आफूमात्र च्याटमा रमाउदैनन् । टाढा-टाढाबाट आएका विदेशीहरूका परिवारस"ग गफिने वातावरण समेत तयार पारिदिन्छन् । आफूले अनलाइनमा कुरा गरेको भन्दा विदेशीहरूले आफन्तहरूसग गरिरहेको रमाइलो कुराकानीबाट निकै प्रभावित हुन्छन् उनी । काठमाडौ नजिकैको रमाइलो डाडा" हो नगरकोट जहाबाट विहानीको सुर्योदयलाई गज्जबले नियाल्न सकिन्छ ।
महाराजगंजकी सविता र्राई मेरो हाई फाइभको साथी हुन । उनलाई मैले सामाजिक संज्ालबारे जिज्ञासा राख्दा विज्ञानले आफूलाई दिएको वरदान भएको बताइन । सवितालाई नगरकोटको डाडा"बाट साथीहरूलाई च्याट गर्न सबैभन्दा रमाइलो लाग्छ । उनी आफ्नो ल्यापटप बोकेर बेलाबेला नगरकोट र चोभारजस्ता रमणीय ठाउ"मा पुग्छन् । खुला आकाशमुनिको चौरमा पल्टेर ल्यापटप खोल्छिन् र च्याट गर्न थाल्छिन् । सविताका अरु साथीहरू रमाइलोका लागि फिल्म हल धाउछन तर उनलाई फिल्म हल धाउन र फिल्म हेनभन्दा कैयांै रमाइलो लाग्छ आफ्नो ल्याटपबाटै इ-संसारको यात्रा । उनी हाई-५, फेसबुक, ओर्कुट र माइस्पेसजस्ता सामाजिक संञ्जाल चलाउन मन पराउछिन् । सविता आफ्ना कुराहरू आफ्ना अनलाइन साथीलाई रमाउदै साटछिन् । भन्छिन-"मलाई इन्टरनेटस"ग खेल्न पायो भने अरु सबै कुरा भुल्छु ।" इन्टरनेटको लतले नया" नेपाली पुस्तालाई कोठाभित्रै सिमित गरिदिने सम्भावना बढेर गएको छ ।
पोखरा महेन्द्रपुलका रोशन गुरुङको इ-संसारको किस्सा बेग्लै छ । अनलाइनबाटै नारायगढको एक युवतीस"ग उनको अनलाइन प्रेम शुरु भयो । अन्ततः विवाहमा समेत परिणत भयो । रोशन सम्झन्छन्, "पहिलोपटक हाम्रो हाई फाइभमा भेट भएको थियो । उनको हाई फाइभ प्रोफाइलको बारेमा मैले कमेन्ट गरेपछि उनको र मेरो अनलाइन यात्रा अगाडि बढ्यो । अनि बेलाबेलामा अनलाइनमा च्याटमा समेत कुराकानी हुन थाल्यो । त्यसपछि हामीले अनलाइनबाटै कुराकानीको समेत शुरुवात गर्‍यौ । अन्ततः हामीले विवाह गर्ने स्थितिको सिर्जना समेत अनलाइनमार्फ गर्‍यौ । भदौमा मात्र विवाह भएको हो । यो राजधानीबाट टाढा रमणीय माछापुच्छेको फेदीका रोशन गुरुङ जीवनलाई सामाजिक सञ्जालले गरेको परिवर्तन हो ।"
ओखलढुंगाकी एलिना कटुवाललाई याहुको लत बसेको छ । उनले मेरो प्रश्नमा सामाजिक संञ्जालमध्ये आफूलाई सबैभन्दा बढी याहु चलाउन मनपर्ने बताइन । उनले भनिन्- "आई लाइक याहु ।" उनका थुप्रै साथीहरू छन् । याहु बाहेक जिमेल पनि उनको रोजाइको सामाजिक संञ्जाल हो । च्याटमा विशेषगरी कुन विषयमा कुरा हुन्छ - भन्ने मेरो प्रश्नमा उनले थपिन्-"मलाई साहित्यप्रति विशेष रुचि छ त्यसैले साहित्यको बारेमा कुरा हुन्छ । साथै मलाई पोलिटिक्सबारे गफ गर्न पनि मनपर्छ ।"
यतिमात्र होइन, दाङ्गका मेरा एक मित्रले मलाई अनलाइनमा सामाजिक संञ्जालले आफ्नो जीवनमा पारेको प्रभावबारे लामो इमेल लेखे । उनी आफ्नो इमेलमा लेख्छन्-"के गर्नु यो सामाजिक संञ्जाल त मलाई नशा नै सावित भयो । बरु खाना नभए म एक दर्ुइ दिन बस्न सक्छु तर इन्टरनेटबिना म कहिल्यै एक दिन बस्न सक्दिन । मैले मेरा साथीहरूले चुरोट तान्दा चूरोट नतान भनेर बेला-बेलामा भन्थे तर साथीहरू मलाई भन्थे साथी नशा भनेको कस्तो हुन्छ । त"लाई थाहा छैन । तर, आज म मेरो साथीहरूको चुरोटको लतलाई मेरो इन्टरनेट लतसम्म दाजेर हर्ेदा ठ्याक्कै मिल्छ । अनि आफै सोच्छु नशा भन्ने कुरा यस्तो हु"दो रहेछ ।"
सामाजिक संञ्जाल केही नेपाली प्रयोकर्ताहरूको बुझाइ र भोगाइहरू । यसबाहेक थुप्रै तन्नेरीहरूको लतजस्तै बनेको छ सामाजिक संञ्जालको अप्रेशन । हरेक विहानदेखि गल्ली, चोक र बजारका साइबर क्याफेहरूमा तन्नेरीहरूको लामो भीड देखिन्छ । आफ्नो घरमा इन्टरनेट नहुनेहरूको भीड साइबर क्याफेमा देखिन्छ तर आफ्नै घरमा इन्टरनेट भएका र बेडबाटै इन्टरनेट चलाउनेहरूको संख्या पनि उल्लेख्य बृद्धि भएको छ । मेरा कलेजका सहपाठी सौरभ पुडासैनी आफ्नो कोठाको बेडबाटै सामाजिक संज्ाालको अप्रेशन नथाक्दासम्म जारी राख्छन् । फोटोग्राफीप्रति रुचि भएको बताउने यी तन्नेरीले ब्लग समेत चलाएका छन् । बेला-बेलामा आफ्ना अनुभूतिहरू, समाचारहरू र साथीहरूका लेखहरू समेत पोष्टिङ गर्छन् आफ्नो ब्लगमा ।
नेपाली सामाजिक संञ्जालको दुनियाको त्यति लामो इतिहास त छैन । २०२८ सालमा मात्र नेपालमा पहिलो कम्प्युटरको प्रयोग गरिएको हो । जनगणना गर्दा प्रयोग गरिएको आईबिएम १४०१ मोडलको उक्त कम्प्युटरलाई नेपालको पहिलो कम्प्युटर मानिन्छ । त्यसपछिका केही बर्षरूमा पनि नेपाली इ-प्रविधिको दुनिया"मा खासै ठूलो परिवर्तन आउन सकेन । खासगरी २०२८ देखि २०४८ सम्मका २० वर्षा इन्टरनेटको दुनियाको कल्पना नेपालीहरूको पहुच बाहिरको कुरा थियो । २०४८ सालपछि नेपाली इ प्रविधिको विकास मह"गो गरी विकास भएको हो । करिब २५/२६ वर्षो अवधिमा नेपालीहरूले अहिले सबैभन्दा धेरै प्रयोग गरिरहेका छन् ।
नेपाल टेलिकमले आफ्ना सेवाहरूलाई देशको सबै क्षेत्रमा विकास गरेको छ । साथै मेरो मोबाइल नेर्टवर्कले पनि आफ्नो क्षमता विस्तार गर्दै लगेको छ । नेपाल टेलिकमले आफ्नो सिडिएमए प्रविधिको स्काई फोनमा इन्टरनेट सुविधा पनि उपलब्ध गराएको छ । टेलिकमले गरेको सेवाको विस्तारस"गै नेपालका ग्रामीण वस्तीहरू पनि आधुनिक विश्वस"ग जोडिएका छन । अब छिनभरमै आफ्नो पहुचलाई विश्वब्यापी रुपमा विस्तार गर्न सकिने भएको छ ।
म्याग्दीका गाउ"हरूमा भनेर् इ-प्रविधिले चमत्कार नै गरिदिएको छ । महावीर पुनले ताररहित इन्टरनेट सेवाको विस्तार गरेपछि म्याग्दीका नागीलगायतका गाउ"हरूमा ब्यापार, शिक्षा र अन्य थुप्रै कामहरूका लागि यो सेवा प्रयोग गर्न थालिएको छ । बुढाबासमेतले कम्प्युटरको स्क्रीनमा क्लिक-क्लिक गरेको र किबोर्डमा फरर टाइप गरेको देख्दा जोसुकैलाई अचम्म लाग्न सक्छ । म्याग्दीका बुढा बाहरू आफ्ना विदेशमा रहेका छोराछोरी च्याट गरिरहेका देखिन्छन् । कम्मरमा हसिया" र कठिया झुन्डयाएर ल्यापटप अप्रेशन गरिरहेका रोचक दृश्यहरू नागीमा देखिन्छन् । सानो बच्चाहरूसमेत विदेशमा रहेका आफन्तहरूस"ग च्याटमा रमाइरहेका हुन्छन । अचम्म मान्नुपर्दैन बुढी आम्मैले पनि इन्टरनेटसम्म आफ्नो पहु"च बनाइसकेकी छन् यो ठाउ"मा । यो त भयो धौलागिरीको छेवैको विकट नागीको यथार्थ ।
तर, देशको शहरीइलाका भने सामान्य कुरामा सीमित छैन । इन्टरनेटका हरेक पोर्टलको अप्रेशन विहानदेखि राति अबेरसम्म जारी रहन्छ । सामाजिक सञ्जालको प्रतिस्पर्धाको दुनिया"मा सामाजिक संजालहरूको अप्रेशनको प्रतिस्पर्धा पनि जारी छ । एक सामाजिक संजालको लोकप्रियतालाई विस्थापित गर्दै अर्को सामाजिक संजाल गुणस्तरीयतामा वृद्धि गरी लोकप्रिय बन्दैछन् ।
पछिल्लो समयमा नेपाली इ-संसारमा फेसबुकको प्रयोग र लोकप्रियता आकाश चुम्ने गरी बढेको छ । नेपाली पत्रकारहरूमाझ सबैभन्दा लोकप्रियता कमाउदै गएको फेसबुकमार्फ समाचार समेत दिन थालिएको छ । पत्रकार राजकुमार श्रेष्ठले धनगढीका पत्रकार जेपी जोशीको हत्याकेा खबर र्सार्वजनिक गरे फेसबुकमार्फ । साथै उनले अर्को न्यूज पनि पस्के त्यसको भोलिपल्ट माओवादीमा नातावाद । यसरी न्यूज दिन गतिलो माध्यमको रुपमा समेत यसको प्रयोग गर्न थालिएको छ । पत्रकारहरू हेडलाइन लेखिरहेको, समाचार खोजिरहेको, डेस्कमा बसिरहेको खबरहरू पनि फेसबुकमार्फ दिन थालेका छन । नया" प्रकाशन हुने नागरिक दैनिकको डमीलाई पनि फेसबुकमा राखेर हल्लिखल्ली नै मच्चाइयो ।
नेपाली इ-दुनियामा सामाजिक संञ्जालहरूको प्रयोग बढेको छ । हाई-५ लाई प्रतिस्थापित गर्दै फेसबुक आएको छ । आफ्नो छोरा/छोरी जन्मेको देखिका खबरहरू र तस्वीरहरू फेसबुकमा पाइन्छन । भर्खरैको कुरा फेसबुकमा कान्तिपुर दैनिकका पर्ूव सम्पादक नारायण वाग्लेले यही गरेे । उनले आफ्नो भर्खरै जन्मेको छोरी र श्रीमतीको तस्वीर समेत फेसबुकको प्रोफाइलमा राखे । कमेन्ट गर्नेहरूले समेत विविध तरिकाले ती तस्वीरहरूको कमेन्ट गरे ।
यति मात्र होइन को कहा" के गर्दैछ र कसरी दिन बिताइरहेको छ भन्ने कुरा समेत एकैछिनमा फेसबुकमा थाहा हुने भएको छ । पत्रकार महासंघका पर्ूव सभापति विष्णु निष्ठुरीदेखि हरेक पत्रकारको फेसबुक प्रोफाइल छ । कसैले म पोखरा जादैछु भनेर प्रोफाइल अपडेट गरेको हुन्छ । कसैले डेस्कमा न्यूज हेरिरहेको भन्छ त कसैले समाचार खोज्दै त कसैले समाचारको हेडलाइन बनाउदै । पत्रकारहरूको सबैभन्दा ठुलो गफिने थलो बनेको छ फेसबुक । यस्ता नेपाली पत्रकारहरू कमै होलान जसलाई फेसबुक बारे थाहा नहोस ।
यी त भए पत्रकारले फेसबुक अपडेट गर्दा गर्ने कुराहरू तर फेसबुकले नेताहरूलाई समेत छोएको छ । माओवादीका बरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टर्राई, राप्रपा नेता कमल थापाले समेत आफ्नो प्रोफाइल बनाएका छन फेसबुकमा । अर्थमन्त्रीको प्रोफाइलमा उनका केही लेखहरू छन । साथै उनकी जीवनसंगीनी तथा पर्यटन उड्ययन मन्त्री हिसिला यमीले पनि आफ्नो प्रोफाइल बनाएकी छिन् फेसबुकमा । यसरी नेता, पत्रकारदेखि र्सवसाधारणसम्मको उपस्थिति बढ्दै गइरहेकेा छ फेसबुकमा । फेसबुक लतको बन्ने खतरा पनि केही पत्रपत्रिकाहरूले र्सार्वजनिक गरेका छन् ।
कलेज टिफिनको समयमा फेसबुक चलाउदैं गरेका लमजुङका लेक्चर याम बहादुर दुरास"ग मैले यही प्रश्न राखे । सर फेसबुकको लत बस्ने सम्भावना बढ्दै गएको छ रे - मैले पत्रिकामा पढेको थिए" । उनले उत्तर फर्काए- "अ त्यस्तै छ फेसबुकको कमाल दिनको एकचोटी नचलाई हुदैंन ।" यसरी नेपाली सामाजिक संञ्जालको दुनियामा विकासको त्रि्रतम प्रक्रियामा प्रारम्भ भएको मान्नुपर्दछ । बच्चादेखि बुढाबुढीसम्मको पहु"च छ इन्टरनेटमा । सामाजिक संजालको क्षेत्रमा भएको विकासले नेपाली इन्टरनेटको दुनिया"मा क्रान्ति ल्याइदिएको छ ।
timilsinajanak@gmail.com
यो स्टोरी डिसेम्बर ९ को यूरोपको नेपाली पत्रमा प्रकाशित भैसकेको छ ।

1 comment:

Yam Bahadur said...

Hi Janak,
This is an attractive article. You can write an artilce focusing on those pairs who got married or who have fallen in love via online.

With warm regards
Yam Bahadur Dura

About Me

Blog Archive

Followers