Tuesday, November 16, 2010

फेसबुक सुन्दरी-१

जनक तिमिल्सिना

चकलेटी अनुहार, गाजलु आँखा, पातलो वान्की परेको शरीर, एकतर्फी कोरेको सिल्की कपाल सबैको संयोजनबाट सुन्दर देखीएकी छे। हरियो कुर्ता सुरुवाल, निधारमा रातो टीका, घाँटीबाट पिठ्यूँतिर खसेको दोपट्टाले उसको सुन्दरतामा झनै निखारता ल्याएको छ। उसको फेसबुक ठेगानामा कैयन तस्विरहरु छन। जसमध्ये, ल्यापटप काखमा राखेर खिचिएका केही तस्बिरहरुमा बढी खुलेकी छे। जहाँ ब्युटिफुल, नाइस, एक्सेलेन्ट, चार्मिङ, अम्याजिङजस्ता कयौँ विशेषणयुक्तकमेन्टपनि झुण्ड्याइदिएका छन्, उसका साथीहरुले तर उसले कुनैपनि कमेन्टमा प्रतिक्रिया जनाएकी छैन। सायद, ती कमेन्टप्रति पनि पुरै बेखबर छे।

धेरैपछि आज उसले फेसबुकमा नयाँ स्टाटस लेखेकी थिई– “इक्जाम इज कमिङ सुन् बट् नो प्रिपेरेशन।

हामीबीच कुराकानीको अवसर त्यहीँ जुरेको थियो। मेरो फेसबुकमा गाँसिन आएको धेरै दिन भइसकेको थियो। फेसबुकमा सधैँजसो तातो राजनीतिकाबारे लेख्ने मैले संविधानसभाको पक्षमा पनि होइन। माओवादीको चित्त बुझाउनका लागि मात्र यसलाई स्वीकारेको हुँ।भन्ने प्रधानमन्त्री नेपालको भनाइ कस्तो लाग्यो भनेर स्टाटस लेखेको थिएँ। राजनीतिका बारेमा धेरै युवाहरुका बीचमा बहस थालनी होस् भन्ने चाहन्थेँ। जसका लागि तत्कालीन राजनीतिक परिस्थिति मेरो स्टाटसका विषय बन्थे। भर्खरै लेखेको स्टाटस त्यसैको एउटा कडी थियो। सधैजसो आज पनि मेरा विचारमाथी कमेन्टहरु थपिदै थिए। कसैले प्रतिगामी अभिब्यक्ति, कसैले संविधानसभा विघटन गर्ने दाउ कसैले प्रधानमन्त्रीजस्तो ब्यक्तिले परिवर्तनको मूल थलो विरुद्ध यस्तो बोल्न नहुने भनेर कमेन्ट लेखेका थिए। कतिपयले उनले सार्वजनिक माफी माग्नुपर्ने भनेर कमेन्ट ठोके भने कतिले लाइक मात्र गरे, शब्दमा सहभागिता जनाएनन्।

मसँग फेसबुकमा गाँसिएपछि पहिलोपल्ट उसले मेरो स्टाटसमा कमेन्ट गरेकी थिई। तर, अरुको भन्दा उसको कमेन्ट नितान्त भिन्न थियो, “राजनीति आमूल परिवर्तन रुपान्तरणका लागि हुनुपर्छ। द्वन्द्व भिडन्त निम्त्याउन होइन।उसको कमेन्ट प्रधानमन्त्री नेपालको पछिल्लो अभिब्यक्तिको रचनात्मक आलोचना थियो।

कमेन्टमा पनि सुन्दरता झल्किदो रहेछ,” विहानीपख एउटा क्याफेमा कफीको चुस्कीसँगै उसको कमेन्ट पढिरहेको बेला मेरो साथीले उसको कमेन्टप्रति प्रतिक्रिया जनाउँदै भनेको थियो।

होभलाद्मीले जस्तै कमेन्ट गरेकी छे,” मैले भनेँ।

उमेरले टिनएजको उकालो हिँड्दै थिई ऊ। तर, हरसमय मसँग परिपक्व शैलीमा प्रस्तुत हुन्थी। वनस्थलीको एउटा कलेजमा बिबिए अध्ययनरत छे। नजानिदो पाराले हामी नजिकिदै छौँ। पछिल्ला दिनहरुम्ाा कहिले मोबाइल कहिले ल्यापटपको सहाराले हामी घण्टौ गफिन्छौं। संकटतिर हिँडिरहेको राजनीतिबारेमा पनि उसले धेरै पटक मसँग चिन्ता पोखेकी छे।

अब के होला? संविधान बन्ला कि नबन्ला? फेरि लडाईं भए बर्बादै होला है?” उसले चिन्ता जाहेर गर्दै मलाई सोधेकी छे। तर, मेरा काबुबाहिरका यी प्रश्नहरुको उत्तर दिएर मैले कहिल्यै उसलाई सन्तुष्ट पार्न सकेको छैन।

प्रायः शहरिया युवायुवतीहरुको तुलनामा एउटा फरक विशेषता भेट्टाएको छु उसमा। धेरथोर मुलुकको राजनीतिक, सामाजिक, आर्थिकजीवनका बारेमा पनि जानकारी राख्छे चिन्तित बन्छे। सहमतिको ट्रयाक छोडेर दिशाविहीन बनेको राजनीति, ओरालोको लागेको अर्थतन्त्र, पेचिलो बनेको सामाजिक सुरक्षाका बारेमा उसले कैयौँ पटक मसँग चिन्ता व्यक्त गरेकी छे।

शहरी ठिटी परी। डेटिङ लभ अनि साल्सा रेट्रोको कुरा मनपर्छ होला भन्ने मेरो सुरुवाती विश्वासलाई पनि फेल खुवाइदिएकी छे। साँच्चै उसका कुराहरु निकै प्रगतिशील छन्। लाग्छ, कुनै सामाजिक परिवर्तनका लागि लडिरहेको पार्टीको जुझारु कार्यकर्ता हो। तर, कुनै दलको संगठनमा बसेकी छैन भनेर मलाई विश्वास दिलाउन पनि खोजिरहेकी छे।

राजनीति हामीजस्ता टिनएजरहरुको पेशा बन्नुहुँदैन तर बुझ्न चाहिँ अवश्य पर्छ,” उसले मलाई आफ्नो राजनीतिक दृष्टिकोणबारे भनेकी छे, “यदि हामी राजनीतिलाई बुझ्न पनि चाहेनौँ भने त्यसले मुलुकलाई फाइदा गर्दैन।

धेरै शहरिया युवायुवतीहरुजस्तो हिन्दी, इङ्लीस मुभी सङ, अनि सिरियलका बारेमा उसले मसँग कहिल्यै प्रश्न गरिन। बंक, मुभी अनि गुड फ्राइडेको कुरा नै। साल्सा, रेट्रो अनि गिफ्ट पनि उसका रोजाइका विषय भएको मैले पाइन। स्टडी कन्ट्रीको करेन्ट सीचुएशन वरिपरि नै उसको मेरो गफ धरैजसो केन्द्रीत हुने गरेको छ।

हिजो साझ अबेर छुट्टिए पनि उसँग बिहानै मेरो अनलाइनमा भेट भएको थियो।

मलाई अनलाइनमा देख्ने बित्तिकै उसले लेखेकी थिइ– “हाइ, सरी ल हिजो मैले तिमीलाई बाई नै भन्न पाइनँ। मेरो मोबाइलको चार्ज नै सकिएर एक्कासि अफ भयो।”

“फ्रेण्डसीपमा सरी भनिरहनै पर्दैन, फेरि त्यो उति महत्वको कुरा पनि त होइन,” मैले जवाफ फर्काएँ।

“इक्जामको तयारी कस्तो हुँदैछ?” मैले प्रश्न पनि थपिदिएँ।

“गुड,” उसले सर्टकट उत्तर दिई।

“ए हो र †” आश्चर्य नलागे पनि एउटा कमेन्ट पठाइदिएँ।

“हा हा…। पढ्नेलाई पो गाह्रो, नपढ्नेलाई के भो र †” उसले गफ दिई।

“मलाई व्यंग्य गरेको हो? हाँसेर?” मैले भने।

“नो नो… यसमा व्यंग्य गर्ने के नै प्रश्न छ र?” उसले भनी।

“हो, हुन त,” मलाई ऊसित कुरा गर्न मन परेका कारण र उसलाई कुँड्याउन मन नभएकाले नै मैले सही थपिदिएँ।

“रियल्ली, म एकदम अल्छी छु,” ऊ फेरि गफिई।

“रियल्ली? होइन होला” मैले कुरा तन्क्याउने भाकामा भनेँ, “मलाई त विश्वास नै लागेन।”

“अरु के चल्दैछ”, चाटेको कुरालाई अन्तै मोड्न मैले थपेँ।

“नथिङ न्यु यार” उसले लेखी, “आउट अफ कन्ट्रीको लागि ट्राई गर्दैछु।”

“ए हो र? कता जादैछौ?” फेसबुककी साथी अब विलुप्त होली भन्ने डर त्यहाँ छचल्कियो क्यार †

“पहिला भिसा त लाग्नुपर्यो नि” धन्न उसले त्यो चाल पाइनँ, र त उसले लेखी– “युएसको लागि ट्राई गर्दैछु।”

ऊ यति भनिसक्दै अकस्मात अफलाइन भई।

आज फेरि पनि ऊ एक्कासी अफलाइन भई। म निराश भए र मुर्मुरिएँ नेपालका आइएसपीहरुसँग। यिनीहरुको सेवा भरपर्दो नभएका ले नै यतिखेर मेरा खुशीहरु गुमाउनु परिरहेको छ। मलाई मनमनै रीस उठ्यो।

भावना गाँसिएपछि, मन मिलेपछि विछोडिन पनि कति गाह्रो † आइएसपीलाई त्यहीँ छाडेर मैले उसतिर ध्यान केन्द्रित गरेँ।

त्यो सुन्दरी आजभोलि मेरो जीवनको एक हिस्सा बनी सकेकी छे – मेरो मनले यही सोच्यो। यदि ऊ कतै पोर्टलमै हराई भने पनि उसको सम्झनामा मैले बुनेको यो आलेख उसको मायाको कोसेली बन्नेछ। अनि मैले भन्न बाध्य हुनुपर्नेछ…लेट्स सी, तिम्रै पर्खाइमा सुन्दरी।


माइसंसारबाट

No comments:

About Me

Blog Archive

Followers